+
+

गोयथे इन्सिच्युटको ‘साउथ एशिया नर्थ २०२१’ सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २१ गते १६:२१

गोयथे इन्स्टिच्युटले साउथ एशिया नर्थ २०२१ सम्मेलन सम्पन्न भएको छ। ‘द जर्मन वेज् एण्ड द वेज् वीथ जर्मन’ (पिएएससिएच) शिर्षकमा आयोजित भर्चुअल सम्मेलन सम्पन्न भएको हो।

पिएएससिएच भनेको विद्यालयहरुः भविष्यका लागि साझेदारी हो। यो सम्मेलन जनवरी २२ देखि २४ सम्म गरिएको थियो।

सम्मेलनको लक्ष्य गोयथे इन्स्टिच्युटको सहयोगमा संचालित उत्तरी दक्षिण एशियाका क्षेत्रका पिएएससिएच स्कूलहरुका प्रिन्सिपलहरुलाई एकै ठाऊँमा ल्याउनु रहेको थियो।

सम्मेलनमा विद्यालयका प्रिन्सिपलहरुसँगै एक आपसमा पिएएससिएच पहल र यसका लक्ष्यबारेमा सविस्तार गरिएको थियो। साथै दक्षिण एशियामा विद्यार्थीहरुका लागि परीणाममुखी दृष्टिकोणमा छलफल चलाइएको थियो।

सो समारोहमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान र इरानका प्रिन्सिपलहरु र तिनका प्रतिनिधिहरुबीच छलफल भएको थियो।

सम्मेलनको पहिलो दिन अतिथिहरुलाई साउथ एशिया रिजनका प्रमुख एवं रिजनल इन्स्टिच्युट, नयाँ दिल्लीका निर्देशक डा. बर्थहोल्ड फ्रयान्क, गोयथे इन्स्टिच्युट, म्युनिकका भाषा विभाग प्रमुख डा. क्रिस्टोफ भेल्डह्युजले स्वागत गरे।

यसैगरी सम्मेलनको सहयोगी संस्था जर्मन एम्बेसीको कल्चरल एण्ड भिसा विभाग, नयाँ दिल्लीद्वारा जर्मनका लागि भिसा आवेदन सम्बन्धमा महत्वपूर्ण सुझावहरुका साथै दक्षिण एशियामा पिएएससिएच सञ्जालको भूमिकाको बारेमा प्रारम्भिक मन्तव्य राखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?