Comments Add Comment

आइसोलेसन

List Grid
काठमाडौंमा ३०९ बेडको सामुदायिक आइसोलेसन

१४ जेठ, काठमाडौं। काठमाडौँ महानगरपालिकाले ४५ थान भेन्टिलेटर महानगरपालिका क्षेत्र भित्र र उपत्यकाका विभिन्न ९ अस्पतालहरुलाई उपलब्ध गराइएको जानकारी दिएको छ ।  कोभिड–१९ को संक्रमण बढेसँगै अस्पतालहरुको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गरी संक्रमित नागरिकलाई बचाउने उद्देश्यले ती भेन्टिलेटर विभिन्न अस्पताललाई उपलब्ध गराएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । महानगरपालिकाले चिकित्सा विज्ञान […]

आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री सहयोग

४ जेठ, काठमाडौं । दाङको गढवा गाउँपालिकाले सन्चालन गरेको कोभिड आइसोलेसन सेन्टरलाई आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुले स्वास्थ्य सामग्री र फलफूल सहयोग गरेका छन् । संस्थाका अनुगमन अधिकृत बसन्त कुमार शर्माले गढवास्थित आइसोलेसन सेन्टरमा रहेकाहरुलाई मास्क, सेनिटाइजर, डस्टबिन, गम्छा, साबुन, ब्रस, टुथपेस्ट र फलफूल लगायतका सामग्री सहयोग गरेको बताए । ‘हामी कर्मचारीहरुले व्यक्तिगत खर्च […]

नुवाकोटमा अक्सिजनसहित २२२ शय्याको आइसोलेसन केन्द्र स्थापना

३० वैशाख, नुवाकोट । कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचार गर्न नुवाकोटका सबै स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन केन्द्र स्थापना गरेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बुधबारसम्म जिल्लाका बाह्र स्थानीय तहसहित नेपाली सेनाको नं. १ तालीम गण र त्रिशूली अस्पतालमा गरेर २२२ शय्याको आइसोलेसन सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालका अनुसार जिल्लाका […]

काठमाडौंका ठूला भवनलाई आइसोलेसन केन्द्र बनाउँछौं : उपप्रधानमन्त्री पोखरेल

२८ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंमा उपलब्ध ठूला भवनलाई आइसोलेसन केन्द्रका रुपमा सञ्चालन गर्ने बताएका छन् । वसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’को मंगलबार निरीक्षण गर्दै कोभिङ–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेलले काठमाडौंका ठूला भवनलाई आइसोलेसन केन्द्र बनाउने बताएका हुन् । काठमाडौं उपलब्ध ठूला भवनलाई आइसोलेसन […]

सिन्धुपाल्चोकका सबै पालिकामा आइसोलेसन कक्ष तयार

२८ वैशाख, चौतारा । कोभिड–१९ को दोस्रो लहर सुरु भई संक्रमितको संख्या दैनिक वृद्धि हुँदै गएपछि सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहमा आइसोलेसन कक्ष तयार गरिएको छ । चौतारामा २५ वटा अक्सिजनसहित २६ बेड, बाह्रबिसेमा १० र मेलम्चीमा १२ बेडको आइसोलेसन कक्ष तयार भइसकेको जनाइएको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंका अनुसार ९० वटा अक्सिजन […]

वीरगञ्ज महानगरले तयार पार्‍यो अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर

२४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले एक सय बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी पूरा गरेको छ । एक सय बेडको अस्पतालसँगै एक सय बेडको आइसोलेसन सेन्टर शुक्रबारदेखि सञ्चालन गर्ने तयारी महानगरपालिकाको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले महानगरले उपयुक्त स्थानमा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्ने […]

नेवाः ग्वाहलि पुचःले आइसोलेसन सञ्चालन गर्दै

२१ वैशाख, काठमाडौं । सम्पदा संरक्षणका लागि काम गर्दै आइरहेको नेवाः ग्वाहलि पुचः (सम्पदा संरक्षण महाअभियान)ले बिहीबारदेखि आइसोलेसन वार्ड सञ्चालन गर्ने तयारी गरेको छ । काठमाडौंको सामाखुसीस्थित बुलन्द सिद्धि अस्पताल (डायलोसिस अस्पताल) मा २० बेडको आइसोलेसन वार्ड तयार गरी सञ्चालनमा ल्याउन लागेको महाअभियानका संयोजक यादवलाल कायस्थले जानकारी दिए । कोरोनाबाट संक्रमित भई आइसोलेसन बस्नकै लागि […]

गुल्मीदरबार गाउँपालिकामा अक्सिजनसहित ५ बेडको आइसोलेसन

१९ वैशाख, गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले ५ बेडको अक्सिजनसहितको आइसोलेसन स्थापना गरेको छ  । कोरोना भाइरसको नयाँ भेरियन्टका साथ संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको अवस्थालाई मध्यनजर राखेर आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । आवश्यक परेमा १० बेडको आइसोलेसन बनाउने तयारी भइरहेको उनले बताए । गाउँपालिकले अस्थायी […]

वीरगञ्जस्थित होटल विजय ज्योतीमा आइसोलेसन सञ्चालन

१९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितका लागि पेड होटेल क्वारेन्टिन/आइसोलेसन सेवा शुरु गरिएको छ । संक्रमण पुष्टि भएपछि घर–परिवार भन्दा टाढा बस्न चाहाने वा छुट्टै बस्ने सुविधा नभएकाहरुलाई लक्षित गरेर आइसोलेसन सेवा शुरु गरिएको हो । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास छेउको होटल विजय ज्योती प्रालि पेड क्वारेन्टिन/आइसोलेसन सेवा दिन तयार भएको छ । होटलमा […]

नेपाल इन्जिनियरिङ कलेजमा ४३ बेडको आइसोलेसन सेन्टर

१८ वैशाख, काठमाडौं । भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजमा ४३ बेडको आइसोलेसन सेन्टर तयार भएको छ । चाँगुनारायण नगरपालिकाको निर्णयअनुसार बेडहरु तयार पारिएको कलेजका मनोहर खनालले बताए । उनकाअनुसार बेडहरु भवन विभागले उपलब्ध गराएको हो भने स्यानिटाइजरलगायत कलेजले उपलब्ध गराउनेछ । कलेजमा १०० बेडको आइसोलेसन सेन्टर बनाउने भनिएको छ । आवश्यकताअनुसार बेड थप गर्दै लगिनेछ […]

गृह मन्त्रालयले थाल्यो क्वारेन्टिन र आइसोलेसनको विवरण संकलन

११ चैत, काठमाडौं । गृह मन्त्रालयले देशभरिका क्वारेन्टिन र आइसोलेसन सेन्टरको अवस्थाबारे विवरण संकलन गर्न थालेको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला फेरि क्वारेन्टिन र आइसोलेसन आवश्यक पर्न सक्ने भन्दै विवरण संकलन थालेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले ७७ वटै जिल्लाका क्वारेन्टिन र आइसोलेसन सेन्टरबारे विवरण अपडेट गराउन परिपत्र […]

काठमाडौंका मेयरले सांसदलाई ढाँटे

२४ कात्तिक, काठमाडौं । सरकारले कोरोना परीक्षण निःशुल्क नगर्ने निर्णय गरेको एक महिना पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २६ असोजमा ‘विपन्न, अशक्त र असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, ७० वर्ष नाघेका जेष्ठ नागरिक, अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण देखिए मात्र निःशुल्क परीक्षण गर्ने भनेपछि काठमाडौं […]

पालुङटारले तयार पार्‍यो २० बेडको आइसोलेसन

२९ असोज, गोरखा । गोरखाको पालुङटार नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि २० वेड क्षमताको आइसोलेसन वार्ड तयार गरेको छ । वडा नम्वर-४ मालतीगैरामा रहेको सुदर्शन आधारभूत विद्यालय भवनमा आइसोलेसन वार्ड तयार गरिएको हो । विद्यालय सञ्चालनका लागि अर्काे भवन निर्माण भइरहेका कारण उक्त भवनमा आइसोलेसन वार्ड बनाइएको नगरपालिकाका कोरोना फोकल पर्सन दीपेन्द्र गिरीले बताए । ‘अहिले नगरपालिकाका […]

आइसोलेसनमा प्राकृतिक चिकित्सा तथा योग

राति अबेरसम्म बसेर खाना खाने र बिहान समेत छिट्टै खाना खाने चलनको इतिहास पनि त्यति लामो छैन । स्वास्थ्यलाई दृष्टिगत गर्दै साँझ सूर्यास्तअघि खाना खाइसक्ने र बिहान सूर्याेदयपछि मात्रै खाना खाने चलन हाम्रा पूर्वजहरूले पहिलेदेखि नै चलाएका थिए । भरतपुर–१ वागेश्वरी चितवनस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा गत भदौ महिनादेखि कोरोना संक्रमितको लागि आइसोलेसन […]

होम आइसोलेसनमा रहेका संक्रमितको मृत्यु

२४ असोज, काठमाडौं । कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका चितवनका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो । क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते […]

होम आइसोलेसनमा बस्न बाध्य गर्भवतीलाई अस्पताल लगियो

१२ असोज, वीरगञ्ज । नेशनल मेडिकल कलेजले भर्ना गर्न नमानेपछि अक्सिजन लगाएर होम आइसोलेसनमा बस्न बाध्य २६ वर्षीया गर्भवतीलाई आज नारायणी अस्पताल लगिएको छ । कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि उनलाई अस्पताल लगिएको हो । कोरोना संक्रमित भएकै कारण नेशनल मेडिकल कलेज कोरोना अस्थायी अस्पतालले भर्ना गर्न नमानेपछि गर्भवती घरमै थिइन् । सोमबार बिहानै […]

आइसोलेसन व्यवस्थापनको जिम्मा स्थानीय तहलाई

४ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसन व्यवस्थापनको जिम्मा स्थानीय तहलाई छाडेको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार अस्पतालहरुमा लक्षण भएका कोरोना संक्रमितहरुलाई मात्र राखिनेछ । लक्षण नभएकाहरु संस्थागत वा होम आइसोलेसनमा राख्नुपर्छ । र, आइसोलेसन व्यवस्थापन स्थानीय तहले गर्नुपर्ने प्रवक्ता गौतमले बताए । संस्थागत आइसोलेसनमा बसेकाहरुलाई १४ दिनमा अनिवार्य […]

धनगढीको सरकारी आइसोलेसनमा ३६ जना मात्रै, १२१ संक्रमित कहाँ छन् ?

२७ भदौ कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा तयार गरेको आइसोलेसनका शय्याहरु खाली जस्तै छन् । ठूलो संख्यामा संक्रमितहरू सरकारी आइसोलेसनमा छैनन् । अहिले धनगढी उपमहानगरपालिकामा १५७ जना सक्रिय संक्रमित छन् । तर, उनीहरु सरकारी आइसोलेसनभन्दा बढी घरमै बसिरहेका छन् । आइसोलेसनभन्दा घरमा धेरै संक्रमितहरु रहेकाले जिल्लामा कोरोना संक्रमण फैलिने हो कि भन्ने चिन्ता स्वास्थ्य अधिकारीहरुलाई […]

संक्रमितलाई सडकमा बान्ता गराउँदै आइसोलेसनमा लगिएपछि विरोध

२५ भदौ, गोरखा । कोरोना संक्रमितलाई एम्बुलेन्समा राखेर आइसोलेसनमा लैजाने क्रममा चरम लापरवाही गरेको भन्दै गोरखा नगरपालिका–७ बतासेका बासिन्दाले विरोध जनाएका छन् । संक्रमितलाई एम्बुलेन्समा राखेर सडकमा बान्ता गराउँदै लगेको भन्दै स्थानीयले विरोध जनाएका हुन् । सोही बस्ती हुँदै गोरखा क्याम्पसको आइसोलेसनमा संक्रमितलाई लगिन्छ । तर संक्रमित ओसारपसारमा लापरवाही भएको स्थानीयको भनाइ छ । बुधवार […]

कोरोनाले दलहरु पनि ‘आइसोलेसन’मा, कसैलाई चुनावको चिन्ता कसैलाई राजतन्त्रको

२४ भदौ, काठमाडौं । यतिबेला सिंगै देशको ध्यान कोरोना महामारीमा एकत्रित छ । सत्तारुढ दलको बारम्बार प्रकट हुने किचलो बिर्सने हो भने अहिले राजनीतिक दलहरु एक प्रकारले ‘आइसोलेसन’ कै अवस्थामा छन् । चुनाव आउन अझै अढाई वर्ष बाँकी नै भएकाले दलहरुलाई जनताबीच जान कुनै आतुरी पनि छैन । त्यसो त चुनाव आउँदा मात्रै गाउँ पस्ने […]

‘आइसोलेसन’ले वृद्धवृद्धाको स्वास्थ्यमा असर गरिरहेको छ ? 

कोरोना भाइरसको महामारी सुरुभएसँगै यसको जोखिममा वृद्धवृद्धा र दीर्घरोगीहरु रहेको भन्दै उनीहरूलाई सचेत हुन आग्रह गरियो । अहिलेसम्म पनि अत्यावश्यक काममा पनि सकेसम्म घरका अन्य सदस्यलाई पठाउने र लगभग बाहिर निस्कन स्वयंप्रतिबन्ध नै लगाएर बसेका छन् जोखिम समूहका व्यक्तिहरू । यही प्रतिबन्धका कारण हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमण हुने ६० वर्षमाथिका व्यक्तिहरूको संख्या न्यून छ […]