Comments Add Comment

ओनसरी घर्ती

List Grid
बादल र टोपबहादुरलाई पूर्वसभामुखको चेतावनी : जनताले गद्दारहरुको प्रतिकार गर्नेछन्

१५ माघ, बुटवल । केपी ओली नेतृत्वको कामचलाऊ सरकारको नेतृत्वमा मन्त्री खाइरहेका पूर्वमाओवादीका नेताहरु पूर्वमाओवादी नेताको आक्रमणको तारो बनेका छन् । बुटवलमा विहीबार आयोजित जनसभामा उनीहरुलाई आफ्नै पूर्वसहकर्मीहरुले ‘गद्दार’ एवं ‘केपी ओलीका दास’ को संज्ञा दिए । पूर्वसभामुख ओनसरी घर्तीले गृहमन्त्री रामबहादुर थापा बादल र मन्त्रीहरु टोपबहादुर रायमाझी, मणि थापालाई गद्दार भएर जन्मिएको भन्दै जनताले […]

सभामुख घर्तीले शीर्ष नेतासँग छलफल गर्दै

१० असोज, काठमाडौं । सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेतासहित प्रमुख सचेतकसँग छलफल गर्दैछिन् । विभिन्न संसदीय समिति गठन तथा सभापतिको चयनका लागि सभामुखले सचेतकसहित शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् । तीन दलका शीर्ष नेता र मुख्य सचेतकसँग गठन हुन नसकेका तीनवटा समिति र सभापति बिहीन दुईवटा समितिका बारेमा छलफल गर्न बैठक आहृवान […]

सभामुखमार्फत नयाँ सरकार गठनको सम्भावना छैनः संसद सचिवालय

९ साउन, काठमाडौं । सभामुखबाटै नयाँ सरकार गठनको आहृवान गरेर अघि बढ्न सक्ने विकल्पलाई व्यवस्थापिका संसदले अस्वीकार गरेको छ । नयाँ सरकार निर्माणमा राष्ट्रपतिबाट ‘टाइम वाइङ’ हुन सक्ने भन्दै कांग्रेस र माओवादीका केही नेताले सभामुख ओनसरी घर्तीबाटै सरकार निर्माणका लागि आहृवान गर्नुपर्ने बताएका छन् । तर, संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले यो विकल्प सम्भव नभएको […]

सभामुखको पहलमा तीन दलबीच सहमतिको प्रयास

६ साउन, काठमाडौं । संसदको कार्यसूचीमा सहमति जुटाउन सभामुख ओनसरी घर्तीमगरले अहिले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछिन् । संसद बैठकको निर्धारित समयभन्दा केही घण्टाअघि सभामुखले अन्तिम प्रयासका लागि तीनै शीर्ष नेतालाई छलफलका लागि बोलाइएकी हुन् । विहान ९ बजे बोलाइएको बैठकमा १० बजे  माओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति […]

सहमतिको वातावरण बनाउन सभामुख घर्तीको प्रचण्डलाई आग्रह

५ साउन, काठमाडौं । सभामुख ओनसरी घर्तीले राजनीतिक सहमतिको बातावरण बनाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आग्रह गरेकी छिन् । बिहानै प्रचण्ड निवास पुगेकी सभामुख घर्ती र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमतिमा संसदका गतिविधि अघि बढाउने विषयमा छलफल भएको छ । भेटमा सभामुख घर्तीले दलीय सहमति भएमा सोही अनुसार संसदको कार्यसूची तय गर्न आफू तयार बताउँदै […]

सभामुखलाई प्रधानमन्त्रीको प्रश्न- म अल्पमतमा परेको कसरी थाहा भो ?

४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख ओनसरी घर्तीलाई आफ्नै निवासमा बोलाएर संसदमा मतदान नै नभई सरकार कसरी अल्पमतमा पर्‍यो भन्ने प्रश्न गरेका छन् । कांग्रेस सभापति शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बोलाएर अविश्वास वा राजिनामाको विकल्प रोज्न चुनौति दिएको भोलिपल्टै ओलीले सभामुखलाई बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहान ९ […]

दलहरुलाई एकता प्रदर्शन गर्न सभामुख घर्तीको अपिल

१६ असार, काठमाडौं । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि दलहरुलाई एकठाउँमा उँभिन अपिल गरेकी छन् । दलहरुबीच एकता नभएसम्म स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन हुन नसक्ने उनको भनाइ छ । पूर्व सांसद मञ्चले ५८ औं संसद दिवसका अवसरमा बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा सभामुख घर्तीले दलहरुको एकताबिना संविधान कार्यान्वयन हुन नसक्ने चेतावनी दिइन् । […]

सभामुख घर्तीको पत्थरीको सफल शल्यक्रिया

३ जेठ, काठमाडौं । सभामुख ओनसरी घर्तीको पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालका डा. डिभी कार्कीले सोमबार सभामुख घर्तीको पित्त थैलीमा रहेको पत्थरीको सफल शल्यक्रिया गरेका हुन् । पत्थरीको आकार बढ्दै गएपछि केही दिन यता सभामुख अस्वस्थ भएकी थिइन् । सोमबार बिहान अस्पताल भर्ना भएकी सभामुख घर्तीलाई […]

सुनुवाई समिति गठनका लागि दलहरुबीच छलफल, सहमति जुटेन

१९ वैशाख, काठमाडौं । सभामुख ओनसरी घर्तीले संसदीय सुनुवाइ विशेष समिति गठनका लागि सहमति जुटाउन प्रमुख तीन दलका शिर्ष नेतासँग सामूहिक छलफल गरेकी छन् । सभामुख घर्तीले सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई आइतबार सिंहदरबारस्थित आफ्नै  कार्यकक्षमा बोलाएर संसदीय […]

सभामुख घर्तीलाई रसिया भ्रमणको निम्तो

१५ वैशाख, काठमाडौं । सभामुख ओनसरी घर्ती र नेपालका लागि रसियन राजदूत आन्द्रेइ सेर्गीविच बडनेकबीच भेटवार्ता भएको छ । भेटघाटका क्रममा राजदूतले नेपालको संविधानको स्वागत गर्दै संविधान मार्फत स्थायीत्व हासिल गर्दै विकास निर्माणमा जुट्न आग्रह गरेका छन् । उनले नेपाल र रसिया विचको कुटनीतिक सम्वन्धको ६० वर्ष पुगेको अवसरमा सभामुखको नेतृत्वमा भ्रमणको लागि रसियाको अप्पर […]