Comments Add Comment

काेराेना भाइरस

List Grid
सरकारको झूटो दाबी : अक्सिजन अभावमा कसैको मृत्यु भएको छैन

१६ जेठ, पोखरा । अक्सिजन अभावका कारण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको एकै दिन मृत्यु भएको विषयमा विपक्षी दलहरुले सरकारसँग जवाफ मागेका छन् । तर सरकारले कमजोरी ढाकछोप गर्न खोज्दा अक्सिजनको अभावका कारण कसैको मृत्यु नै नभएको दाबी गरेको छ । प्रदेशसभाको बजेट अधिवेशनको पहिलो दिन दलका नेताहरु बोल्ने कार्यसूची थियो । […]

कोरोना संक्रमणबाट कर्णालीमा थप ४ जनाको मृत्यु

१६ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काका अनुसार मृतकमध्ये सुर्खेत र दैलेखका दुई/दुईजना रहेका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ । प्रदेशभर आइतबार ३१३ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि […]

चितवनका अस्पतालमा घट्न थाले कोरोनाका बिरामी

१३ जेठ, चितवन । चितवनका अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको संख्या घट्दै गएको देखिएको छ । कोरोना संक्रमितहरुको उपचार गराउँदै आएका भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेन्स भरतपुर र बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कोरोना संक्रमित बिरामीको संख्यामा कमी आएको छ । एक साताअघिसम्म यहाँका विभिन्न अस्पतालमा ५०२ जना कोरोना संक्रमितले उपचार गराउँदै […]

अस्पतालहरुमा अक्सिजन सहज बन्दै

१३ जेठ, काठमाडौं । गत हप्ताको तुलनामा यो हप्ता नेपालमा कोरोना संक्रमण दर ५.७ प्रतिशतले घट्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ ९ गतेको तथ्यांकमा संक्रमण दर थोरै घटेको देखिएको छ । काठमाडौं विश्वविद्यालय जनस्वास्थ्य विभागकी सहप्राध्यापक डा. अर्चना श्रेष्ठका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अघिल्लो साताको तुलनामा संक्रमण दर घटेको हो । बागमतीमा […]

निजी कम्पनीले कोरोना खोप तत्काल ल्याउन सक्ला ?

११ जेठ, काठमाडौं । कोरोना महामारीबाट जनतालाई बचाउन खोप ल्याउनुपर्ने बेलामा मध्यावधि निर्वाचन घोषणा गरेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जेठमा भनेका छन्, ‘चुनाव अगाडि नै सबै जनतालाई खोप लगाइसक्ने प्रयासमा जुटेका छौं ।’ खोपका लागि मित्र राष्ट्र, खोप उत्पादकहरुसँग डिल गरिरहेको र अन्तर्राष्ट्रिय संघसंस्थासँग कुराकानी भइरहेको उनले बताए । तर खोपका […]

सुदूरपश्चिममा थप ९ संक्रमितको मृत्यु, ६१९ जनामा संक्रमण

११ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर, दार्चुला र बझाङका गरी ९ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार सबैभन्दा धेरै कैलालीका ५ जना, कञ्चनपुरका २ जना, दार्चुला र बझाङका १÷१ जना संक्रमितको मृत्यु भएको हो । […]

महामारीमा सुन्दरहरैंचालाई केन्द्रको सहयोग : एउटा अक्सिमिटर, १० वटा पीपीई !

११ जेठ, विराटनगर । झण्डै दुई लाख जनसंख्या रहेको मोरङको सुन्दरहरैंचा नगरपालिकामा ६३९ जना कोरोना संक्रमित छन् । तीमध्ये १५ जनाको मृत्यु भएको छ । महामारीसँग जुधिरहेको नगरपालिकालाई सुरक्षा सामग्री जोहो गर्न मुस्किल छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सामग्री पठाएको जानकारी पाएपछि नगर प्रमुख शिवप्रसाद ढकालले राहतको महसुस गरे । तर मंगलबार केन्द्र […]

कर्णालीमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

१० वैशाख, सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए । डा. खड्काका अनुसार मृतकमध्ये सुर्खेतका तीन जना र सल्यानका एक जना रहेका छन् । […]

आगामी चार सातामा संक्रमण क्रमशः घट्छ : स्वास्थ्यमन्त्री

१० जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमणको दर अपेक्षाकृत रुपमा कम नभएको बताएका छन् । पछिल्लो एक साताको तथ्यांक हेर्दा औसतमा दैनिक २० हजार नमुना परीक्षण गर्दा ८ हजार ३०० जनामा संक्रमण पुष्टि हुने गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले व्यक्तिहरुको आवतजावतमा प्रभावकारी नियन्त्रणमा नआएको र केही सेवा […]

ओखलढुंगामा पहिलोपटक कोरोना संक्रमितको मृत्यु

१० जेठ, काठमाडौं । ओखलढुंगामा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–११ की ५८ वर्षीया महिलाको सोमबार मृत्यु भएको हो । जिल्लामा कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् । जेठ ७ गते कोरोना संक्रमण पुष्टि भएपछि ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए […]

सुदूरपश्चिममा थप १० संक्रमितको मृत्यु, ३८४ जनामा संक्रमण

९ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कैलालीसहित प्रदेशका ४ जिल्लाका १० जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कैलालीका ६ जना, बाजुराका २ जना, कञ्चनपुर र बैतडीका १/१ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । योसँगै […]

कर्णालीमा थप १० जना कोरोना संक्रमितको मृत्यु

९ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा उपचाररत थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर थप १० जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए । डा. खड्काका अनुसार मृतकमध्ये सुर्खेतका चार जना, सल्यानका तीन जना, दैलेख, डोल्पा र जुम्लाका एक/एकजना रहेका […]

महामारीले अर्थतन्त्रमा पारेको घाउमा राजनीतिको नुनचुक

९ वैशाख, काठमाडौं । कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्रमा पुनः अर्को राजनीतिक अन्योलको त्रास मिसिएको छ ।  कोरोनाको दोस्रो भेरियण्टका कारण गरिएको निषेधाज्ञाले समस्यामा परेको अर्थतन्त्र शुक्रबार मध्यरातमा भएको संसद विघटनपछि थप समस्यामा पर्ने देखिएको हो । बजेट आउन साता दिन मात्रै बाँकी रहेको बेला भएको संसद विघटनले अपेक्षा अनुसारको बजेट नआउने चिन्तामा निजी […]

संक्रमित बोक्दाबोक्दै संक्रमण, कसले देख्‍ने दुःख ? 

८ जेठ, धनगढी । कञ्चनपुरका राजेन्द्र तामाङलाई कोरोना संक्रमित बिरामी बोक्दैमा फुर्सद भएन । विगत नौ दिनदेखि भने उनी आफैं कोरोना भाइरससँग जुधिरहेका छन् । उनी पेशाले एम्बुलेन्स चालक हुन् । चार वर्षदेखि नेपाल रेडक्रस सोसाइटी वाइसेविचुवा शाखाको एम्बुलेन्स चलाउँदै आएका तामाङलाई बिरामी बोक्दाबोक्दै कतिबेला आफू संक्रमित भएँ भन्ने नै पत्तो भएन । कञ्चनपुरको पुनर्वास, […]

गाउँमा संक्रमण फैलिसक्यो, परीक्षणको दायरा बढाउनुपर्छ

८ जेठ, गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ स्वास्थ्यकर्मीको टोलीसहित गत मंगलबार गोरखा हानिए । श्रेष्ठसँगै डा. शिशिर देवकोटाको नेतृत्वमा दुईजना चिकित्सक, दुई ल्याबतर्फका कर्मचारी र एक स्वास्थ्यकर्मी थिए । कोभिड–१९ संक्रमण फैलिएको विभिन्न गाउँमा पुगेर उनीहरूले सम्भावित संक्रमितहरूको एन्टिजेन परीक्षण गरे । पालुङटार नगरपालिकाको आँपपिपल अस्पतालबाट परीक्षण सुरु गरिएको थियो । सिरानचोक, […]

नोबेल शिक्षण अस्पतालमा १८ घण्टाको अवधिमा १० संक्रमितको मृत्यु

८ जेठ, विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणपछि उपचारका लागि भर्ना भएका १० जनाको १८ घण्टाभित्र मृत्यु भएको हो । मृतकमध्ये पाँच जना ५० वर्षभन्दा कम उमेरका छन् । शनिबार बिहान ६ जना र शुक्रबार राति चारजनाको मृत्यु भएको थियो । शिक्षण अस्पतालका प्रबन्धक नारायण […]

सुदूरपश्चिममा वैशाखमा देखियो ३३ प्रतिशतमा संक्रमण

८ जेठ, डोटी । सुदूरपश्चिम प्रदेशमा वैशाख महिनाभरि ४१ हजार १४७ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १३ हजार ५३८ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यो संख्या परीक्षण गरिएको कुल संख्याको झण्डै ३३ प्रतिशत हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पीसीआर विधिबाट २० हजार ६९१ जनाको […]

जगरनाथपुरमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

८ जेठ, वीरगञ्ज । पर्साको जगरनाथपुरका थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार पर्सामा थपिएका ७५ संक्रमितमध्ये २५ जना जगरनाथपुर गाउँपालिकाका हुन् । गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ बाट ४० जनाको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर ४ […]

सुदूरपश्चिममा थप १० संक्रमितको मृत्यु, ८४९ जनामा संक्रमण

६ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ५ जना, कञ्चनपुरका ३ जना, बैतडी र डोटीका १/१ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४०७ पुगेको छ ।  यस्तै प्रदेशभर थप ८४९ जना […]

रौतहटमा २८ संक्रमित थपिए, ३ जनाको मृत्यु

६ जेठ, रौतहट । रौतहटमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल गौरको पीसीआर ल्याबमा १४८ जनाको नमुना परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण देखिएको हो । गत २४ घण्टामा चारजना कोरोना संक्रमणमुक्त भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको […]

संक्रमित पत्रकारका लागि सञ्चालन गरिएको मोबाइल डाक्टर सेवा प्रभावकारी बन्दै

६ जेठ, काठमाडौं । सुनसरीमा कोरोना संक्रमित पत्रकारहरुका लागि सञ्चालन गरिएको मोबाइल डाक्टर सेवा प्रभावकारी बन्दै गएको छ । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीहरुको घरमै गएर मोबाइल डाक्टर सेवा दिंदै आएको छ । युनियनका सुनसरी अध्यक्ष पवन अधिकारीका अनुसार धरानमा रहेका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई बिहीबार मोबाइल डाक्टर सेवा प्रवाह गरिएको छ । […]