+
+

कृषि प्राविधिकलाई सहयोग गर्ने विषयमा नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन्सबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २२ गते १३:३७

काठमाडौं । नेपालको अग्रणी बैंकको रुपमा रहेको नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्रालिबीच कृषि प्राविधिकहरुलाई आवश्कता अनुसार बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने विषयमा सम्झौता भएको छ ।

नबिल बैंक, एसएमई तथा लघुवित्तका प्रमुख निरज कुमार बस्नेत (डनील) र आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्रालिकी अध्यक्ष  सुनिता न्हेम्हाफुकीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

साझेदारीको बारेमा बोल्दै नबिल बैंक, एसएमई तथा लघुवित्तका प्रमुख बस्नेतले भने, ‘नबिल बैंकले सदैब दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्‍याउने विश्वास गर्दछ जुन नेपालको कुल ग्राह्यस्थ उत्पादनको प्रमुख योगदानकर्ता हो ।’

कृषि प्राविधिकहरुका आवश्कता अनुसार कृषि तथा पशुपालन कर्जा लगायत विभिन्न बैंकिङ सुविधा र सेवाहरु प्रदान गरी कृषि प्राविधिकहरुलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पुर्‍याउन आफूहरु उत्साहित रहेको बस्नेतले बताए ।

यस सँझेदारीसँगै, नबिल बैंकले कृषि क्षेत्रमा उद्यमशिलता विकासको साथ प्राविधिक ज्ञानको मिश्रण गरी परम्परागत वित्तिय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नविन सुरुवात गरेको उनको भनाइ थियो । नबिल बैंकले सुरु गरेको यस पहलले व्यापक रुपमा सफलता हासिल गर्दै भविष्यमा नेपालको वित्तिय लगानी प्रवृतिनै परिवर्तन गर्ने नबिल बैंकले आशा राखेको उनले बताए ।

कार्यक्रममा आरएण्डडीका अध्यक्ष सुनिता न्हेम्हाफूकीले भनिन्, ‘ नेपालको कृषि क्षेत्रको मुख्य समस्या मध्ये कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसाय वा उद्यम सञ्चालन गर्न नसक्नु हो । तसर्थ कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशिलता तर्फ लाग्ने वातावरण बनाउनका लागि नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसनले कृषि उद्यमशिलता विकासका लागि कृषि प्राविधिकहरु समक्ष वित्तिय पहुँच सहितको कृषि उद्यमशिलता विकास कार्यक्रम ल्याएको छ ।’

आरएण्डडी इनोभेटिभ सोलुसनले उद्यम गर्न चाहने प्राविधिकहरुको छनौट गरी उद्यमशिलता विकास सम्बन्धी आधारभूत तालिम दिई बैंक समक्ष सहुलियत कर्जाका लागि सिफारिस गर्ने उनले बताइन् । अध्यक्ष न्हेम्हाफूकीले भनिन्, ‘ती सिफारिस भएका प्राविधिकहरुको व्यवसायिक योजनाका आधारमा १० लाख सम्मको सहुलियत दरको कर्जा नबिल बैँकले उपलब्ध गराउनेछ । यस कार्यक्रमले कृषि उद्यमशिलताको दिगो विकाससँगै तिनै प्राविधिक मार्फत अन्य कृषकहरुलाई पनि प्राविधिक सेवा पुग्ने विश्वास लिइएको छ ।’ यस कार्यक्रम अन्तर्गत जेटीए, जेटी, आईएस्सीएजी र बीएस्सी एजी अध्ययन गरेकाले भाग लिन सक्ने उनले बताइन् । यस कार्यक्रम अन्तर्गत आगामी एक वर्ष भित्रमा कम्तिमा १०० जना कृषि प्राविधिकहरुलाई उनीहरुकै ठाउँमा उद्यम विकास गर्ने योजना रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?