Comments Add Comment

आङ साङ सुकी

List Grid
म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीविरुद्ध भ्रष्टाचारसम्बन्धी गम्भीर मुद्दा

२८ जेठ, काठमाडौं । म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीमाथि भ्रष्टाचारम्बन्धी गम्भीर मुद्दा चलाएको छ । सुकीले घुसको रुपमा सुन तथा पैसा लिएको आरोप लगाइएको छ । यो सुकीमाथि लगाइएको अहिलेसम्मकै सबैभन्दा गम्भीर आरोप हो । यो आरोपमा उनलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्छ । सुकीले अन्य ६ मुद्दाहरुको सामना गरिरहेकी छिन् । […]

नेतृ सुकी स्वस्थ रहेको म्यानमार सेनाको दाबी

९ जेठ, काठमाडौं । म्यानमारको सेनाका प्रमुख मिन औङ हलिङले प्रजातन्त्रवादी नेतृ आङ सान सुकी स्वस्थ रहेको बताएका छन् । गत फेब्रुअरी महिनामा निर्वाचित सरकारलाई हटाउँदै कू गरेयता पहिलोपटक सेनाका प्रमुखले अन्तर्वार्ता दिएका हुन् । उनले अबको केही दिनमा सुकीलाई अदालतमा पेश गरिने बताएका छन् । सुकी अहिले म्यानमारमा नजरबन्दमा छिन् र सेनाले सत्ता कब्जा […]

सुकीमाथि गोपनीयतासम्बन्धी कानुन उल्लंघनको अभियोग

२० चैत, काठमाडौं । म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीमाथि गोपनीयतासम्बन्धी कानुन उल्लंघनको अभियोग लगाएको छ । सेनाले सुकीमाथि लगाएको यो अहिलेसम्मकै गम्भीर अभियोग मानिएको छ । फेब्रुअरी १ मा सेनाले शासन हातमा लिएपछि पक्राउ परेकी सुकीलाई  सैनिक सरकारले विभिन्न अभियोग थप्दै मुद्दा चलाउँदै आएको छ, उनलाई कहाँ राखिएको छ भन्ने पनि खुलाइएको छैन […]

म्यानमार : सेनाले लगायो सुकीमाथि घुस लिएको आरोप

२७ फागुन, काठमाडौं । म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीमाथि ६ लाख अमेरिकी डलर बराबरको रकम र सुन अवैधरुपमा लिएको आरोप लगाएको छ । गत फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि सुकीमाथि सबैभन्दा ठूलो आरोप लगाइएको हो । यद्यपि सेनाले यस विषयमा कुनै पनि प्रमाण भने दिएको छैन । त्यस्तै राष्ट्रपति विन […]

म्यानमारमा सुकीमाथि चलाइयो नयाँ मुद्दा

१७ फागुन, काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीविरुद्ध नयाँ मुद्दा चलाइएको छ । सोमबार भिडियो लिंकमार्फत् अदालतमा उपस्थित भएकी सुकीलाई अतिरिक्त फौजदारी मुद्दा लगाइएको हो । म्यानमारमा सेनाले गरेको कूको विरुद्धमा निरन्तर आन्दोलन भइरहेको अवस्थामा प्रजातन्त्रवादी नेतृमाथि अतिरिक्त मुद्दा चलाइएको हो । यसअघि सोमबार म्यानमारमा भएको आन्दोलनमा प्रहरीको गोली लागी १८ प्रदर्शनकारीको ज्यान […]

हिरासतमा रहेकी म्यानमारकी नेतृमाथि मुद्दा दायर

२१ माघ, काठमाडौं । म्यानमारमा हिरासतमा लिइएकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीमाथि म्यानमार प्रहरीले मुद्दा दायर गरेको छ । सोमबार सैन्य कू भएपछि हिरासतमा लिइएकी नेतृमाथि बुधबार प्रहरीले मुद्दा दायर भएको हो । म्यानमारको प्रहरीको कागजातअनुसार सुकीलाई १५ फेब्रुअरीसम्मका लागि हिरासतको म्याद थपिएको छ । सुकीमाथि दायर गरिएको मुद्दामा उनले आयात/निर्यातको कानुन उल्लंघन गरेको तथा […]

सुकीको नियति : प्रजातान्त्रिक छवि गुम्यो, सेनाले धोका दियो

२० माघ, काठमाडौं । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीले मुलुकमा प्रजातन्त्र पुनर्स्थापित गर्नेमा लामो समयसम्म सैनिक शासन झेलेका म्यानमारका जनता आशावादी थिए । देशभित्र मात्र होइन, अन्तर्राष्ट्रियरुपमा नै उनले प्रजातन्त्रवादी नेतृको पहिचान बनाएकी थिइन् । लामो समयसम्म देशमा प्रजातन्त्र ल्याउन संघर्ष गरेकी उनीप्रति अन्तर्राष्ट्रिय सहयोग, समर्थन र सद्भाव पनि उत्तिकै थियो । सन् २०१५ मा […]

आङ साङ सुकीको उतारचढावपूर्ण राजनीतिक यात्रा

२० माघ, काठमाडौं । म्यानमारमा सोमबार ‘कू’ गर्दै सेनाले शासन आफ्नो हातमा लिएको छ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई पनि सेनाले हिरासतमा लिएको छ । यससँगै अन्तर्राष्ट्रिय समुदायले म्यानमारको सेनाको विरोध गरिरहेका छन् । यहाँ उनै प्रजातन्त्रवादी नेतृ सुकीको उतारचढावपूर्ण राजनीतिक यात्राबारे वर्णन गरिएको छ – आङ साङ सुकीको जन्म सन् १९४५ मा […]

म्यानमारमा भएको सैन्य ‘कू’को विश्वभर निन्दा

१९ माघ, काठमाडौं । म्यानमारमा सेनाले गरेको ‘कू’ को विश्वभर निन्दा भएको छ । संयुक्त राष्ट्र संघ, अमेरिका, भारत लगायतका लोकतान्त्रिक मुलुकहरूले सेनालाई कदम सच्याउन आग्रह गरिरहेका छन् । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई हिरासतमा लिई गरिएको ‘कू’को विरोध गर्दै अमेरिकाले निर्वाचनको नतिजामा असर पार्ने र प्रजातान्त्रिक परिवर्तनमा अवरोध सिर्जना गर्ने किसिमका जुनसुकै कार्यको विरोध […]

म्यानमारकी नेतृ सुकी सेनाद्वारा गिरफ्तार

१९ माघ, काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले हिरासतमा लिएको छ । यो जानकारी सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका प्रवक्ताले वक्तव्य जारी गर्दै जानकारी दिएका हुन् । केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाका बीच सुकीलाई सेनाले हिरासतमा लिएको बीबीसीले जनाएको छ । गत नोभेम्बर महिनामा भएको […]

स्वदेश फर्किइन् सुकी

१६ फागुन, काठमाडौं । म्यानमारकी नेतृ आङ सान सुकी आइतबार बिहान स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले विदाई गरे । सुकी काठमाडौंमा आयोजित एसिया प्यासिफिक सम्मेलनमा भाग लिन यही मंसिर १३ गते नेपाल आएकी थिइन् । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरेकी थिइन् । भृकुटीमण्डपमा आयोजित […]

के आङ साङ सुकीको लोकप्रियता घटेको हो ?

१२ मंसिर, काठमाडौं । म्यानमारकी चर्चित प्रजातन्त्रवादी नेतृआङ सान सुकी बिहीबार काठमाडौं ओर्लिइन् । नेपाल आउँदा उनको पक्षमा विगतमा जस्तो यहाँ समर्थनका आवाजहरु खासै गुञ्जिएको सुनिएन, जसले उनको विगतको लोकपि्रयता घट्दै गएको महसुस गराएको छ । आफ्नो तीन दिने भ्रमणका क्रममा उनले महत्वपूर्ण राजनीतिक भेटवार्ताहरु गर्ने जनाइएको छ । खासमा उनी काठमाडौंमा मंसिर १४ देखि […]

के आङ साङ सुकीको लोकप्रियता घटेको हो ?

१३ मंसिर, काठमाडौं । म्यानमारकी चर्चित प्रजातन्त्रवादी नेतृआङ सान सुकी बिहीबार काठमाडौं ओर्लिइन् । नेपाल आउँदा उनको पक्षमा विगतमा जस्तो यहाँ समर्थनका आवाजहरु खासै गुञ्जिएको सुनिएन, जसले उनको विगतको लोकपि्रयता घट्दै गएको महसुस गराएको छ । आफ्नो तीन दिने भ्रमणका क्रममा उनले महत्वपूर्ण राजनीतिक भेटवार्ताहरु गर्ने जनाइएको छ । खासमा उनी काठमाडौंमा मंसिर १४ देखि […]