Comments Add Comment

अस्थायी मुकाम

List Grid
रात दिन नभनी तयार हुँदैछ पोखरामा मुख्यमन्त्रीको कार्यालय

१० माघ पोखरा । प्रदेश सांसदले सपथ लिएलगत्तै प्रादेशिक मन्त्रालय तयार पार्न प्रदेश ४ को अस्थायी मुकाम पोखरामा रातदिन काम भइरहेको छ । प्रदेश प्रमुखको कार्यालय, निवास, प्रदेश सभा, प्रदेश सभा सचिवालय, सभामुखको निवास तयार भएपछि अहिले मुख्यमन्त्रीको कार्यालय तयार गर्न द्रुतगतिमा काम भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए । निर्माणाधीन सीप विकास केन्द्रलाई […]

दाङमा एमाले नेता पौडेलले भने- अस्थायी मुकामबारे अनावश्यक विवाद नगरौं

१० माघ, दाङ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी कहाँ राख्ने भन्ने विषयमा प्रदेशसभाले विवेकसम्मत निर्णय गर्ने बताएका छन् । राष्ट्रियसभाको उम्मेदवारी दर्ता एमालेको टोलीसँगै दाङको घोराही आएका पौडेलले सञ्चारकर्मीहरुसँग सरकारले आफ्नो जिम्मेवारी अनुसार अस्थायी मुकाम तोकेकाले यसमा विरोध गर्नु आवश्यक नभएको बताए । ‘अहिले भएको निर्णय अस्थायी हो, अब प्रदेशसभाको […]

प्रदेश प्रमुख आए, पशु कार्यालयका हाकिम भर्‍याङमुनि छिरे !

९ माघ, विराटनगर । सरकारले अस्थायी मुकाममा हतार-हतार प्रदेश प्रमुखको कार्यालय छनोट गर्दा त्यहाँ बस्दै आएका खास कार्यालय प्रमुख भने भर्‍याङमुनि बस्नुपर्ने अवस्था आएको छ । कुरा हो, प्रदेश १ को प्रदेश प्रमुखको कार्यालय राखिएको विराटनगरस्थित क्षेत्रीय पशुसेवा निर्देशनालयको । बिराटनगरस्थित पशु निर्देशनालयमा प्रदेश प्रमुख गोविन्द सुब्ब्ााको कार्यालय राखिएपछि सोही कार्यालयका प्रमुख डा. तेजबहादुर रिजाल […]

रिमोट कन्ट्रोलले अस्थायी मुकाम भारतको नजिक तान्यो : नेता सोनाम

८ माघ, दाङ । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य कुलप्रसाद केसी ‘सोनाम’ ले सातमध्ये पाँचवटा प्रदेशको अस्थायी मुकाम भारतीय सीमा नजिक तोकिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै रोल्पाबाट प्रदेश सांसद निर्वाचित सोनामले प्रदेशसभाबाट प्रदेश ५ को राजधानी दाङमै तोकिने जिकिर गरे । ‘रिमोट कन्ट्रोलले अस्थायी मुकामहरु भारतीय सिमानानजिक तान्यो,’ उनले भने, […]

दाङ राजधानी बन्ने हल्लापछि ऋण लिएर जग्गा किन्नेहरूको बिचल्ली

  ५ माघ, दाङ । घोराही निवासी उमेश भण्डारीले प्रदेश ५ को मुकाम दाङ तोकिने आशाले बेलझुण्डीमा प्रतिकठ्ठा सात लाख पर्ने जग्गालाई १५ लाख रुपैयाँको दरले एक बिघा जग्गा किने । ऋण लिएर ८० लाख रुपैयाँ बैनासमेत बुझाइसकेका उनी अस्थायी मुकाम रुपन्देही तोकिएपछि चिन्तामा छन् । यसैगरी जग्गा व्यवसायी सुशान्त वलीसहित पाँच जनाको समूहले घोराहीको […]

वीरगञ्ज आन्दोलनबारे कर्णको टिप्पणी : चुनाव हारेकाहरुको काम छैन

५ माघ, काठमाडौं । राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले प्रदेश राजधानीको माग गर्दै वीरगञ्जमा भइरहेको आन्दोलनको औचित्य नभएको बताएका छन् । शुक्रबार राजधानीमा भएको कार्यक्रममा पर्सा ४ का सांसद समेत रहेका कर्णले भने, ‘अहिले आन्दोलन जरुरी छैन ।’ निर्वाचित संस्था  (प्रदेशसभा) ले आफ्नो काम नै गर्न बाँकी रहेको भन्दै उनले चुनाव हारेकाहरुको काम नभएकाले आन्दोलन […]

डोटीमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौं घाइते

५ माघ, डोटी । प्रदेश ७ को अस्थायी मुकाम माग गर्दै डोटीको सिलगढीमा भएको प्रदर्शनमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । झडपमा दुबैतर्फ गरी तीन दर्शन घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा भइरहेका बेला प्रदर्शनकारीले कार्यालयको सुरक्षाका लागि खटिएका प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले लाठी […]

दाङ र डोटीको आन्दोलनप्रति निर्वाचन आयोगको चासो

५ माघ, काठमाडौं । सरकारले तोकेको अस्थायी मुकामलाई लिएर दाङ र डोटीमा भएको आन्दोलनप्रति निर्वाचन आयोगले चासो व्यक्त गरेको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यक्रमलाई अगाडि बढाउन असर पर्न सक्ने बताएको छ । राष्ट्रियसभा निर्वाचन २४ गतेका लागि तोकिएको छ । त्यसका लागि १० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ […]

पशु निर्देशनालयमा प्रदेश प्रमुख बस्ने

५ माघ विराटनगर । प्रदेश १ को मुकाम विराटनगर तोकिएसँगै प्रदेश प्रमुखको कार्यालय र निवास राख्नका लागि भवन खोजी सुरु भएको छ । नवनियुक्त प्रदेशप्रमुखले शुक्रबार साँझ राष्ट्रपति समक्ष सपथ लिनेछन् । प्रदेश १ को प्रदेश प्रमुखमा डा. गोविन्द सुब्बा नियुक्त भएका छन् । सुब्बाले सपथ लिए लगतै कार्यालय संञ्चालन गर्न कर्मचारी आउनेछन् । प्रदेश […]

देशले प्रधानमन्त्री पाउनुअघि प्रदेशले मुख्यमन्त्री पाउने

४ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभातर्फका समानुपातिक सांसदहरुको नतिजा सार्वजनिक गरेपछि अब प्रदेश सरकार गठनको संवैधानिक प्रक्रिया शुरु भएको छ । राष्ट्रियसभा निर्वाचनपछि मात्र प्रतिनिधिसभाको परिणाम सार्वजनिक हुने भएकाले संघीय सरकारको प्रधानमन्त्री चयन हुनुअघि नै प्रदेश सरकारको मुख्यमन्त्री चयन हुने देखिएको छ । सरकारले प्रदेश प्रमुख र मुकाम तोकेलगत्तै निर्वाचन आयोगले प्रदेशसभाको नतिजा […]

‘आन्दोलन गर्ने वीरगञ्ज, राजधानी पाउने जनकपुर ?’

४ माघ, वीरगञ्ज । प्रदेश २ को अस्थायी मुकाम जनकपुर तोकिएको विरोधमा बिहीबार वीरगञ्जमा आह्वान गरिएको बन्दका कारण जनजीवन प्रभावित भएको छ । प्रदर्शनकारीले वीरगञ्ज पथलैया र वीरगञ्ज कलैया सडकखण्डमा ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रादेशिक राजधानीका लागि जारी आन्दोलनमा समर्थन बढ्दै गएको संघर्ष समितिका प्रवक्ता ओमप्रकाश सर्राफले जानकारी दिए । ‘आन्दोलन […]

डोटीमा आन्दोलनकारी र प्रहरीबीच झडप

४ माघ, डोटी । सरकारले प्रदेश नं. ७ को अस्थायी मुकाम धनगढीलाई तोकेको भन्दै सुरु भएको आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ सेल अश्रुग्यास समेत प्रहार गरेको छ । क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउने क्रममा दोहोरो झडप भएको हो । प्रदशर्नकारीले देउवाको […]

डोटीको दिपायल र सिलगढीमा प्रदर्शनकारीले प्रधानमन्त्रीको पुत्ला जलाए

४ माघ, डोटी । प्रदेश ७ को राजधानी कैलाली तोकेको विरोधमा दिपायल र सिलगढीमा प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पु्त्ला जलाएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकले प्रदेश ७ को राजधानी कैलालीको धनगढी तोकेको विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । दिपायलमा जुलुसले नगर परिक्रमा गरी सेती पुलनजिकै पुत्ला जलाएका हुन् । प्रदर्शनकारीले परालको शव बनाई शवयात्रासमेत गरेका […]

अस्थायी राजधानी नतोकेको विरोधमा दाङका सबै दल आन्दोलनमा

४ माघ, दाङ । प्रदेश ५ को अस्थायी मुकाम रुपन्देही तोकेको विरोधमा दाङमा शुरु भएको आन्दोलनको अगुवाई राजनीतिक दलहरुले गर्ने भएका छन् । यसअघि दाङ प्रादेशिक राजधानी सरोकार समितिको अगुवाईमा आन्दोलन भए पनि बिहीबारदेखिको आन्दोलनमा प्रमुख दलहरु नै सहभागी भएका हुन् । बिहीबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले अब आन्दोलनको नेतृत्व प्रमुख दलले लिने निर्णय गरेको […]

अस्थायी मुकाम तोकेपछि राष्ट्रियसभा चुनावमा सुरक्षा चुनौती थपियो : यादव

४ माघ, काठमाडौं । निर्वाचन आयोगले अस्थायी मुकाम तोकिएपछि राष्ट्रियसभा निर्वाचनमा सुरक्षा चुनौती थपिएको ठहर गरेको छ । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रियसभाको निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रशिक्षण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले प्रदेशको अस्थायी मुकाम तोकिएसँगै राष्ट्रिय सभाको निर्वाचनमा सुरक्षा चुनौती थपिएको उल्लेख गर्दै त्यसलाई सहज बनाउन सरकार र राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण गराए […]

डोटीमा कांग्रेसका ३५ नेताले गरे पार्टी छाडेको घोषणा, कार्यालयमा कालोझण्डा

४ माघ, डोटी । प्रदेश ७ को अस्थायी मुकाम कैलाली कायम गरिएको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नेपाली कांग्रेसको पार्टी कार्यालयमा कालो झण्डा राखेका छन् । कांग्रेस नेतृत्वको सरकारले प्रदेश ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकेको विरोधमा पार्टी कार्यालयमा कालो झण्डा राखेका हुन् । आक्रोशित कांग्रेस कार्यकर्ताले पार्टी कार्यालय कब्जाको घोषणा गरेका छन् । सरकारले […]

कांग्रेसले छानेका प्रदेश प्रमुख कम्युनिष्ट सरकारमा अटाउलान् ?

समाचार टिप्पणी ३ माघ, काठमाडौं । प्रदेशसभाको चुनावी परिणामका आधारमा नेपाली कांग्रेसले सातै प्रदेशमा एउटै मुख्यमन्त्री जित्ने सम्भावना छैन । तर, उसले सरकार छाड्ने बेलामा ५ वटा प्रदेशमा आफ्ना कार्यकर्ताहरुलाई प्रदेश प्रमुखमा भर्ती गरेको छ । दुईवटा प्रदेशमा भने राजपा र फोरम नकट व्यक्तिहरुलाई प्रदेश प्रमुख बनाइएको छ । एमाले र माओवादी लगायत वामपन्थी कोटाबाट […]

दाङलाई अस्थायी मुकाम नतोकेकोमा माओवादी नेता महरा आक्रोशित

३ माघ, दाङ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले सरकारले पाँच नं प्रदेशको अस्थायी मुकाम वुटवल तोकेपछि आक्रोश व्यक्त गरेका छन् । प्रदेश ५ को राजधानी दाङ हुनुपर्छ भन्ने लबिङमा रहेका महरा सरकारले रुपन्देहीमा अस्थायी मुकाम आक्रोशित भएका हुन् । महरालेे प्रदेशका अस्थायी राजधानी विवेकसम्मत र सन्तुलित रुपमा तोक्न नसक्नु सरकारको असक्षमता पुष्टि […]

रूपन्देही अस्थायी मुकाम तोकिएपछि दाङमा चर्कियो आन्दोलन

३ माघ, दाङ । सरकारले प्रदेश ५ को अस्थायी मुकाम रूपन्देही तोकेपछि दाङमा आन्दोलन चर्किएको छ । बुधबार विहानैदेखि प्रदर्शन गर्दैै आएका आन्दोलनकारीले सरकारले दिउँसो रुपन्देहीलाई अस्थायी मुकाम तोकेपछि थप आक्रोशित भएका छन् । मन्त्रिपरिषदको निर्णय लगत्तै आन्दोलनकारीले घोराही, तुलसीपुर, लमही लगायतका स्थानमा टायर बालेर विरोध जनाएका छन् । उनीहरुले सरकारले निर्णय नसच्याए दाङबाट आठौं […]

जनकपुर अस्थायी मुकाम तोकिएपछि वीरगञ्जमा टायर बालेर विरोध

३ माघ, वीरगञ्ज । प्रदेश २ को अस्थायी मुकाम जनकपुरलाई तोकेपछि वीरगञ्जमा त्यसको चर्को विरोध शुरु भएको छ । वीरगञ्जको घण्टाघरमा साँझ ६ बजेदेखि नै टायर बालेर वीरगञ्जमा विरोध प्रदर्शन गरिएकाे छ। प्रादेशिक राजधानीका लागि गठित संघर्ष समितिका सह संयोजक राजकुमार गुप्ताको नेतृत्वमा विरोध प्रदर्शन गर्नुका साथै चक्का जाम समेत गरिएको छ । प्रदर्शनकारीहरुले एउटा सरकारी […]

अस्थायी मुकाम तोकिएपछि विराटनगर खुशी, धनकुटा बेखुशी

३ माघ, विराटनगर । प्रदेश १ को अस्थायी मुकाम विराटनगर तोक्ने सरकारी निर्णयको विराटनगरवासीले स्वागत गरेका छन् । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले देशकै पुरानो शहरको पहिचानलाई सरकारले बुझेको प्रतिक्रिया दिए । ‘राजनीतिक र औद्योगिक विकासको जग बसालेको ऐतिहासिक नगरी विराटनरलाई सरकारले चिनेको मैले महसुस गरेको छु’, उनले भने ‘अब विराटनगरले विकासको मुहार फेर्ने आशा […]