+
+
Shares

प्रेमी थिर कोइरालासँग बिहे गर्दै अञ्जु पन्त

सुशिल नेपाल सुशिल नेपाल
२०७७ माघ २० गते १२:०१

गायिका अञ्जु पन्तले बिहेको तयारी गरेकी छिन् । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका इलामका थिर कोइरालासँग उनको बिहे हुन लागेको हो । दुवैको परिवारमा बिहेको कुराकानी भइरहेपनि मिति भने तय भएको छैन ।

अनलाइनखबरसँग कुरा गर्दै थिरले भने–‘हामीहरू एक वर्षदेखि प्रेममा छौ । तर तत्काल बिहे गर्ने, भव्य रूपमा गर्ने, लुगा नै सिउन दिएको भन्ने हल्लाहरू गलत हुन् । बिहेको कुरा भइरहेको छ । चाँडै पनि हुन सक्छ, केही समय पनि लाग्न सक्छ ।’ उनले, आफूहरुले तत्काल बिहे गर्ने योजना नबनाएको भएपनि बजारमा आएको खबरले दबाब भने भएको  जानकारी दिए ।

उनले अगाडि भने–‘तुरुन्त बिहे गरिहाल्ने भन्ने योजना थिएन । अर्को वर्षतिर गर्ने कि भन्ने सल्लाह हुँदै थियो । तर बजारमा हल्ला भएपछि दबाब भने भएको छ ।’

थिर र अञ्जु दुवै क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तर्वार्ताको क्रममा अञ्जुको भेट भएको थियो । यसपछि भने उनीहरु नजिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् । अञ्जुका अधिकांश तस्वीर थिरले सेयर गरेको देखिन्छ ।

अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन्। अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने विषयमा सोचिरहेको बताएकी थिइन्। एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग अञ्जुले डिभोर्स गरेकी थिइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?