+
+
Shares

दशरथ चन्द र गंगालाल सम्झेर जनता जागेपछि

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ माघ २० गते १५:४५

२० माघ, काठमाडौं । वृहत नागरिक आन्दोलनले सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठले सहादत प्राप्त गरेको स्थानमा ‘प्रतिगमनविरुद्ध प्रतिरोध’ कार्यक्रम गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन लगायतका प्रतिगमनको विरोधमा चरणबद्ध आन्दोलन गर्दै आएका उनीहरूले मंगलबार शोभा भगवतीमा विरोध कार्यक्रम गरेका हुन ।

जहाँनिया राणा शासकले दशरथ चन्द र गंगालालको ज्यान लिएको थियो । त्यही स्थानमा शिल्पी थियटरका कलाकारहरूले ‘जनता जागेपछि’ शीर्षकको नाटक प्रदर्शन गरे ।

कार्यक्रममा विभिन्न वक्ताहरूले सबै प्रकारको प्रतिगमन अन्त्य हुनुपर्ने माग गरे ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?