Comments Add Comment

कुञ्जना घिमिरे

List Grid
दीपाश्रीपछि कुञ्जना फिल्मको निर्देशक ?

सिरियलमा जमिरहेका कलाकारहरुले चलचित्र ‘६ एकान ६’ बनाउँदा कमैले मात्र पत्याएका थिए । तर, यो सिनेमा हिट भएपछि दिपकराज गिरी, दीपाश्री निरौला लगायतको टिमलाई दर्शक र चलचित्रकर्मीले नै पत्याए । दिपकराज गिरीले ‘तितो सत्य’ छाडेर ‘६ एकान ६’ बनाउँदा निर्देशकको रुपमा दिनेश डीसीलाई रोजेका थिए । यसपछि, ‘वडा नम्बर ६’ बनाउँदा उनले उज्ज्वल घिमिरेलाई रोजे […]

धुर्मुस-सुन्तलीलाई ‘बर्ष व्यक्ति सम्मान’

सामाजिक सेवामा समेत सक्रिय रहेका चर्चित हाँस्य जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई सम्मान गरिएको छ । उनीहरुलाई साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको फिल्मी पत्रिका ‘फिल्मीखबर’ले ‘फिल्मीखबर बर्ष व्यक्ति’को रुपमा सम्मान गरेको हो । आफ्नो नवौ बाषिर्कोत्सवको अवसर पारेर यो जोडीलाई सम्मानित गरिएको हो । सम्मानित भएपछि सितारामले भने-‘यो सम्मानले सामाजिक काममा अगाडि बढ्न प्रोत्साहन […]

जन्मदिनमा ‘धुर्मुस’ले ‘एकिकृत बस्ती निर्माण’ सुरु गरे

आफ्नो जन्मदिनको अवसर पारेर हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ले रौतहटको सन्तपुरमा एकिकृत वस्ती निर्माण सुरु गरेका छन् । बुधवार बिहान सन्तपुरमा आयोजित कार्यक्रममा सिताराम र उनकी श्रीमती कुञ्जना घिमिरेले बस्ती निर्माणको शिलान्यास गरे । ५ करोड ७५ लाखमा निर्माण हुने उक्त बस्ती माझी, मुसहर, हजाम र देशार समुदायका लागि बनाउन लागिएको सितारामले बताए […]

‘आइ लभ यू’, एक करोड पटक हेरिएपछि केक काटेर सेलिव्रेशन

नेपाली चलचित्रका गीतसंगीतले त युटुबमा १ करोड भन्दा बढी भ्यूज पाएको कुरा अब नौलो रहेन । तर, आधुनिक गीतसंगीतले १ करोड भन्दा बढी भ्यूज पाउनु आफैमा सकारात्मक कुरा हो । ‘तिमीलाई देखेपछि आइ लभ यू भन्न मन लाग्यो’ बोलको गीतले पनि युटुबमा एक करोड भ्यूज पाएपछि केक काटेर सेलिव्रेशन गरिएको छ । सरोज ओली र […]

‘नमुना नेपाल’का लागि ‘धुुर्मुस-सुन्तली’ले भेटे जग्गा

३ वटा बस्ती बनाएर विश्वभरका नेपालीको मन जितेका हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको नयाँ योजना निर्माणले गती लिने भएको छ । ‘नमुना नेपाल’ बनाउने योजनाका साथ अगाडि बढेको यो जोडीले अब खोजेजस्तै जग्गा भेटेको बताएका छन् । उनीहरुले ५ अर्ब बजेटमा यो योजना पुरा गर्ने बताएका थिए । सरकारले स्विकृती दिएको खण्डमा […]

प्रिमियरमा छल्किएको ‘धुर्मुस-सुन्तली’को प्रेम

वुधबार बेलुकी काठमाण्डौको कुमारी हलमा आयोजित चलचित्र ‘म यस्तो गीत गाउँछु’को प्रिमियरमा निकै रमाइला दृश्यहरु देखिए । जसमध्ये, हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको रोमान्स पनि एक थियो । पि्रमियरका लागि तयार पारिएको स्टेजमा चढेर यी दुइले एक अर्कासँग रोमान्स गरे । सुन्तलीले धुर्मुसका लागि गीत गाइन् । धुर्मुसले सुन्तलीसँग पोज-पोजमा तस्बिर खिचाए […]

मुसहर बस्तीमा ‘धुर्मुस सुन्तली’को प्रेम

हाँस्य सिरियल ‘मेरी बास्सै’बाट उदाएका चर्चित कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई विश्वमा रहेका नेपालीले ‘धुर्मुस-सुन्तली’ भनेर चिन्छन् । एउटा सिरियलले दिएको नयाँ परिचय आज विश्वमाझ नेपालीको मनमा बसेको छ । ‘धुर्मुस-सुन्तली’ले सिरियलमा अभिनय गरेर मात्र यो नाम बनाएका होइनन् । सिरियलले दिएको नयाँ नामलाइ उनीहरुले समाजसेवाबाट नयाँ उचाइमा स्थापित गरेका छन् । भूकम्पपछि नेपाल […]

दुबइमा ‘धुर्मुस–सुन्तली फाउन्डेशन’लाई ४० लाख सहयोग

‘तेश्रो एकिकृत बस्ती निर्माण’को घोषणा गरेको ‘धुर्मुस सुन्तली’ फाउण्डेशनलाई ४० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । प्रकाश कोइरालाको लुरेन्स कन्ट्रक्टीङ एण्ड जेनेरल क्लिनिक कम्पनीको तर्फबाट एकिकृत नमुना मुसहर बस्ती निर्माणका उक्त सहयोग प्राप्त भएको हो । आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले कतारबाट दुबई पुगेर ‘धुर्मुस सुन्तली’लाई सहयोग रकम हस्तान्तरण गरेका […]