Comments Add Comment

प्रमुख समाचार

List Grid
ए डिभिजन लिगमा मछिन्द्रको विजयी शुरुवात

२८ मंसिर, काठमाडौं ।  मछिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगमा विजयी शुरुवात गरेको छ । राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनसहित स्टार खेलाडी भित्र्याएको मछिन्द्रले लिगको उद्घाटन खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराएको हो । उद्घाटन खेल दशरथ रंगशालामा हुने भनिएपनि मैदान हिलो भएको लिग आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले खेल सातदोबाटोस्थित एन्फा […]

उमेरले रोक्दैन अध्ययनको भोक !

८ मंसिर, पोखरा । जब कसैलाई अध्यनको भोक लाग्छ, तब मान्छे आफैंदेखि विद्रोह सुरु गर्छ । समाजले के भन्ला कसो भन्ला ? त्यसभन्दा पर सोच्न थाल्छ । यसको ज्वलन्त उदाहरण हुन्, शान्ता चौधरी र करिश्मा मानन्धर हुन् । जीवनको मध्य भागमा उभिएर स्कुले जीवन सुरु गरेका दुवै आआˆनो क्षेत्रमा सफल छन् । शान्ता चौधरी अहिले […]

पौडेललाई फकाउने देउवाको प्रयास असफल

२८ मंसिर, काठमाडौं । पार्टीको केन्द्रीय कार्यसतितिको बैठक बहिस्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उनकै निवास पुगेका छन् । तर पौडेलले १४औं महाधिवेशनको कार्यतालिका पहिलो शर्त भएको भन्दै अरु कुरा वार्ता समितिसँगै गर्न भनेर पठाएका छन् । पौडेल समूहले बिहीबार केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेको थियो, जुन बैठकमा केन्द्रीय […]

बम राखेको आशंकामा दुई जना पक्राउ

२८ मंसिर, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ ५ स्थित महेन्द्रनगरमा तीन जनाको ज्यान जाने गरी बम राखेको आशंकामा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले दुई जना पक्राउ परेको पुष्टि गरे । तर थप बताउन चाहेनन् । पक्राउ परेकामध्ये एक जना नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता रहेको बताइएको […]

काँडामा फूलेका कालीप्रसाद

भारतका ख्यातिप्राप्त कवि अज्ञेयले भनेका थिए, ‘आत्मकथामा झूठ लेख्न सजिलो हुन्छ, उपन्यासमा सत्य ।’ कतिपय सन्दर्भमा यो भनाइ सत्य लाग्न सक्छ, कतिपय सन्दर्भमा असत्य । बितेको दशक नेपाली पुस्तकको बजारमा आत्मकथाहरु प्रशस्तै आए । आएका मध्ये अधिकांश जसको आत्मकथा हो, तिनले लेखेका थिएनन् । भरिया लेखकले लेखिदिएका थिए । अंग्रेजीमा सभ्य प्रकारले यसलाई ‘घोष्ट राइटिङ’ […]

बाढीले कुन जिल्लामा कति क्षति ? यस्तो छ रिपोर्ट

३२ साउन, काठमाडौं । गत शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले तराईका जिल्लाहरुमा पुर्‍याएको क्षतिको विवरण आउने क्रम जारी छ । स्थानीय जिल्ला प्रशासनले क्षतिको विवरण धमाधम संकलन गरिरहेको छ । तर, एकसाता पुग्न लाग्दासम्म गृहमन्त्रालयले क्षतिको पूर्ण विवरण तयार पार्न सकिरहेको छैन । तराईका जिल्लाहरुमा बाढीले पारेको प्रभाव र क्षतिबारे अनलाइनखबर टीमले विभिन्न […]

नेपाल र चीनबीच तीन सम्झौतामा हस्ताक्षर, इन्धनको सम्भाव्यता अध्ययनमा सघाउने

३१ साउन, काठमाडौं । नेपाल र चीनबीच तीन वटा सम्झौता/समझदारी पत्रमा हस्ताक्षर भएको छ । साथै चीन भूकम्पपछि बन्द गरिएको तातोपानी नाका खोल्न सकारात्मक देखिएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको नेपाली टोलीबीच द्विपक्षीय वार्ता भएपछि समझदारीमा हस्ताक्षर भएको हो । […]

तरकारीको भाउ छोइनसक्नु, व्यापारी भन्छन्- अझै बढ्छ

३१ साउन, काठमाडौं । एकसाता अघिमात्रै प्रतिकिलो ४५ रुपैयाँमा भिण्डी खरिद गरेका उपभोक्ता मंगलवार त्यही भिण्डी प्रतिकिलो ८५ रुपैयाँमा किन्न बाध्य भए । किन यस्तो भनेर सोध्दा ब्यापारीहरु भन्छन्- मधेसमा बाढी आएकाले । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो मंगलवार भिण्डी खुद्रामा प्रतिकिलो ४० रुपैयाँमा कारोबार भएको थियो । त्यही भिण्डीको मूल्य […]

पाकिस्तानबाट सीधै नेपाल आए चिनियाँ उपप्रधानमन्त्री

३० साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयले आइतबार सार्वजनिक गरेको तालिकाअनुसार पाकिस्तानको बाटो हुँदै सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङको नेपाल बसाइको खासै व्यस्त कार्यसूची छैन । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार र राजनीतिक दलका शीर्ष नेताहरुसँगको शिष्टाचार भेट र वार्तालाप बाहेकका दुईवटा कार्यक्रममा […]

बाढीबाट अर्बौंको क्षति, मृतकको संख्या ९१

३० साउन, काठमाडौं । हालैका दिनमा आएको भीषण वर्षाका कारण तराई क्षेत्र जलमग्न छ । गत शुक्रबारदेखिको अविरल वर्षाका कारण तराईका अधिकांश जिल्ला डुबानमा परेका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार बाढीमा परी मृत्यु हुने संख्या ९१ पुगिसकेको छ । अविरल वर्षाबाट भएको भौतिक क्षति पनि ठूलो छ । प्रभावित क्षेत्रमा आवास, कृषि बाली, सडक, […]

सप्तरीमा ‘सिरिसको फूल’ ले बाँड्यो कुहिएको चामल !

३० साउन, सप्तरी । जिल्लाको तिलाठी-कोइलाडी गाउँपालिकाका बाढीपीडितलाई राहतका नाममा वितरण गरिएको चामल सडेको र कुहिएको पाइएको छ । सप्तरी जिल्ला दैवी प्रकोप उद्वार समितिको अगुवाईमा २८ साउनमा यो चामल तिलाठी-कोइलाडी गाउँपालिकाको कुसाहामा वितरण गरिएको थियो । वितरण गरिएको चामल पीडितले खाना पकाउने बेलामा खोलेर हेर्दा सडेको पाइनुका साथै कुहिएको समेत थियो । १० किलो […]

बाढीपीडितका लागि एनआरएनद्वारा राहत कोष स्थापना, शेष घले दम्पत्तिले दिए १ करोड

२९ साउन, काठमाडौं । दर्जनौंको मृत्यु र हजारौं परिवार घरवारविहीन हुनेगरी तराईमा आएको बाढी पहिरो पीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोषको स्थापना गरेको छ । कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाँ सहयोगको प्रतिवद्धता जनाएका छन् । एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको आइतबार बसेको आकस्मिक बैठकले आपतकालीन […]

बाढीको असर विद्युतमाः पूर्वी नेपाल अन्धकार, मध्यमाञ्चल पनि प्रभावित

२९ साउन काठमाडौं । लगातारको बर्षातका कारण आएको बाढी-पहिरोले गर्दा पूर्वका सबै जिल्लामा विद्युत आपूर्ति ठप्प भएको छ । मध्यमाञ्चलका पनि अधिकांश जिल्लामा विद्युत हुन नसकेको नेपाल विद्युत प्राधिकरणले प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढीका कारण झापास्थित दमक-गोधक खण्डको १३२ केभीको लाइनअन्तर्गत चुलाचुलीमा रहेको टावर नं. १७ ढलेको छ । हेटौंडा सवस्टेसन अन्तर्गतको हेटौंडा […]

स्वास्थ्यकर्मीको चेतावनीः बाढीपीडित वस्तीमा महामारी फैलन सक्छ

२९ साउन, काठमाडौं । तराईका बस्तीहरु यतिबेला बाढीमा डुबेका छन् । यस्तोबेलामा त्यहाँ माहामारी फैलन सक्ने खतरा स्वाथ्य क्षेत्रका जानकारहरुले औंल्याएका छन् । बाढीपीडित बस्तीमा फैलिन सक्ने रोगहरु के-के हुन् ? हामीले यसबारे केही डाक्टरहरुलाई सोधेका छौं । ‘बाढीग्रस्त क्षेत्रमा दूषित पानीका कारण पानी रोगजन्य संक्रमणको सम्भावना बढी रहन्छ’ डा. भीम आचार्यले अनलाइनखबरसँग भने, ‘यस्तो […]

बाढी प्रभावित क्षेत्रमा खटिन सुरक्षा प्रमुखहरुलाई प्रधानमन्त्रीको निर्देशन

२८ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न क्षेत्रमा अविरल बर्षाका कारण ढुवानमा परेकाहरुको तत्काल उद्दार गर्न निर्देशन दिएका छन् । शनिबारसाँझ गृहमन्त्री, रक्षामन्त्रीका साथै प्रधानसेनापति, नेपाल प्रहरी र शशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका अधिकारीहरुलाई बालुवाटारमा बोलाएर देउवाले ढुवानमा परेका क्षेत्रमा तदारुकताका साथ उद्दार कार्य हघि बढाउन आफैं उपस्थित हुन निर्देशन […]

डा. केसीको समर्थनमा विशाल प्रदर्शन, हेर्नुस् १३ तस्वीर

२८ साउन, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा विशाल प्रदर्शन भएको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परीणात भएको थियो । सहभागीहरुले भ्रष्टाचारी सकुशल घरमा, डा. केसी हावाको भरमा, सरकारको भुटुनमा माफियाको तरकारी, ६०१ लाई भत्ता, चिकित्सा ऐन वेपत्ता जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए । […]

पञ्चेश्वरको गाँठो फुक्छ र हिउँदमा पनि लोडसेडिङ्ग हुँदैनः राजदूत उपाध्याय

२८ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा विगतको सहमति कार्यान्वयनमा ठोस सहमति हुने भारतका लागि नेपालकाले बताएका छन् । राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा नमिलेका विषय मिलाउने, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउने र अरुण तेस्रो जलविद्युत आयोजनाको दुवै देशका प्रधानमन्त्रीबाट संयुक्त शिलान्यासको टुंगो लाग्ने जानकारी […]

चूडामणि शर्मालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

२७ साउन, काठमाडौं ।  अरबाैं कर छली गरेको अाराेपमा पक्राउ परेका राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै गत असार २७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन् । सोही रिट अन्तर्गत सर्वोच्चले आज उनलाई थुनामुक्त गर्न […]

प्रधानमन्त्री देउवाको भारत भ्रमण: पुराना सन्धि सम्झौता कार्यान्वयनमा जोड

२७ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो आसन्न भारत भ्रमणका क्रममा पुरानै सन्धि, सम्झौता कार्यान्वयनमा जोड दिने भएका छन् । प्रधानमन्त्रीले दुई दशकदेखि कार्यान्वयनमा नआएको पञ्चेश्वर परियोजनालाई पहिलो प्राथमिकतामा राख्ने तयारी गरेका छन् । पहिलो पटक प्रधानमन्त्री बन्दा गरेको भारत भ्रमणका क्रममा देउवाले नै पञ्चेश्वर बहुद्देश्यीय परियोजनासहितको महाकाली सन्धिमा हस्ताक्षर गरेका थिए । सुदूरपश्चिम […]

आपूर्ति सचिवले स्वीकारे जग्गा खरिदमा कानून मिचिएको तथ्य

२६ साउन, काठमाडौं । आयल निगमले जग्गा खरिदमा कानून मिचेको आपूर्ति मन्त्रालयले स्वीकार गरेको छ । आपूर्ति सचिव प्रेमकुमार राईले जग्गा खरिद गर्दा निगमले नियमावली मिचेको स्वीकार गरेका हुन् । बिहीवार व्यवस्थापिका संसद अन्तर्गतको विधायन समितिको बैठकमा निगमको जग्गा खरिद कानूनसम्मत नभएको आवाज उठेको थियो । त्यहाँ निगमका अधिकारी पनि विनियमावलीमा व्यवस्था भएबमोजिम जग्गा खरिद […]

केपी ओलीले भने- माओवादी सकियो, अब केन्द्रमात्रै बाँकी छ !

२६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी पार्टीमा अब केही पनि बाँकी नरहेको र केन्द्रमात्रै बाँकी रहेको बताएका छन् । ‘अब माओवादीमा जे छ, केन्द्रमात्रै छ, अरु केही पनि बाँकी छैन, माओवादी केन्द्र !’ विहीबार धुम्बाराहीस्थित एमाले मुख्यालयमा माओवादीका केही कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै ओलीले भने-‘तपाईहरुले अलिकति हल्लाइदिनुभयो, अब एकपल्ट हल्लाइदिने […]