Comments Add Comment

मनोविज्ञान : कसैले भन्न नचाहेको कुरा उसको हाउभाउबाट कसरी जान्ने ?

मान्छेमा मनोविज्ञान भनेको उसको हाउभाउ र अचेतन विषयलाई समेत अध्ययन गरिने विषय हो । मनोवैज्ञानिकले दिने केही मनोवैज्ञानिक सल्लाहहरू छन् जुन अवचेतन तहमा काम गर्छन् । ती सल्लाहले तपाईंलाई अर्को व्यक्तिको विश्वास जित्न मद्दत गर्छन्, कसैको स्वीकृति लिन र जब तपाईं तनावमा हुनुहुन्छ भने आराम दिनपनि यस्ता मनोवैज्ञानिक सल्लाहहरू उपयोगी हुन सक्छन् । तल उल्लेख गरिएका मनोवैज्ञानिक सल्लाहहरू पनि कुनै न कुनै हिसाबले उपयोगी हुन सक्छ ।

मान्छेले हाँसोमा मनपराएको मान्छे खोज्छ

जब धेरै व्यक्तिहरू सँगै हाँसिरहेका हुन्छन्, त्यतिबेला  प्रत्येक व्यक्तिले उसलाई हेर्छ, जसलाई उसले मन पराएको हुन्छ । जस्तो एउटा भिडमा सामूहिक गफ भइरहेको हुन्छ भने त्यसैमा हाँसो चल्न सक्छ । त्यस्तो अवस्थामा याद गर्नुहोस् केटा होस् या केटी मान्छेले आफूले मनपराएको मान्छेलाई सबैभन्दा पहिले र हाँसो नरोकिउन्जेल बारबार हेरिरहेको हुन्छ ।

हतोत्साहित हुनुभयो भने केही चपाउनुहोस्

महत्त्वपूर्ण कुराकानी हुनुअघि, सार्वजनिक भाषण वा अन्य घटना जसले तपाईंलाई विचलित बनाउँछ । तपाईंले यो समस्याबाट समाधान खोज्नको लागि केही चपाउने कुरा खानुपर्छ । मान्छेहरू जब समस्या वा मानसिक दबाबमा पर्छन् भने उनीहरूले केही पनि खाने गर्दैनन् । तर चपाएर केही कुरा खाँदा दिमागले आनन्दको सञ्चार गर्छ र हामीलाई शान्त हुन मद्दत गर्छ।

कुनै कुरामा केन्द्रीभूत हुँदा जुनसुकै सूचना पाउन सकिन्छ ।

यदि कुनै व्यक्तिले दिएको उत्तरमा तपाईंलाई अपूर्णताको महसुस भयो वा उसले केही कुरा लुकाइरहेको छ भन्ने लाग्यो भने उसलाई केहीबेर घोरिएर हेर्नुहोस् । उसले नभनेको कुरा पनि तपाईंले सहजै पत्ता लगाउन सक्नुहुन्छ । त्यस्तो अवस्थामा तपाईं मौन बसिदिनुस् । एकछिनमा उसले तपाईंलाई सबै कुरा सुनाउन आफैँ आतुर बन्ने गर्छन् ।

रोजगारदाता तपाईंको एक राम्रो साथी भन्ने सम्झनुहोस्

महत्त्वपूर्ण परीक्षा वा जागिरको अन्तर्वार्ताको बेला चिन्ता नलिनुहोस् । कल्पना गर्नुहोस् कि तपाईंको अगाडि भएको व्यक्ति तपाईंको साथी हो । तपाईंले उसलाई लामो समयसम्म देख्नुभएन। यसले तपाईंलाई धेरै चाँडो शान्त हुन मद्दत गर्छ । व्यक्तिको प्रश्नहरूको उत्तर दिन यसले सजिलो  गराउँछ ।

आफ्नो पछाडि ऐनामा राख्नुहोस्

यदि धेरै जनासँग कुरा गर्नुपर्ने छ भने तपाईं आफ्नो पछाडि एउटा सानो ऐना राख्नुहोस् । बेलाबेलामा ऐना हेर्नुहोेस् । यसले तपाईंको रिसलाई नियन्त्रण गर्न मद्धत गर्छ । किनभने कोही पनि व्यक्ति आफूलाई क्रोधित वा रिसाएको देख्न मन पराउँदैन र त्यसले तपाईंलाई कुल गराउन मद्दत गर्छ ।

कसैले मलाई हेरिरहेको छ जस्तो लाग्छ भने त्यो भ्रम हो

सँगै बसेर काम गर्दा अर्कोले मलाई हेरिरहेको छ जस्तो लाग्छ भने त्यो तपाईंको भ्रम हुन सक्छ । त्यसलाई तपाईंले सूक्ष्म रुपमा परीक्षण गर्न पनि सक्नुहुनेछ । स्क्रिनको छेउछेउमा रहेको खाली ठाउँबाट उसले आफूलाई हेरिरहेको छ कि छैन भनेर परीक्षण पनि गर्न सकिन्छ ।

बीचैमा झगडा रोक्नु छ भने ….

यदि तपाईं कसैसँग झगडा गरिरहनुभएको छ र त्यसलाई बीचैमा रोक्न चाहनुहुन्छ भने झगडाको बीचैमा केही बाहाना गरेर खानेकुरा खानुहोस् । यसलाई स्न्याकम्यान प्रभाव भन्ने गरिुन्छ । खाना रमाइलो र शान्तिको प्रतीक हो । त्यसैले खानेकुरा खाएपछि मान्छेले अर्काे मान्छेलाई आक्रमण गर्ने गर्दैन ।

कसैको साथ मित्र हुन चाहानुहुन्छ भने…

कसैको साथमा मित्र बन्नु एकदम सजिलो कुरा हो । उसलाई चाहिएको कुरा उसले नमागी दिनुहोस् । जस्तो चाउमिन खाँदा सस, रुमाल, न्यापकिन र चाहिएको बेलामा कलम उसलाई दिनुहोस् । सहजै तपाईंलाई उसले मनपराउन थाल्छ ।

दिनको सुरू वा अन्तमा मीठो भेटघाट गर्नुहोस्

व्यक्तिहरू बिहानको पहिलो भेट र रातको अन्तिम भेटलाई धेरै याद गर्ने गर्छन् । जुन दिनको सुरू र अन्तको भेट महत्वपूर्ण हुन्छ । अन्यथा अरू सबै धुमिल हुने गर्छ । त्यसकारण हामी यी समयावधि आफ्ना प्रियहरूसँग बिताउन सक्छौं । यसले हार्दिकता बढाउन मद्दत गर्छ । यदि तपाईं जागिरको अन्तर्वार्तामा जाँदै हुनुहुन्छ भने पहिलो वा अन्तिम उम्मेदवार बन्ने प्रयास गर्नुहोस् ।

अन्य व्यक्तिहरूसँग कुरा गर्दा खुट्टाको भाउलाई ध्यान दिनुहोस्

व्यक्तिको खुट्टाले कुराकानीमा उनीहरूको वास्तविक भावनालाई बुझ्न मद्दत गर्छ । यदि तपाईं कुनै व्यक्तिलाई भेट्न आउनु भयो तर उसले तपाईंलाई स्वागत गर्दा आफ्नो शरीर मात्रै तपाई्रतिर फर्कायो भने तपाईं सम्झिनुहोस् कि तपाईंलाई उसले मन पराएको छैन । यदि कोही मान्छेले खुट्टालाई फरक दिशामा फर्काएर राख्छ भने सम्झनुहोस् कि ऊ तपाईंसँग चाडै छुट्टिन चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment