Comments Add Comment

अर्थमन्त्री जनार्दन शर्मा

List Grid
प्रहरीको रासनवृद्धिको निर्णय कार्यान्वयनमा

१८ असोज, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धि सम्बन्धी निर्णय लागू हुने भएको छ । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धि सम्बन्धी फाईल सदर गरेका हुन् । यसअघि रासन वृद्धिको घोषणा गरिएको भएपनि त्यसको लागि आवश्यक पर्ने बजेट विनियोजन नगरिएको कारण १५ प्रतिशत रासन वृद्धिको […]

भन्सार विन्दुमा भेइकल स्क्यानर जडान गर्न अर्थमन्त्रीको निर्देशन

२७ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आयोजना गरेको दुईदिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् । भेइकल स्क्यानर जडान भएपछि भन्सार बिन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु […]

३७ अर्ब ऋणको हिस्सा घटाउँदै आयो संशोधित बजेट

२५ भदौ, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा ऋणको ठूलो अंश कटौती गरेको छ । अनुत्पादक क्षेत्रमा सार्वजनिक ऋणको उपयोगले भविष्यमा साँवा तथा ब्याज भुक्तानीका लागि राजस्वको ठूलो हिस्सा छुट्याउनु पर्ने भन्दै अर्थमन्त्री जनार्दन शर्माले विनियोजन अध्यादेश, २०७६ मा प्रस्ताव गरिएको आन्तरिक ऋण तथा वैदेशिक क्रणको अंश करिव ३७ अर्ब घटाउँदै संशोधित बजेट ल्याएका […]

अर्थमन्त्रीले भने-मौद्रिक नीति चुहिनु परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएजस्तै

३२ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि नै सूचना चुहिएकोप्रति समेत असन्तुष्टि जनाएका छन् । मन्त्री शर्माले यो विषयलाई गम्भीर रुपमा लिन आग्रह गरे । शुकबार राष्ट्रबैंकले ल्याएको मौद्रिक नीतिका व्यवस्थाबारे सार्वजनिक हुनुभन्दा अगाडि नै विभिन्न सञ्चारमाध्यममा हुबहु सूचना आएका थिए । ‘तोकिएको समय अगाडि नै मौद्रिक नीति चुहिनु भनेको […]

सहकारीले उत्पादशील क्षेत्रमा लगानी बढाएर ब्याज घटाउनुपर्छ : अर्थमन्त्री

३२ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारलाई आग्रह गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४औं स्थापना दिवसका अवसरमा मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् । बचत तथा ऋण सहकारीहरुले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी […]

चार वर्षमा १० खर्ब ३१ अर्ब ऋण थपियो, सही ठाउँमा परिचालन भएन : अर्थमन्त्री

२६ साउन, काठमाडौं । सरकारको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४०.५ प्रतिशत पुगेको छ । अर्थमन्त्री जनार्दशन शर्माले संसदमा पेश गरेको ‘देशको वर्तमान आर्थिक अवस्था’को जानकारीपत्रमा आर्थिक वर्ष २०७३/७४ मा कुल तिर्न बाँकी सार्वजनिक ऋण रू.६ खर्ब ९८ अर्ब अर्थात् कुल गार्हस्थ्य उत्पादनको २२.७ प्रतिशत रहेको उल्लेख छ । यस्तो ऋण आर्थिक वर्ष २०७७/७८ […]

निरन्तर सुधारले पुग्दैन, गुणात्मक सुधार चाहिन्छ : अर्थमन्त्री शर्मा

२२ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा थोपाबाट संकलन भएको राजस्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन् । शुक्रवार मन्त्रालयमा आयोजित राजश्व सचिव रामशरण पुडासैनीको विदाई समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जन अधिकारको मर्मबमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए । ‘राजश्व भनेको जनताको पसिनाको थोपा […]

‘राष्ट्र बैंक स्वायत्त संस्था हो, मौद्रिक नीति मैले रोकेको होइन’

१४ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले ल्याउने चालु आर्थिक वर्षको मौद्रिक नीति आफ्नो कारण नरोकिएको बताएका छन् । चालु आर्थिक वर्षका लागि आउनुपर्ने मौद्रिक नीति ढिलाइ अर्थमन्त्रीकै कारण भइराखेको हो भन्ने चर्चा चलेको विषयमा उनले आफ्नो कारणले ढिलाइ नभएको बताए । अर्थमन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाे भन्दै आफूले सुझावमात्रै […]

अध्यादेश प्रतिस्थापन गरेर पूर्ण बजेट ल्याउन पूर्वअर्थमन्त्रीहरूको सुझाव

१३ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीपरिषदले पूर्णता पाएपछि मात्र नयाँ बजेटको कुरा टुङ्गो लाग्ने बताएका छन् । बुधवार पूर्व अर्थमन्त्रीहरुसँगको छलफल कार्यक्रममा उनले मन्त्रीपरिषदको पूर्णता र संसदको अंक गणितलाई मध्यजर गरेर मात्र बजेटको सम्बन्धमा कदम चाल्ने तयारीमा सरकार रहेको जानकारी दिए । मन्त्री शर्माले अहिले विकास निर्माणको कामभन्दा जनतालाई कोभिड खोप लगाउने कुरा […]

अर्थमन्त्री र अमेरिकी राजदूतबीच भेट, थप खोप सहयोग गर्न आग्रह

१२ साउन, काठमाडौं । नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् । मंगलवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोग अविश्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन् । उनले कोभिडविरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी […]

अर्थविदसँग अर्थमन्त्रीले भने-विकासमा जनपरिचालनको मोडालिटी आवश्यक

११ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रको वास्तविक चित्र जनतालाई बताउन यथार्थपत्र सार्वजनिक गर्ने कुरा गर्दा अनावश्यक आतंक सिर्जना भएको बताएका छन्। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरुसहित अर्थविदहरुसँगको छलफलमा बोल्दै मन्त्री शर्माले कसैलाई आरोपित गर्न वा आफ्नो घमण्ड प्रस्तुत गर्न श्वेतपत्रको कुरा नउठाएको स्पष्ट गरे । ‘श्वेतपत्र सार्वजनिक गर्दा कसैलाई […]

सचिवहरुलाई ‘होमवर्क’ दिँदै अर्थमन्त्रीले भने-शतप्रतिशत नतिजा चाहियो

५ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको समस्याभित्रका समस्या समाधान हुन नसकेकोबारे सचिवहरुसँग चासो राखेका छन् । सोमबार बढी पुँजीगत खर्चको जिम्मेवारी पाएका  विकासे मन्त्रालयका सचिवहरुलाई मन्त्रालयमा बोलाएर उनले विकास निर्माणका कामले गति लिन नसक्ने कारणहरुबारे दर्जनभन्दा बढी विषयमा चासो राखेका हुन् । साथै उनले कर्मचारीलाई होमवर्क पनि दिएका छन् । उनले सचिवहरुलाई सोधेका […]