Comments Add Comment

काराेबार

List Grid
सुधारियो नेप्से परिसूचक, दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक ‘सर्किट’

२० असोज, काठमाडौं । यस साताको अन्तिम कारोबार दिन बुधबार शेयर बजारमा सुधार देखिएको छ । साताको दुइ दिन लगातार घटेको नेप्से परिसूचक तेस्रो दिन दोहोरो अंकले बढेको थियो । चौथो दिन बुधबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । भोलि बिहीबार भने सार्वजनिक बिदा भएकाले कारोबार हुँदैन । बुधबार नेप्से […]

साताको शेयर बजार : फाइनान्स कम्पनीले बेहोर्‍यो धेरै घाटा

१६ असोज, काठमाडौं । साताको शुरुवात नै घटेर शुरु भएको शेयर बजार साताको एक दिनबाहेक सबै दिन घटेरै बन्द भयो । एक दिन उच्च अंकले बढे पनि बाँकी ४ दिन बजार घटेका कारण नेप्से परिसूचकमा ५ दिनमै २ सय २ दशमलव ९४ अंकको गिरावट आयो । साताको पहिलो दिन २ हजार ७ सय ५८ मा […]

सुस्तायो शेयर बजार, ७३ लाख कित्तामात्रै किनबेच

१४ असोज, काठमाडौं । तीन लगातार घटेर बुधबार ५० अंकले सम्हालिएको शेयर बजार बिहीबार पुन ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ अंकमा झरेको छ । उता ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ४१ अंकले घटेको छ […]

५० अंकले सुधारियो शेयर बजार, ५ अर्बको कारोबार

१३ असोज, काठमाडौं । तीन दिन लगातार घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने सुधार भएको छ । बुधबार ५० दशमलव ५८ अंकले बढेर नेप्से परिसूचक २ हजार ६ सय ६५ दशमलव ९३ अंकमा पुगेको छ । यस अघि तीन दिन लगातार घट्दा नेप्से परिसूचक २ सय अंकले तल झरेको थियो । ‘क’ वर्गमा […]

नेप्से परिसूचक घट्ने क्रम रोकिएन

१२ असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार र सोमबार उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि घटेको छ । मंगलबार नेप्से परिसूचक ७० दशमलव ०१ अंकले घटेर २ हजार ६ सय १५ दशमलव ४० अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४२ अंकले घटेको […]

७३ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ५१२ करोडमा रोकियो

११ असोज, काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । सोमबार ६१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७३ दशमलव ०५ अंकले घटेर २ हजार ६ सय ८५ दशमलव ४१ अंकमा झरेको छ । नेप्से परिसूचक २ प्रतिशत भन्दा बढीले घटेको हो । ‘क’ वर्गका कम्पनीहरुको […]

६१ अंकले घट्यो नेप्से परिसूचक

१० असोज, काठमाडों । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ६१ दशमलव २७ अंकले घटेर २ हजार ७ सय ५८ दशमलव २८ अंकमा आइपुगेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । शेयर कारोबार रकममा पनि आइतबार […]

नेप्से परिसूचक झिनो अंकले बढ्दा सुधारियो कारोबार

७ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा झिनो अंकले बढेको छ । दिनभरको तीव्र उतारचढावपछि कारोबार बन्द हुँदा बजार सकारात्मक देखिएको हो । शेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ७० अंकले बढेर २ हजार ८ सय १९ दशमलव ६५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटि इन्डेक्स […]

नेप्सेमा ‘बाउन्स ब्याक’, दर्जन बढी कम्पनीको मूल्यमा सकारात्मक सर्किट

६ असोज, काठमाडौं । सोमबार उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार उच्च अंकको सुधार देखिएको छ । यस अघि मंगलबार नेप्से परिसूचक १३ अंकले बढेको थियो । नेप्से परिसूचक १०४ दशमलव ८८ अंकले बढेर २ हजार ८ सय १६ दशमलव ९५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ […]

शेयर बजारमा दोहोरो अंकको सुधार, यी हुन् धेरै कमाउने १० कम्पनी

५ असोज, काठमाडौं । सोमबार ११४ अंकले पहिरो गएको शेयर बजारमा मंगलबार भने सुधार देखिएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको हो । नेप्से परिसूचक १३ दशमलव ८३ अंकले बढेर २ हजार ७ सय १२ दशमलव ०७ अंकमा पुगेको छ । दिउसो एक पटक ६४ अंकले बढेको थियो । […]

तरलता अभावपछि शेयर बजारमा गिरावट

४ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम (तरलता) अभावको असर शेयर बजारमा देखिएको छ । सोमबार शेयर बजारमा एक सय अंक माथिको पहिरो गएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक घटेर २ हजार ७ सय तल झरेकाे छ । नेप्से परिसूचक ११४ दशमलव ०२ अंकले घटेर २ हजार ६ सय ९८ […]

शेयर बजार राताम्मे, बढ्ने कम्पनीमा मनकामना स्मार्टमात्रै !

३१ भदौ, काठमाडौं । साताको अन्तिम दिन शेयर बजार परिसूचक एकैछिनमा ठूलो अंकमा घटेको छ । कारोबार खुलेसँगै घट्ने क्रममा देखिएको बजारमा १२ बजेसम्म करिब ६९ अंकले घटेको छ । शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट देखिदा एउटा बाहेकका सबै कम्पनीहरु घटेका छन् । यद्यपि, २ म्युचुअल फण्ड र एउटा डिबेञ्चर भने बढेको […]

शेयर बजार घट्ने क्रम रोकिएन, कारोबारमा पनि गिरावट

३० भदौ, काठमाडौं । मंगलबार दोहोरो अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूच बुधबार पनि दोहोरो अंकले नै घटेको छ । नेप्से परिसूचक ४० दशमव २६ अंकले घटेर २ हजार ८ सय ८९ दशमलव ०३ अंकमा झरेको छ । बुधबार १ दशमलव ३७ प्रतिशतले बजार घटेको हो । यस अघि मंगलबार १८ अंकले परिसूचक घटेको […]

सुस्तायो शेयर बजार, नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

२९ भदौ, काठमाडौं । शेयर कारोबार रकममा गिरावट आएको छ । सोमबारको तुलनामा मंगलबार करीब ४ अर्ब रुपैयाँले शेयर कारोबार रकम घटेको छ । एकैदिन २१ अर्ब रुपैयाँसम्मको शेयर कारोबार भएको बजारमा बुधबार जम्मा ५ अर्ब रुपैयाँको मात्रै शेयर कारोबार भएको छ । यस अघि सोमबार अर्ब २९ करोड ५ लाख ५४ हजार १५५ रुपैयाँको […]

शेयर बजारमा सुधार, कुन कम्पनीले कमाए ? कुनले गुमाए ?

२७ भदौ, काठमाडौं । साताकाे पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंककाे सुधार देखिएको छ । केही दिन यता लगातार घटेको बजार सरकारले ल्याएको प्रतिस्थापन बजेट पछि ७१ अंकले सुधार भएको हाे । परिसूचक ७१ दशमलव ७१ दशमलव ४३ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ४२ अंकमा पुगेको छ । उता ‘क’ वर्गका […]

साताको शेयर बजार : नेप्से परिसूचकसँगै कारोबार रकममा भारी गिरावट

२६ भदौ, काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अङ्कले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अङ्कको वृद्धि देखियो । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव देखिएको तर्क गर्नेहरु पनि भेटिए । यस साता पाँच दिन नै शेयर कारोबार […]

स्थिर देखियो शेयर बजार, ७ अर्बको कारोबार

२४ भदौ, काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार स्थिर देखिएको छ । दिनभरको उताचढाव बिच बजार बन्द हुँदा ० दशमलव ०२ प्रतिशतले मात्रै बजार घटेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले मात्रै घटेको छ । समग्रमा बजार घटेपनि ठूलो गिगरावट छैन । व्यापार, हाइड्रोपावर, जीवन बीमा र […]

शेयर बजारमा उच्च अंकको गिरावट, ३० कम्पनीको मूल्य अत्यधिक घट्यो

२० भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्से परिसूचक कारोबार बन्द हुँदा १०८ अंक भन्दा माथिले घटेको छ । नेप्से परिसूचक १०८ दशमलव २६ अंकले घटेर २ हजार ८ सय १८ दशमलव ७२ अंकमा झरेको छ । […]

५० अंकले घट्यो शेयर बजार, साढे ९ अर्बको कारोबार

१७ भदौ, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से परिसूचक ५० अंकले घटेर २ हजार ९ सय २६ दशमलव ८९ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ९० अंकले घटेको छ । उता सेयर कारोबार […]

शेयर बजारमा झिनो सुधार, कसले कमाए ? कसले गुमाए ?

१६ भदौ, काठमाडौं । मंगलबार उच्च अंकले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने झिनो अंकले सुधार भएको छ । बुधबार नेप्से परिसूचक १ दशमलव १८ अंक्ले बढेर २ हजार ९ सय ७७ दशमलव ०२ अंकमा पुगेर रोकिएको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१७ अंकले बढेको […]

तेह्रथुम पावरको आईपीओमा २३ लाख ८८ हजारको आवेदन

१३ भदौ, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको साधरण शेयर (आईपीओ)का लागि २३ लाख ८८ हजार भन्दा धेरै जनाले आवेदन दिएका छन् । कम्पनीले भदौ ९ देखि १३ गते (आज) सम्मका लागि आईपीओमा आवेदन दिने मिति तोकेको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता […]