Comments Add Comment

गुगल कम्पनीमा दुई कर्मचारी युनियन !

गुगलका कर्मचारीहरुले मातृ कम्पनी अल्फाबेटमा अल्फाबेट श्रमिक युनियन गठन गरेको केही दिनमै गुगलमै अल्फा ग्लोबल नामक अर्को श्रमिक युनियन गठन भएको छ ।

अल्फाबेट श्रमिक युनियन अमेरिकामा कार्यरत गुगलका कर्मचारीहरु मात्र संलग्न रहेको श्रमिक संगठन हो भने अल्फा ग्लोबल चाहिँ गुगलका श्रमिकहरुको अन्तराष्ट्रिय संगठन भएको बताइएको छ ।

अल्फा ग्लोबलमा विभिन्न १० वटा देशका १३ क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकहरु रहेका छन् । त्यसमा बेलायत, स्विजरल्याण्ड तथा अमेरिका लगायतका देशका गुगल श्रमिकहरु रहेका छन् ।

तर दुवै श्रमिक संगठनको उद्देश्य समान रहेको छ । त्यो भनेको कर्मचारी र गुगलबीचको सहअस्तित्व कायम गर्ने र गुगल कम्पनीलाई कर्मचारीहरुप्रति खराब बन्न नदिने ।

द भर्जका अनुसार अल्फाबेट वर्कर्स युनियनले अल्फा ग्लोबल नामक अन्तर्राष्ट्रिय गुगल श्रमिक संगठन स्थापना भएको सुइँको समेत पाएन । यस विषयमा समाचार प्रकाशित भएपछि मात्र अल्फाबेट श्रमिक संगठनका सदस्यहरुले जानकारी पाएका थिए । त्यसैले बहुराष्ट्रिय श्रमिक संगठन गठन भएको विषयलाई अल्फाबेट श्रमिक संगठनले आलोचना गर्दै यो स्वागत गर्न लायक नभएको बताएको छ ।

उसो त अल्फाबेट वर्कर्स युनियन अमेरिकाको राष्ट्रिय श्रम सम्बन्ध बोर्डबाट मान्यताप्राप्त छैन । त्यसैले यो संगठनले आधिकारिक रुपमा अल्फाबेट तथा यसको मातहतका कम्पनीहरुमा सामूहिक सौदावाजी गर्न सक्दैन ।

जबकी गुगल श्रमिकहरुको नयाँ अन्तराष्ट्रिय संगठन चाहीँ युनि ग्लोबल युनियनको सदस्य बनेको छ । जुन श्रम संगठनहरुको अन्तराष्ट्रिय महासंघ हो । यसमा अमेरिका, बेलायत, स्विजरल्याण्ड, इटाली, आयरल्याण्ड, जर्मनी, डेनमार्क, फिनल्याण्ड, स्विडेन र बेल्जियमका श्रम संगठनहरु सदस्य छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment