+
+

अन्तर्राष्ट्रिय बाग्लुङ समाजद्वारा बाग्लुङमा १७ लाखको स्वास्थ्य सामग्री वितरण

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ५ गते ६:३९

वार्सिलोना । अन्तर्राष्ट्रिय बाग्लुङ समाजले बाग्लुङ जिल्लाका विभिन्न ठाउँहरुमा १७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ।

कोरोना महामारीको बेला प्रवासमा विभिन्न देशमा गठन भएका बाग्लुङ समाज तथा सहयोगीहरुमार्फत संकलन भएको रकमले सहयोग पुर्‍याएको हो।

अन्तर्राष्ट्रिय बाग्लुङ समाजका अध्यक्ष एकराज गिरीका अनुसार कोरोना महामारीको पहिलो लहरमा १० लाख रुपैयाँ र दोश्रो लहरमा ७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण भएको छ।

अध्यक्ष गिरीले जिल्लाका बिभिन्न ठाउँहरुमा अझै पनि स्वास्थ्य सामग्री वितरण अभियान जारी रहेको बताए।

समाजका अनुसार बाग्लुङ नगरपालिका १२, १३, १४ वडा तथा साविक अमलाचौर, पैयूँपाटा र नारायणस्थान, तारा खोला नगरपालिका, काथेखोला, गलकोट, निसी खोला नगरपालिका, तमानखोला गाउँपालिकालगायतका ठाउँहरुमा स्वास्थ्य सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय बाग्लुंङ समाजले संस्थाका पदाधिकारीहरुसहितको एउटा समिति बनाएर स्वास्थ्य सामग्री बितरणका लागि समन्वय गरिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?