Comments Add Comment

काेराेना खाेप

List Grid
निजी कम्पनीले कोरोना खोप तत्काल ल्याउन सक्ला ?

११ जेठ, काठमाडौं । कोरोना महामारीबाट जनतालाई बचाउन खोप ल्याउनुपर्ने बेलामा मध्यावधि निर्वाचन घोषणा गरेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जेठमा भनेका छन्, ‘चुनाव अगाडि नै सबै जनतालाई खोप लगाइसक्ने प्रयासमा जुटेका छौं ।’ खोपका लागि मित्र राष्ट्र, खोप उत्पादकहरुसँग डिल गरिरहेको र अन्तर्राष्ट्रिय संघसंस्थासँग कुराकानी भइरहेको उनले बताए । तर खोपका […]

खोप किन्ने अनुमति दिन स्वास्थ्यमन्त्रीलाई रामपुरका मेयरको निवेदन

९ जेठ, पोखरा । पाल्पाको रामपुर नगरपालिकामा अहिले ४२ जना सक्रिय संक्रमित छन् । तीमध्ये ५ जना गम्भीर बिरामीको अहिले प्रादेशिक स्तरको रामपुर अस्पतालमा उपचार भइरहेको छ । नगरपालिकामा रामपुरमा २० बेड, वडा नम्बर १, ९ र १० मा ५/५ बेडको आइसोलेसन तयार पारेको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेपछि रामपुर नगरपालिकाका […]

खोप शाखा प्रमुखलाई प्रश्न : गाउँमा पुगेकाहरुले भेरोसेलको दोस्रो डोज कसरी लगाउने ?

४ जेठ, काठमाडौं । कोरोना महामारी तीव्र गतिमा बढेपछि सरकारले वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने घोषणा गर्‍यो । निषेधाज्ञा घोषणा गर्दै सरकारले उपत्यका छाड्न चाहनेलाई दुई दिन समय पनि दियो । त्यही अवधिमा धेरै नागरिकले काठमाडौं उपत्यका छाड्दै आ–आफ्नो गाउँ फर्किए । निषेधाज्ञाकै बीचमा काठमाडौं उपत्यकामा भेरोसेल खोपको दोस्रो डोज अभियान सुरु भएको […]

ठमेल क्षेत्रका व्यवसायीले लगाए कोरोना खोप

११ वैशाख, काठमाडौं । ठमेल क्षेत्रका व्यवसायीहरुले कोरोनाविरुद्धको खोप लगाएपछि पर्यटन व्यवसायमा उर्जा मिल्ने बताएका छन् । ठमेल पर्यटन विकास परिषद्को आग्रहमा सरकारले १० हजार डोज खोप उपलब्ध गराएपछि व्यवसायी खुसी भएका हुन् । चीन सरकारले नेपाललाई उपलब्ध गराएको भेरोसेल खोप ठमेल क्षेत्रका व्यवसायीहरुले लगाएका हुन् । परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय […]

भारतीय कोरोना खोप नयाँ भेरियन्टमा पनि प्रभावकारी : आईसीएमआर

९ वैशाख, काठमाडौं । भारतको मेडिकल नियमनकारी संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले कोरोना भाइरस संक्रमण रोक्न अहिले दिइएको कोभ्याक्सिन र कोभिशिल्ड खोप नयाँ प्रकारमा पनि प्रभावकारी देखिएको बताएको छ । आईसीएमआरले खोप दिएकामध्ये निकै कम मानिसलाई मात्र कोरोना संक्रमण देखिएको बताएको छ । आईसीएमआरका निर्देशक बलराम भार्गवले भने, ‘यो खोपले निश्चित रुपमा संक्रमणबाट […]

कोरोना खोप सहज बनाउन संसदीय समितिको निर्देशन

२४ चैत, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले नागरिकले सहज र सरल तरिकाले कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकमा कोभिड–१९ को सम्बन्धमा सरकारको तयारी र खोप सम्बन्धमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसँग छलफल गरेपछि खोप अभियानलाई सहज र सरल बनाउन निर्देशन दिएको हो । समिति […]

चिनियाँ खोप २५ गतेदेखि लगाउने निर्णय

२२ चैत, काठमाडौं । सरकारले चिनियाँ खोप ‘भेरोसेल’ यही चैत २५ गतेदेखि प्रयोगमा ल्याउने निर्णय गरेको छ । चीन सरकारले केही पहिले ८ लाख डोज कोरोना खोप ‘भेरोसेल’ नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । यो खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरुका साथै हिमालय सीमापार व्यापार गर्नेहरु र चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने वा अध्ययनमा जाने […]

झापामा ४५ हजार जनाले लगाए कोरोनाविरुद्धको खोप

७ चैत, झापा । झापामा हालसम्म ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लाका१५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको संख्या ४५ हजार ३५२ पुगेको छ । झापामा आठ नगरपालिका र सात गाउँपालिका छन् । तीमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका पाँच हजार ४५५ जना […]

खोप खरिद गर्न आठ अर्ब सहयोग प्राप्त हुँदै

७ चैत, काठमाडौं । ७० प्रतिशतभन्दा बढी नेपालीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास संघमार्फत विश्व बैंकले आठ अर्ब ६२ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित प्रभावकारी एवं समतामूलक वितरणमा सहयोग गर्न बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम उपलब्ध गराउने निर्णय […]

दोस्रो चरणमा पर्सामा ४५ हजारलाई खोप लगाइने

२३ फागुन, वीरगञ्ज । कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आइतबारबाट पर्सामा पनि सुरु भएको छ । दोस्रो चरणमा पर्सामा ६५ वर्षमाथिका र पहिलो चरणमा छुटेका ४५ हजार जनालाई खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर दोस्रो चरणको अभियान सुरु गरेका थिए । पहिलो चरणको खोप अभियान गत […]

खेलाडी र प्रशिक्षकले लगाए कोरोना खोप 

२३ फागुन, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको पहलमा आइतबार ओलम्पिक छात्रवृत्ति तथा वाइल्ड कार्डमा रहेका खेलाडी र प्रशिक्षकले कोरोनाविरुद्धको खोप लगाएका छन् । पाटन अस्पतालमा कराँते, जुडो, सुटिङ, एथलेटिक्स र बक्सिङका खेलाडी तथा प्रशिक्षकले खोप लगाएका हुन् । यस्तै पोखरामा आर्चरी र भारोत्तोलनका खेलाडी तथा प्रशिक्षकले खोप लगाए । पौडीका खेलाडीले भने यसअघि नै खोप लगाइसकेका […]

कर्णालीका २६ हजार बढीले लगाए कोरोना खोप

१३ फागुन, सुर्खेत । कर्णाली प्रदेशमा २६ हजार जनाले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार बिहीबारसम्म २६ हजार ९९० जनाले कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएका हुन् । कर्णालीमा माघ १४ गतेदेखि प्रदेशका सबै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन सुरू गरिएको थियो । सुर्खेतमा सबैभन्दा बढी अर्थात् सात हजार ४७५ जनाले […]