Comments Add Comment

१३ औं (साग) - समाचार

List Grid
१३औं साग : नेपाल प्रहरीका खेलाडीले जिते १६ स्वर्ण

२६ मंसिर, काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद (साग)मा नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुले १६ स्वर्णसहित ५६ पदक प्राप्त गर्न सफल भएको छ। प्रतियोगितामा व्यक्तिगत तथा सामूहिक गरी ८४ जना खेलाडीहरु सहभागी भएकोमा १६ स्वर्ण, १४ रजत र २६ कास्य गरीजम्मा ५६ वटा पदक हासिल गर्न सफल भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ । प्रतियोगितामा […]

१३  औं साग समापनमा गौरिकाले बोकिन् राष्ट्रिय झण्डा

२४ मंसिर, काठमाडौं । १३ औं सागको समापन समारोहको खेलाडी मार्चपासमा नेपाली राष्ट्रिय झण्डा पौडी खेलाडी गौरिका सिंहले बोकेकी छिन् । उनले १३ औं सागमा कीर्तिमानी ४ स्वर्ण जितिन् । पौडीमा व्यक्तिगत स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी उनले एकै संस्करणमा ४ स्वर्ण जित्दै नयाँ कीर्तिमान बनाइन् भने सर्वाधिक ४ स्वर्ण जित्ने दिपक विष्टको कीर्तिमान […]

प्रधानमन्त्रीले खेलाडीलाई बालुवाटार बोलाए

२४ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्नो सरकारी निवास बालुवाटार बोलाएका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले साग समापनका अवसरमा मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बालुवाटार बोलाएको जानकारी दिए । प्रधानमन्त्री ओलीले खेलाडीहरुमाझमा सागमा पदक जित्ने खेलाडीलाई पुरस्कार घोषणा गर्ने […]

बास्केटबलमा नेपालको पुरुष टिमलाई कास्य

२४ मंसिर, काठमाडौं । नेपाली पुरुष बास्केटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा कास्य पदक जितेको छ । बंगलादेशसंग समूह चरणमा ब्यहोरेको हारको बदला लिँदै नेपालले मंगलाबर कास्य पदकको लागि भएको खेल बङ्गलादेशलाई ८१–५९ को फराकिलो अन्तरले पराजित गर्‍यो । समूह ए को खेलमा नेपाल बङ्गलादेशसंग ६७–६१ ले पराजित भएको थियो । नेपालको जितमा […]

४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

२३ मंसिर, काठमाडौं । तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)मा नेपालको ४९ स्वर्ण पदकसहित दास्रो स्थानमा कायमै रहेको छ । नेपालले सोमबारका खेल सकिँदासम्म ५४ रजत तथा ९२ कास्यसहित कूल १९५ पदक जितेको छ । नेपालले बक्सिङमा दुई तथा पौडी र जुडोमा एक–एक स्वर्ण पदक जितेको हो । भारत पदक तालिकाको शीर्षस्थानमै  । भारतले १५९ स्वर्ण, ९१ […]

मिनुले रचिन् बक्सिङमा पहिलो स्वर्णको कीर्तिमान

२३ मंसिर, काठमाडौं । नेपाली मिनु गुरुङले १३औं दक्षिण एसियाली खेलकुद (साग)को बक्सिङमा स्वर्ण जितेकी छन् । यससँगै उनी सागमा स्वर्ण जित्ने उनी पहिलो नेपाली महिला बक्सर बनेकी छन् । साथै सागमा बक्सिङबाट नेपालको २० वर्षपछि पहिलो स्वर्ण हो । सन् १९९९ मा काठमाडौंमै भएको सागमा प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका […]

बक्सर भूपेन्द्रको ‘सरप्राइज’ स्वर्ण

२३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङको ६४ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका भुपेन्द्र थापा शनिबार नै फाइनलमा पुगिसकेका थिए । तर उनले आफू स्वर्ण पदकनजिक पुगेको परिवारका सदस्यहरुलाई सुइँको पनि दिएनन् । यसअघि अन्तर्राष्ट्रिय थप्रै प्रतियोगितामा फाइनल पुगेका उनले कहिल्यै स्वर्ण चुम्न पाएका थिएनन् । प्रतिद्वन्द्वीबाट कुटाइ खाएर आएको […]

प्रधानमन्त्रीले पर्सि खेलाडीलाई प्रोत्साहन प्याकेज घोषणा गर्ने

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि बुधबार १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्ने भएका छन् । यद्यपि उनी सागको समापन समारोहमा सहभागी हुने छैनन् । समापन समारोहको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले भने, ‘सम्भवत: पर्सि प्रधानमन्त्रीले खेल क्षेत्रलाई […]

सुटिङमा भारतलाई २० मध्ये १८ स्वर्ण

२३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत सुटिङ विधामा कुल २० स्वर्ण पदकमध्ये भारतले १८ वटा जितेको छ । स्वर्ण रजत र कास्य गरी कुल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कांस्य गरी २९ पदक जित्न सफल भयो । दोस्रो स्थानमा रहेको पाकिस्तानले २ […]

पौडीको टिम इभेन्टमा गौरिकालाई कांस्य

२३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पौडी अन्तर्गत महिलाको ४ सय मिटर मिड्ले रिलेमा नेपालले कांस्य पदक जितेको छ । गौरिका सिंहसहितको टीमले ४ मिनेट ३३.६२ सेकेण्डमा दूरी पार गरी कांस्य पदक जितेको हो । यो स्पर्धामा भारतले स्वर्ण र श्रीलंकाले रजत जितेको छ । भारतीय खेलाडीले ४ मिनेट […]

सागका पदक विजेतालाई प्रदेश सरकारले नगद पुरस्कार दिने

२३ मंसिर, हेटौंडा । प्रदेश ३ सरकारले १३औं दक्षिण एशीयाली खेलकुद (साग) पदक जित्ने प्रदेशभित्रका खेलाडीहरुलाई नगद पुरस्कार दिने भएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सागका स्वर्ण पदक विजेतालाई १ लाख, रजत विजेतालाई ५० हजार र कास्य विजेतालाई २५ हजार नगद सहित सम्मान गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले दिने नगद पुरस्कार पदक […]

कुस्तीमा भारतले १४ स्वर्ण, नेपाल एउटैमा सीमित 

२३ मंसिर, जनकपुरधाम । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जनकपुरधाममा आयोजना गरिएको कुस्ती खेलमा भारतले १४ स्वर्ण जितेको छ । सोमबार कुस्तीका सबै स्पर्धा सकिँदा भारतले २० मध्ये १४ स्वर्ण जितेको हो । सोमबार भएको दुई तौल समूहमा पनि स्वर्ण जित्दै भारतले स्वर्ण संख्या १४ बनाएको हो । पुरुषतर्फ ७४ किलो तौल […]

चार स्वर्ण जित्दै गौरिकाले बनाइन् अर्को कीर्तिमान

२३ मंसिर, काठमाडौं । पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ४ वटा स्वर्ण पदक जितेकी छन् । उनले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी छन् । गौरिकाले सोमबार १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । उनले भारतीय […]

जुडोमा पुनम श्रेष्ठले जितिन् स्वर्ण

२३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले जुडोमा अर्को स्वर्ण पदक जितेको छ । सोमबार ७८ केजीमुनिको तौल समूहमा पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । १३ औं सागमा नेपालले जुडोमा जितेको यो दोस्रो स्वर्ण पदक हो । यो सँगै सोमबारसम्म १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या […]

बक्सिङमा भुपेन्द्र थापाले पनि जिते स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले बक्सिङमा दोस्रो स्वर्ण पदक जितेको छ । ६४ केजी तौल समूहमा भुपेन्द्र थापाले स्वर्ण पदक जितेका हुन् । उनले भारतीय खखेलाडी मनिष कौशिकलाई पराजित गरेका हुन् । यसअघि सोमबार नै बक्सिङमा मिनु गुरुङले पनि स्वर्ण जितेकी छन् । यो सँगै १३ औं सागमा नेपालले जितेको स्वर्ण […]

भारतसँग हारेसँगै प्रशिक्षक हरि खड्काले दिए राजीनामा

२३ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् । साग महिला फुटबलको फाइनलमा भारतसँग २-० ले पराजित भएसँगै खड्काले राजीनामाको घोषणा गरेका हुन् । पोखरामा भएको फाइनल हारसँगै नेपालले तेस्रो पटक रजतमा चित्त बुझाउनु परेको छ । खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खड्काले भने, ‘गोल्डको टार्गेट लिएर हिँडेको […]

महिला म्याराथन विजेता हिरुनी भन्छिन्- मौसम र ट्राफिकले असहज भयो

२३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत शनिबार सम्पन्न एथ्लेटिक्सतर्फ श्रीलकाले सर्वाधिक १५ स्वर्ण पदक जित्यो । ३६ स्वर्णको लागि भएको एथ्लेटिक्समा भारत १३ स्वर्ण जित्दै दोस्रोमा रहँदा नेपालले ३ स्वर्ण जित्यो । शनिबार भएको ४२ किलोमिटर म्याराथन दौडमा नेपालले पुरुषतर्फ स्वर्ण जित्दा महिलातर्फको स्वर्ण श्रीलंकाले जितेको थियो । अमेरिकामा बसेर प्रशिक्षण […]

बिच भलिबलमा महिलालाई कांस्य

२२ मंसिर, पोखरा । १३ औं साग अन्तर्गत बिच भलिबलमा महिलातर्फ नेपालले कास्य जितेको छ । पोखरामा आइतबार विनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनीषा चौधरीको जोडीलाई सेमिफाइनलमा २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित गरेको हो । नेपालको दुवै टिम समूह उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका थिए । श्रीलंकाका दुवै […]

कुस्तीमा पदक जित्ने खेलाडीलाई प्रदेश २ सरकारको सम्मान

२२ मंसिर, जनकपुरधाम । प्रदेश २ सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा पदक ल्याउने नेपाली खेलाडीलाई सम्मान गरेको छ । कुस्ती खेलमा नेपालका लागि स्वर्ण ल्याउने संगीता धामीसहित पदक पाउने १३ जना खेलाडीहरुलाई आईतबार साँझ मुख्यमन्त्री कार्यालयमा बोलाएर सम्मान गरिएको छ । कुस्तीमा पदक ल्याउने खेलाडीहरुलाई मुख्यमन्त्री लालबाबु राउतले गम्छा […]

जुडोमा पहिलो दिन नेपाललाई सातवटै स्पर्धामा पदक

२२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आइतबारदेखि शुरु भएको जुडोमा नेपालले पहिलो दिन १ स्वर्ण ३ रजत र ३ कास्य जितेको छ । लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको जुडोमा देविका खड्काले नेपाललाई स्वर्ण दिलाइन् । उनले ५२ केजी मुनि तौल समूहमा स्वर्ण जितेकी हुन् । स्वर्ण जित्ने क्रममा देविकाले भारतकी […]

भारत र श्रीलंका पुरुष कबड्डीको फाइनलमा

२२ मंसिर, काठमाडौं । भारत र श्रीलंका १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत कबड्डीको पुरुषतर्फको स्पर्धामा फाइनल प्रवेश गरेका छन् । आइतबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भारतले नेपाललाई ६२–२६ ले पराजित गर्‍यो । हारसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । पाँच राष्ट्र सहभागी पुरुष कबड्डीमा भारत शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । उपाधिका लागि भारतले […]