+
+

बागलुङमा १३ थान भरुवा बन्दुक बरामद

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ६ गते १२:५२
फाइल तस्वीर

६ पुस, काठमाडौं । बागलुङमा प्रहरीले १३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट आइतबार दिउँसो भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बढिगाड गाउँपालिका-१ टुनडाँडास्थित स्यानडाँडा सामुदायिक बनको पैयुको रूखमुनी बेवारिसे रूपमा लुकाई राखेको अवस्थामा ८ थान, सोही गाउँपालिका-३ सिसाखानीस्थित लग्दी खोलाको किनारमा बेवारिसे अवस्थामा २ थान र गलकोट नगरपालिका-९ रिस्तिस्थित कार्तिकेको जंगलमा ३ थान भरुवा बन्दुक फेला परेका हुन् ।

यसबारेमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?