Comments Add Comment

नख्खु जेलमा पुगेर खानेपानीमन्त्रीले भेटे विप्लवका नेता

२० माघ, काठमाडौं । खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेका छन् । सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला मन्त्री थापा मंगलबार बिहान नख्खु कारागार पुगेका थिए ।

कारागार स्रोतका अनुसार मन्त्री थापा कारागारको खानेपानी सम्बन्धी अनुगमनका लागि भन्दै त्यहाँ पुगेका थिए । त्यसक्रममा उनले कारागारको निरीक्षण गरे । र, विप्लव नेता वलीसँग संवाद गरे ।

संसद विघटनको निर्णयपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा फुट आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहका नेतालाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् । त्यसैको निरन्तरता स्वरुप ओलीले भूमिगत विप्लव समूहलाई मुलधारमा ल्याउन संवादको प्रयास जारी राखेका छन् ।

त्यही प्रयास स्वरुप मन्त्री थापाले सुदर्शनलाई भेटेका हुन् । समूहमाथि सरकारले २९ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो । वार्ताका लागि पहिले प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त समूहले राखेको छ । त्यसपछि हिरासतमा रहेका नेता, कार्यकर्तालाई छाड्नुपर्ने र वार्ताका लागि औपचारिक पत्र पठाए छलफलमा बस्न तयार रहेको विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले सन्देश पठाएका छन् ।

सरकारी अडान चाहिँ समूहले हिंसात्मक गतिविधि त्यागेको घोषणापछि मात्रै वार्ताको प्रक्रिया सुरु गर्ने भन्नेछ ।

काभ्रेबाट ९ चैत २०७५ मा पक्राउ पर्नुअघि वली भूमिगत विप्लव समूहका मध्यकमाण्ड इञ्जार्च थिए । उनलाई महानगरीय अपराध महाशाखाले नख्खुमा एनसेल प्रा.लि.को मुख्यालय अगाडि भएको विष्फोटमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो ।

जिल्ला अदालत, ललितपुरले उनलाई १० वैशाखमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । र, वलीलाई नख्खु कारागार चलान गरिएको थियो ।

सुदर्शनसहित शिव धमला भन्ने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परिवार भनिने ईश्वर दमाई र जुम्ली भनिने विरबहादुर कठायतलाई थुनामा पठाउन आदेश भएको थियो ।

यो पनि पढ्नुहोस संशयका बीच सरकार-विप्लव समूह संवादको प्रयास

थप, 

हेमन्तप्रकाशका दुई समस्या : चिनीरोग र यौन !

‘काफलडाँडा’ अपरेशन: हेमन्तप्रकाशलाई समाउन खोज्दा चश्मा र औषधिमात्रै भेटियो (तस्वीरसहित)

विप्लवका नेताका हैरानीः ९ महिनामा १३ जिल्ला फनफनी

माइलाको गिरफ्तारीले वार्ता बिथोलिँदैन : सरकार

विप्लवका नेतासँग अन्तरवार्ताः ‘खुला राजनीतिमा आउन तयार छौं’

विप्लवसँग लुकामारी !

नख्खु बमकाण्ड : ‘पङ्गु’ गुप्तचरी संयन्त्रको परिणाम

सिंहदरबारबाट विप्लवलाई हेर्ने बेग्लाबेग्लै नजर !

विप्लव समूह कति बलियो ? के छ जासुसी संयन्त्रको विश्लेषण ?

विप्लव समूह व्यक्तिहत्याको बाटोमा लागेको हो ?

चन्दा असुलीमा केन्द्रित, हिंसातर्फ उन्मुख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment