Comments Add Comment

भारतमा हाइड्रोजन इन्धन उत्पादनमा अम्बानी, टाटा र महेन्द्रको पनि चासो

२८ माघ, काठमाडौं । नविकरणीय क्लिन उर्जाको व्यवसायिक उत्पादनलाई बजेटमार्फत प्रोत्साहनको नीति आएपछि भारतीय ठूला औद्योगिक घरानाले हाइड्रोजनको व्यवसायिक उत्पादनमा चासो देखाएका छन् ।

भारत सरकारले आर्थिक वर्ष २१/२२ का लागि पेश गरेको बजेटले हाइड्रोजन विकास मिसनमा बजेट छुट्याएपछि मुकेश अम्बानी, रतन टाटा र आनन्द महिन्द्रा संयुक्त रुपमा यो मिसनमा आउन लागेको समाचार बिजनेस इन्साइडरले लेखेको छ ।

‘मुम्बई प्रबुद्ध समूहका सदस्य एवं द मिथेन इकोनोमीका लेखक चैतन्य गिरीकाअनुसार ठूला व्यापारिक घरना संयुक्त रुपमा हाइड्रोजनको व्यवसायीक उत्पादनमा उत्सुक देखिएका छन्’ बिजनेस इन्साइडरले लेखेको छ । पेट्रोलियम कारोबार गर्नेसहितका भारतीय निजी क्षेत्रका ठूलो कम्पनी पनि हाइड्रोजन इन्धनमा उत्साहित देखिएको समाचारमा जनाइएको छ ।

रिलायन्सले सन् २०३५ देखि आफूपनि हाइड्रोजन उर्जा उत्पादनमा लाग्ने घोषणा गरिसकेको छ । भारतीय आयल कर्पोरेसनले पनि एक्लै वा संयुक्त रुपमा हाइड्रोजन उत्पादनबारे योजना बनाई रहेको जनाइएको छ । भारतले जलविद्यत्बाट हाइड्रोलाईसिस प्रणाली र प्राकृतिक ग्याँसमार्फत हाइड्रोजन इन्धन उत्पादन गर्ने योजना बनाएको छ ।

भारतले हाइड्रोजन इन्धन विकास परियोजनाकालागि १५ सय करोड भारु अघिल्लो साता पेश भएको बजेटमा बिनियोजन गरेको थियो । नविकरणीय तथा क्लीन हाइड्रोजन उर्जा उत्पादन मिसन शिर्षकमा भारतले उक्त रकम खर्च गर्न लागेको हो ।

भारतको राष्ट्रिय थर्मल पावर कर्पोरेसनले खर्च गर्ने गर्ने उक्त रकम सन् २०२२ सम्ममा उत्पादन लक्ष्य राखिएको १७५ गिगावाट नविकरणीय उर्जा प्राप्तीमा खर्च हुनेछ । कर्पोरेसनले ग्रीन हाइड्रोजन उत्पादनकालागि आन्द्र प्रदेशमा काम गर्दैंछ ।

नविकरणीय उर्जा उत्पादन सरकारको राष्ट्रिय नीतिमा समावेश भएपछि सार्वजनिक यातायातमा हाइड्रोजन इन्धन प्रयोग गर्ने सम्बन्धमा केन्द्रीय मोटर भेकल कानुन १९८९ संशोधनकालागि पनि भारतले तयारी गरिरहेको जनाइएको छ । सन् २०५० सम्ममा विश्वबाट कार्बनयुक्त उर्जा प्रयोग निषेध गर्ने लक्ष्यसहित नविकरणीय उर्जा उत्पादनमा विश्वका विभिन्न मुलुकहरुले काम अघि बढाइरहेका छन् ।

नेपालमा पनि जलबिद्युत्मार्फत हाइड्रोजन इन्धनकालागि अध्यायन गरेको छ । उर्जा अध्ययन केन्द्र पुल्चोकले यस अघि नै गरेको अध्ययनसंगै पछिल्लो एक महिना अघि नेपाल आयल निगमको सहयोगमा काठमाडौं विश्वविद्यालयले हाइड्रोजन इन्धन विकासमा अध्ययन अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment