Comments Add Comment

आइसोलेसन सेन्टर

List Grid
इटहरीका दुई आइसोलेसन सेन्टरलाई उद्योगपति घिमिरेको सहयोग

२५ जेठ, काठमाडौं । सुनसरीको इटहरीमा स्थापना गरिएका दुईवटा आइसोलेसन सेन्टरलाई एसजी अर्गनाइजेसले अक्सिजनसहितका स्वास्थ्य सामग्री प्रदान गरेको छ । इटहरीस्थित कोभिड रिलिफ एन्ड आइसोलेसन सेन्टरलाई मंगलबार अर्गनाइजेसनका अध्यक्ष शिव घिमिरेले स्वास्थ्य सामग्री हस्तान्तरण गरे । अर्गनाइजेसनले ११ थान अक्सिजन ग्यास, अक्सिमिटर, ५०० थान सर्जिकल मास्क, रेगुलेटरसहितका स्वास्थ सामग्री प्रदान गरेको आइसोलेसन सेन्टरका संयोजक भीम […]

संक्रमितको मनोबल बढाउन आइसोलेसन सेन्टरमा नाचगान (फोटो फिचर)

२२ जेठ, काठमाडौं । कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टरमा कोरोना संक्रमित बिरामीको मनोबल बढाउन स्वास्थ्यकर्मीहरुले नाचगान गरेर रमाइलो गराउने गरेका छन् । संक्रमित भएका बिरामीहरु मानसिक रुपमा कमजोर हुने भएकाले उनीहरुलाई म्युजिक थेरापीको माध्यमबाट मनोबल बढाउन सहयोग गरेको स्वास्थ्यकर्मीहरुले बताए । नाचगानमा सहभागी हुँदा कोरोनाका बिरामीहरु पनि खुशी देखिन्थे । हेर्नुहोस् तस्वीरहरु  

आइसोलेसन सेन्टरलाई रोटरी क्लबको सहयोग

१७ जेठ, काठमाडौं । काठमाडौंको तिलगंगास्थित शारदा माविमा बनाइएको आइसोलेसन सेन्टरलाई रोटरी क्लबले सहयोग गरेको छ । काठमाडौं महानगरपालिका–९, मात्रिका आँखा केन्द्र र स्थानीय युथ क्लबको सहयोगमा उक्त आइसोलेसन सेन्टर बनाइएको हो । रोटरी क्लबको विभिन्न शाखाले समग्रमा २९ बेड बराबर हुन आउने रकम ४ लाख ३० हजार रुपैयाँ सहयोग गरेको हो । जसमध्ये बानेश्वर […]

ठोरीमा २० बेडको आइसोलेसन सेन्टर तयार

५ जेठ, वीरगञ्ज। कोभिड–१९ संक्रमितको उपचारका लागि पर्साको ठोरी गाउँपालिकाले २० बेडको आइसोलेसन सेन्टर तयार पारेको छ । घ्याँङडाँडा स्थित गुम्बाको भवनमा अक्सिजन सेवासहित २० बेडको आइसोलेसन सेन्टर तयार पारिएको गाउँपालिका कार्यालयले जनाएको छ । कोरोना संक्रमण ठोरी गाउँपालिकामा पनि फैलन सक्ने भएकोले आवश्यक तयारी गरिएको गाउँपालिका अध्यक्ष पदमलाल (पीएल) श्रेष्ठ जानकारी दिए । ‘गाउँमा […]

मारवाडी सेवा समितिले बनायो गौशालामा निःशुल्क आइसोलेसन केन्द्र

५ जेठ, काठमाडौं । मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा निःशुल्क आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा अक्सिजनसहितको ५१ बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो । आइसोलेसन केन्द्रको बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभारम्भ गरे । उनले तीन सय बेडसम्म सञ्चालन गर्न सकिने यो आइसोलेसनलाई पूर्ण रुपमा सञ्चालन गर्न कोभिड–१९ संकट व्यवस्थापन […]

इटहरीमा अक्सिजनसहित २५ बेडको आइसोलेसन बन्ने

२७ वैशाख, काठमाडौं । सुनसरीको इटहरीमा अक्सिजनसहितको २५ बेडसहित ४० बेडको आइसोलेसन केन्द्र बन्ने भएको छ । इटहरी उपमहानगरपालिका–१० मा रहेको पिपुल्स मल्टिपल हेल्थ इन्टिच्युटको भवनमा उक्त आइसोलेसन केन्द्र तयार गरिने भएको हो । विपन्न तथा डेरामा बस्ने कोरोना संक्रमितलाई लक्षित गरी उद्योग वाणिज्य संघ इटहरीको अगुवाइमा युवा उद्यमी मञ्च सुनसरी र नेपाल प्रेस युनियन […]

पर्साको छिपहरमाई गाउँपालिकामा १५ बेडको आइसोलेसन सेन्टर

२४ वैशाख, वीरगञ्‍ज। पर्साको छिपहरमाई गाउँपालिकाले १५ बेडको आइसोलेसन सेन्टर तयार पारेको छ । २४ अ‍ै घण्टा एमबीबीएस डाक्टरसहितको सेवा दिने गरि आइसोलेसन सेन्टर तयार पारेको हो । सेन्टरमा २ जना स्टाफ नर्स, २ जना स्वीपर, कार्यालय सहयोगी र गार्ड १÷१ जना खटाइएको छ । फिभर क्लिनिक सहित छिपहरमाई-२ सेढवामा १५ बेडको आइसोलेसन सञ्चालन गरिएको […]

खरिपाटीको विद्युत तालिम केन्द्रमा ‘आइसोलेसन सेन्टर’ बनाउन प्रस्ताव

२३ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रमा कोभिड-१९बाट संक्रमितहरुको उपचारका लागि ‘आइसोलेसन सेन्टर’ निर्माणका लागि सरकार समक्ष प्रस्ताव गरेको छ । सरकारले गत वर्ष कोरोना भाइरसको संक्रमण फैलिएको चीनको हुबेइ प्रान्तबाट नेपालीहरुलाई स्वदेश फर्काएर प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रलाई क्वारेन्टाइन बनाएर १४ दिनसम्म त्यहाँ राखेको थियो । तालिम केन्द्रको पूर्वाधारलाई मुलुकलाई आवश्यक […]

ललितपुरको च्यासलमा बन्यो अक्सिजनसहितको आइसोलेसन सेन्टर

१९ वैशाख, ललितपुर । ललितपुरको च्यासलका स्थानीयले अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरेका छन् । स्थानीयवासीका लागि च्यासल टोल सुधार समिति, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कलको सक्रियतामा पाँच बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरिएको हो । कोरोनाबाट संक्रमित हुने स्थानीय बासिन्दाका लागि आइसोलेसन सेन्टर तयार गरिएको च्यासल टोल सुधार समितिका अध्यक्ष श्याम व्यञ्जनकारले […]

मकवानपुरमा स्थानीय तहका आइसोलेसन सेन्टरलाई सुचारु गरिने

१४ वैशाख, हेटौंडा । मकवानपुरका स्थानीय तहहरुले गत वर्षमा सञ्चालन गरेका आइसोलेसन सेन्टरहरुलाई पुनः सञ्चालन गरिने भएको छ । जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मकवानपुरको बैठकले गत वर्ष पालिका तथा अस्पतालहरुले सञ्चालन गरेको आइसोलेसनलाई पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकपछि हेटौंडा उपमहानगरपालिका, थाहा […]

राजविराजको आइसोलेसनमा कुटाकुट

२७ भदौ, सप्तरी । राजविराजस्थित आइसोलेसन केन्द्रमा कोरोना संक्रमित व्यक्ति र खाना खुवाउने पक्षबीच विवाद र कुटाकुट भएको छ । कोरोना संक्रमितलाई राख्नका लागि गजेन्द्रनारायण सिंह अस्पताल अन्तर्गत साइकृणा मेडिकल कलेजको भवनमा आइसोलेसन बनाइएको छ । आइसोलेसन केन्द्रमा शनिबार बिहान संक्रमित र खाना खुवाउने व्यक्तिबीच विवाद भएको हो । त्यस क्रममा केही संक्रमितले बाहिर राखिएका […]

आइसोलेसन सेन्टर बन्यो, संक्रमित चाहिँ घरमै

२० भदौ, रौतहट । होम आइसोलेसन हटाउन देवाहीगोनाही नगरपालिकामा जय किसान पोलिटेक्निकल क्याम्पसमा २६० बेडको आइसोलेसन सेन्टर बनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र  संयक्त निर्णय अनुसार भदौ पहिलो साता क्याम्पस भवनमा जिल्लाकै ठूलो र व्यवस्थित आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको थियो । आइसोलेसन सेन्टर बनाउन वृन्दावन नगरपालिकाले ३०० […]

बल्ल आइसोलेसन सेन्टर बनाउन जुटे चितवनका स्थानीय तह

६ भदौ, चितवन । कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि चितवनका  स्थानीय तहले धमाधम आइसोलेसन वेड बनाउन शुरुआत गरेका छन् । कोरोनाको  लक्षण नदेखिएका बिरामी राख्न आइसोलेसन स्थल बनाउन थालेका हुन् । भरतपुर महानगरपालिकाले योगी नरहरीनाथ आश्रम परिसरमा रहेको प्राकृतिक चिकित्सालयमा अगामी आइतबारदेखि सञ्चालन गर्ने गरी आइसोलेसन तयार गर्दैछ । मेयर रेनु दाहालले आश्रम भित्रको प्राकृतिक चिकित्सालयमा […]

निजी मेडिकल कलेजहरूमा आइसोलेसन सेन्टर बनाउने निर्णय

३२ जेठ, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)ले निजी मेडिकल कलेजहरुलाई आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ । सीसीएमसी निर्देशक समितिको पछिल्लो बैठकले प्रदेशहरुमा सञ्चालित मेडिकल कलेज र सरकारी आवासीय भवनमा आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरेको हो । त्यहाँ राखिने संक्रमितहरुको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्नेछ । साथै सेवा शुल्क पनि तोक्ने सीसीएमसीको निर्णय […]