+
+

सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलन सकियो

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १३ गते १४:०५
सरकारी वकिलहरुको राष्ट्रिय सम्मेलन उद्घाटनको दिन महान्यायाधिवक्ता कार्यालयको भवन उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

१३ पुस, काठमाडौं । पुस १० गते सुरु भएको सरकारी वकिलहरुको तेस्रो राष्ट्रिय सम्मेलन आइतबबार सकिएको छ ।

सरकारी वकिलको कार्य सम्पादनसँग सम्बन्धित सरोकारवाला निकायका ७० जना भन्दा बढी प्रतिनिधि पर्यवेक्षक सहभागी सम्मेलनमा संहिता समेतका कानूनको कार्यान्वयनमा एकरुपता ल्याउने प्रतिवद्धता व्यक्त गरिएको छ ।

त्यस्तै विभिन्न कानूनमा एकरुपता कायम हुनु पर्ने, विद्यमान अभियोजन नीति र मार्गदर्शनलाई पुनरावलोकन गरी अभियोजन नीति र मार्गदर्शन जारी हुने, सरकारी वकिलको रुपमा गरिएको कार्य अनुभवलाई कानून व्यवसाय गरेको अनुभवको रुपमा समेत गणना गर्नु पर्ने निश्कर्ष निकालेको छ ।

अनुसन्धानकर्ता र अभियोजनकर्ताहरुको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्ने, फरक मुद्दा व्यवस्थापन पद्दतिलाई कार्यान्वयनमा ल्याउन सरकारी वकिलले सहयोग गर्ने, विधिविज्ञान प्रयोगशालाको सुदृढिकरण गर्ने, सार्वजनिक हितको संरक्षण, दिशान्तर सम्बन्धी व्यवस्थामा सुधारका विषयमा पनि सम्मेलनमा छलफल भएको थियो ।

सम्मेलन समापनका अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने १० जना सरकारी वकील तथा कर्मचारीहरुको घोषणा गरी उत्कृष्ट हुने पुरस्कृत गरिएको छ ।

समापन समारोहमा गृहमन्त्री रामबहादुर थापा बादलले वस्तुनिष्ठ र प्रमाणमुखी अनुसन्धानका जगमा गरिने प्रभावकारी अभियोजनबाट मात्र फौजदारी न्याय प्रणालीको सफलता हासिल हुन सक्ने बताए ।

वस्तुनिष्ठ अभियोजन हुन सके मात्र पीडितले न्याय र दोषीले सजाय पाउने र समाजमा शान्ति र सुव्यवस्था कायम भई फौजदारी न्यायको उद्देश्य पूरा हुने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?