+
+

प्रचण्ड भन्छन्– ओलीको कदमले पार्टी एकतामा तात्विक असर पर्दैन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ६ गते ११:३४

६ पुस, काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन गरी मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले पार्टी एकतामा तात्विक असर नगर्ने दाबी गरेका छन् ।

उनले पार्टी एकतालाई कमजोर बनाउनेहरुविरुद्ध एकताबद्ध भएर उभिन पनि सबैलाई अपील गरेका छन् ।

प्रचण्डले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पंक्ति र आम जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकताबद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यस प्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन ।’

संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो भन्दै प्रचण्डले विज्ञप्तिमा लेखिएको छ, ‘पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकताबद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन ।’ प्रचण्डले कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि सबैलाई अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?