Comments Add Comment

कात्तिक नाच

List Grid
कात्तिक नाच संरक्षण समितिलाई ललितपुर महानगरले दियो ५० लाख

२६ पुस, ललितपुर । ललितपुर महानगरपालिकाले कात्तिक नाच संरक्षण समितिलाई रु ५० लाख हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समितिका अध्यक्ष किरण चित्रकारलाई शनिबार कात्तिक नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्न सो मूल्य बराबरको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा महानगरपालिकाका प्रमुख महर्जनले गत वर्ष आफूले अक्षयकोष स्थापना गर्न रकम सहयोग गर्ने वचन […]

जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

१३ मंसिर, काठमाडौं । छिप्पिएको रातलाई चिरागको ज्वालाले उज्यालो छरिरहेको छ । सुनसान दरबार क्षेत्रलाई ब्युँझाउनका लागि खिँ, ता, झ्याली जस्ता बाजाको स्वर बिस्तारै चर्किँदैछ । दैत्य गुरु नाच, हिरण्यकश्यपु नाच र प्रल्हाद नाच सकिइसक्दा सबैको प्रतीक्षाको घडीले पनि छिटोछिटो कुद्न थाल्छ । पाँचवटा चिरागको आगो बिस्तारै कम हुँदैजाँदा संग्रहालयको द्वारबाट एउटा फरक आकृतिको स्वरुप […]

कात्तिक नाच : उच्च सुरक्षाका साथ बराह र नृसिंह नाच मात्रै देखाइने

९ मंसिर, काठमाडौं । यस वर्षको कात्तिक नाचमा बराह र नृसिंहको नाचलाई उच्च सुरक्षाका साथ मनाउने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा पाटन डबलीमा सम्बन्धित कलाकारलाई मात्रै प्रवेश दिनेगरी उच्च सुरक्षाका साथ नाच देखाउन लागिएको आयोजक समितिले जनाएको छ । ३७९ वर्षदेखि अविछिन्न रुपमा चल्दै आएको कात्तिक नाच मल्लकालमा एक महिनासम्म मनाउने भए […]

३७९ वर्ष पुरानो कात्तिक नाच आजदेखि

१५ कात्तिक, काठमाडौं । यस वर्षको कात्तिक नाच आजदेखि सुरु हुँदैछ । ३ सय ७९ वर्ष पुरानो सांस्कृतिक महत्त्व बोकेको यो नाच पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा १२ दिनसम्म नियमित देखाइन्छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कात्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाचको नाम दिइएको […]

फोटो फिचर: पाटनमा मल्लकालीन कात्तिक नाचको रौनक

६ मंसिर, ललितपुर । ललितपुरको मंगलबजारस्थित डबलीमा हिजोआज कात्तिक नाच चलिरहेको छ । कात्तिक २६ गते सुरु भएको यो नाच लगातार १२ दिनसम्म चल्नेछ । ३ सय ७८ वर्ष पुरानो सांस्कृतिक महत्त्व बोकेको यो नाच मल्ल राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कात्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक […]