
२५ जेठ, काठमाडौं । बेलायतका १६ सांसदहरुले नेपाललाई खोप उपलब्ध गराउने विषय उच्च प्राथमिकतामा राख्न त्यहाँको विदेश मन्त्रालयको ध्यानाकर्षण गरेका छन् ।
विदेशमन्त्री डोमिनिक राबलाई एक संयुक्त पत्र लेख्दै उनीहरुले खोपका साथै अन्य विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गर्नसमेत आग्रह गरेका छन् । यस अगाडि बेलायतको संसदमा नै नेपालमा कोरानाको महामारीको बारेमा छलफल भएको थियो ।
सांसदहरुले नेपाल सरकारले यस अगाडि नै विभिन्न स्वास्थ्य सामग्रीहरुको आग्रह गरे पनि त्यसको सम्बोधन नभएको समेत उल्लेख गरेका छन् ।
उनीहरुले नेपालको आवश्यकतलाई आपत्कालीन मागको रुपमा लिनसमेत आग्रह गरेका छन् । उनीहरुले नेपाललाई कोभिड सहयोग तत्काल घोषणा गर्न र कार्यान्वयन गर्नसमेत आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4