Comments Add Comment

कराँते

List Grid
लकडाउन डायरी : यस्तो छ कराँते खेलाडी अनु अधिकारीको दैनिकी

२२ चैत, काठमाडौं । नेपाल मात्र होइन कोरोना भाइरसले सारा विश्वलाई नै असर गरेको छ । नेपाल अहिले लकडाउनमा छ । हामी खेलाडीहरुको काम तालिम गर्ने, खेल्ने हो । तर अहिले लकडाउनले गर्दा घरमै बस्न बाध्य छौं । म ओलम्पिक छनोटको तयारीमा पनि थिएँ । त्यो पनि कोरोनाले अर्को वर्षलाई सरेको छ । अहिले मेरो […]

गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराँते पोखरामा

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२०, सचिवालयसँगको सहकार्यमा नेपाल सितोरियो कराँते डो संघले प्रथम गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप पोखरामा गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हुन लागेको प्रतियोगिता मार्च ५ देखि ९ तारिखसम्म हुने शुक्रबार केशरमहलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजीव थापाले जानकारी गराए । करिब ३० राष्ट्रबाट […]

एसिया कप कराँतेमा रौतहटलाई स्वर्णसहित ४ पदक

काठमाडााैं । मुम्बईमा जारी एसिया कप कराँते च्याम्पियनसिपमा रौतहटका खेलाडीले चार पदक हात पारेका छन् । प्रतियोगितामा सहभागी दुई खेलाडीले एक स्वर्ण, दुई रजत र एक कांस्यसहित चार पदक हात पारेका हुन् । महिलातर्फ ४५ किलो तौल समूहमा बिबिका श्रेष्ठले स्वर्ण पदक हात पारेकी छिन् । कातामा भने श्रीलंकाका खेलाडीसँग पराजित हुँदै उनले रजत पनि […]

अनुपमाले जितिन् स्वर्ण

१८ मंसिर, काठमाडौं । कराँते खेलाडी अनुपमाले मगर १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी छन् । बुधबार ६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले पाकिस्तानी खेलाडीलाई ६-३ को सेटमा पराजित गरिन् । मंगलबार २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान २ स्वर्ण थप्दै स्वर्ण पदकको खातामा २५ पुर्‍याएको छ । अहिले १३ औं साग […]

कराँतेमा सुनिताले जितिन् स्वर्ण

१७ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली केलकुद (साग) को कराँतेमा नेपालकी सुनिता महर्जनले स्वर्ण पदक जितेकी छन् । मंगलबार सातदोबाटोसिथत कराँते हलमा भएको फाइनलमा बंगलादेशकी कुल्मसोमलाई हराउँदै उनले स्वर्ण जितेकी हुन् । सुनिताले ८ अंक जोड्दा कुल्मसोमले दुई अंक जोडिन् । सुनिता बंगलादेशकी मोरेम खातुनलाई हराइँदै फाइनलमा पुगेकी थिइन् ।

विप्लवमानले दिलाए नेपाललाई दशौं स्वर्ण

१६ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको पुरुष कुमुतेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । ८४ केजीमाथिको समूहमा विप्लवमान श्रेष्ठले नेपाललाई स्वर्ण दिलाएका हुन् । उनले पाकिस्तानी खेलाडी वाइस मोहम्मदमाथि ६-५ को जित निकालेका हुन् । यो कराँतेमा नेपालको पाँचौं स्वर्ण हो भने समग्रमा १० ।

कराँते पुरुष टिम कातामा पनि नेपालले जित्यो स्वर्ण

१६ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते पुरुष टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ । सोमबार भएको खेलमा मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जितेको हो । मण्डेकाजीले पुरुष एकल कातामा पनि नेपाललाई स्वर्ण दिलाएका थिए । तस्वीर : आर्यन धिमाल ।

८ वर्षपछि सागमा फर्केको कराँतेले कति दिलाउला स्वर्ण ?

१६ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले जितेको स्वर्ण गन्ने हो भने ठूलो हिस्सा मार्सल आर्टसले ओगटेको छ । त्यसमा पनि बढिजसो तेक्वान्दो र कराँतेले नेपालको स्वर्ण तिर्खा मेटाएका छन् । सन् १९९९ को आठौं सागमा यी दुई खेल पहिलो पटक समावेश हुँदा नेपालले दुवैमा १४-१४ स्वर्ण जितेको थियो । तर, त्यो सफलता […]

पोखरामा कराँते प्रशिक्षण भवन बन्ने

२६ माघ, पोखरा । पोखरामा कराँते प्रशिक्षण भवन थपिने भएको छ । कराँते खेलको विकासका लागि अमेरिकाको न्यू-योर्कस्थित हिमालयन फाउण्डेसनको सहयोगमा नेपाल सितोरियो सेईको-काई कराँते संघ कास्कीले कराँते प्रशिक्षण भवन बनाउने भएको हो । यसअघी पोखरा रंगशालामा कराँते प्रशिक्षण भवन थियो । संघले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ चाउथे चोकबाट केही तल देउराली मार्गमा […]