Comments Add Comment

काठमाडौं मेयर्स कप

List Grid
मेयर्स कप फाइनल : पुलिसविरुद्ध टस जितेर ब्याटिङ गर्दै एपीएफ

२९ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ भिड्दैछन् । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेलमा एपीएफले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपाल क्रिकेट संघ क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा लिग चरणको शीर्ष दुई स्थानमा रहेर पुलिस र […]

मेयर्स कपमा पारस खड्काको शतक

२६ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कपमा बागमती प्रदशेका अलराउण्डर पारस खड्काले शतक प्रहार गरेका छन् । उनले बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा त्रिभुवन आर्मीविरुद्ध ११९ रन जोडेका हुन् । १३३ बलको सामना गरेका उनले सोमपाल कामीको बलमा आउट हुनुअघि ११ चौका र दुई छक्का हानेका थिए । पारसको शतकसँगै बाग्मतीले ४९.४ ओभरमा सबै विकेट […]

नेपाल पुलिस मेयर्स कपको फाइनलमा

२६ फागुन, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको आफ्नो अन्तिम लिग खेलमा काठमाडौं मेयर ११ लाई १०३ रनको फराकिलो अन्तरले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पाँच टिम सहभागी प्रतियोगितामा पुलिसले खेलेका चारमध्ये ३ खेल जित्दै ६ अंक जोडेको छ । […]

मेयर्स कपमा पुलिसले दियो काठमाडौंलाई १९८ रनको लक्ष्य

२६ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स-११ लाई जितका लागि १९८ रनको लक्ष्य दिएको छ । त्रिवि मैदानमा भएको खेलमा काठमाडौं मेयर्स-११ का स्पिनरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि पुलिसले ४७.४ ओभर खेल्दै १९७ रनमात्रै बनाएको हो । पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रन बनाए । काठमाडौंका विपिन […]

काठमाडौं-११ ले दियो बागमतीलाई २४५ रनको लक्ष्य

२३ फागुन, मुलपानी । पछिल्ला क्रममा खेलाडीले उत्कृष्ट ब्याटिङ गरेपछि काठमाडौं मेयर्स ११ ले मेयर्स कप क्रिकेटमा बागमती प्रदेशलाई २४५ रनको लक्ष्य दिएको छ । २७ महिनापछि घरेलु क्रिकेट प्रतियोगिता खेलिरहेका सन्दीप लामिछानेले विष्फोटक ब्याटिङ गरेको खेलमा सिद्धान्त लोहनी, सौरभ खनाल र विपिन आचार्यले उत्कृष्ट ब्याटिङ गरे । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ […]

काठमाडौं मेयर्स कप : सन्दीपको विष्फोटक ब्याटिङ

२३ फागुन, मुलपानी । २७ महिनापछि घरेलु क्रिकेट प्रतियोगिता खेलिरहेका सन्दीप लामिछानेले विष्फोटक ब्याटिङ गरेका छन् । काठमाडौं मेयर्स कप अन्तर्गत मुलपानीमा भइरहेको खेलमा काठमाडौं मेयर्स ११ टिमको कप्तानी गरिरहेका सन्दीपले बागमती प्रदेशविरुद्ध आक्रमक ब्याटिङ गरेका हुन् । उनले २० बल खेल्दै ६ छक्काको मद्दतमा ४१ रन बनाए । नवौं नम्बरमा ब्याटिङ गरेका सन्दीपले आठौं […]

काठमाडौं मेयर्स कप : आर्मी र एपीएफबीच खेल सुरु

काठमाडौं । काठमाडौं मेयर्स कप २०७७ को पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ बीच कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको छ । एपीएफले टस जितेर फिल्डिङ रोजेपछि आर्मीले पहिले ब्याटिङ गर्दैछ । दुवै टिममा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता खेलेका खेलाडीहरु धेरै छन् । टी-१० लिग खेल्ने युएई गएका कारण प्रधानमन्त्री कपमा नखेलेका सोमपाल कामी, करण […]

काठमाडौं मेयर्स कप क्रिकेट हुने, क्यानलाई महानगरपालिकाले ५० लाख दिने

२० माघ, काठमाडौं । काठमाडौंमा काठमाडौं मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा राष्ट्रिय स्तरको एकदिवसीय प्रतियोगिता आयोजना गर्न लागेको हो । आगामी चैतमा आयोजना गर्ने तयारी रहेको मेयर्स कपका लागि क्यान र काठमाडौं महानगरपालिकाबीच मंगलबार सम्झौता भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच […]