+
+

खनाललाई भेट्न दिल्ली गए आचार्य र पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३० गते २१:४९

३० साउन, काठमाडौं । भारतमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न नेकपा एमालेका दुई नेता नयाँदिल्ली गएका छन् ।

सचिव भीम आचार्य र नेता सुरेन्द्र पाण्डे शनिबार दिल्ली गएका हुन् । खनालको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा हालै मात्र मिर्गौला प्रत्यारापेण गरिएको थियो ।

उनी अझै केही समय स्वेदश नआउने भएकाले भेट्न नेताहरु गएको बताइएको छ । नेकपा एमालेमा एकताका लागि अन्तिम प्रयास भइरहँदा नेपाल समूहका नेताहरु खनाललाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?