Comments Add Comment

कृष्णचन्द्र नेपाली पोखरेल

List Grid
गण्डकीको नयाँ मन्त्रिपरिषद् : न समावेशी, न क्षेत्रीय सन्तुलन

८ साउन, पोखरा । नयाँ सरकार गठन भएको करिब डेढ महिनापछि गण्डकी प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । तर मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषद् न समावेशी छ, न क्षेत्रीय सन्तलुन नै मिलेको छ । २९ जेठमा मुख्यमन्त्री बनेका पोखरेलले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए । लामो समय उनीहरुलाई विनाविभागीय राखेका पोखरेलले सत्तारुढ […]

मन्त्रीमा नाम काटिएपछि डोबाटे विश्वकर्मा भन्छन्- पार्टीभित्र अपराध भयो

८ साउन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । २९ जेठमा मुख्यमन्त्री बनेका पोखरेलले डेढ महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । उनले कांग्रेसबाट मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र विन्दुकुमार थापा तथा माओवादी केन्द्रबाट रामजी बराल, दीपक घर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री नियुक्त गरेका छन् । तर मन्त्री चयनलाई लिएर […]

गण्डकीमा सत्ता किचलो : एक महीनासम्म हुन सकेन मन्त्रिपरिषद् विस्तार

४ असार, पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको एक महिना पूरा भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले कुनै महत्वपूर्ण काम अघि बढाउन सकेको छैन । जेठ २९ गते नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री चयन भएका थिए । […]

‘विश्वासको मत लिइहालें, गठबन्धन हल्लिदैमा फुट्दैन’

२२ असार, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि निम्तिएको संकटको शिकार सबभन्दा पहिले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बने । दुई तिहाइ बहुमतमा रहेका मुख्यमन्त्री गुरुङ नेकपा विभाजनसँगै अल्पमतमा परे र नेपाली कांग्रेसका लागि सोच्दै नसोचेको अवसर आयो । चार दल र एक स्वतन्त्र सांसदको गठबन्धन बनाएर कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र नेपाली पोखरेल […]

प्रदेशले शिलान्यास गर्ने, स्थानीय तहले विरोध गर्ने

२१ असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्याङ्जाको आँधीखोला-५, सेती दोभानस्थित आँधीखोला अस्पतालको प्रशासन भवन शिलान्यास गरेर फर्किए । तर, उक्त अस्पतालको प्रशासन भवन शिलान्यासबारे स्थानीय तह र प्रदेशबीच विवाद सिर्जना भएको छ । प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले स्थानीय तहसँग समन्वय नगरी एकतर्फी ‘आइएनजिओ’ को ब्यानरमा भवन शिलान्यास गरेको गाउँपालिका अध्यक्ष सुधीर […]

गण्डकीमा मुख्यमन्त्रीलाई भ्याई नभ्याई, अरु मन्त्रालय सुनसान

२० असार, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार पाँच जनाको समूह प्रवेश गर्‍यो । हातमा खादा लिएर पुगेका उनीहरु स्याङ्जाबाट आएका थिए । उद्देश्य थियो, ‘मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग भेटघाट र बधाई दिने ।’ सचिवालयसँग ‘५ मिनेट’को समय माग्दै उनीहरु मुख्यमन्त्री नेपालीको कार्यकक्ष प्रवेश गरे । उनीहरु भित्र पस्न नपाउँदै अर्को टोली […]

मन्त्री आचार्यले लिन मानेनन् उर्जा मन्त्रालय, अर्थबाहेक अरुमा नजाने अडान

१३ असार, काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरेको अन्तरिम कार्यविभाजनप्रति जनता समाजवादी पार्टी (जसपा)ले असहमति जनाएको छ । पोखरेलले दुई सातादेखि विना विभागीय रहेका मन्त्रीहरुलाई दलहरुबीच मन्त्रालय भागवण्डा हुँदा फेरिन सक्ने गरी मन्त्रालयको जिम्मेवारी दिएका थिए । उनले आफूसँगै शपथ लिएका नेपाली कांग्रेसका कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास […]

प्रदेशवासीलाई कोभिड-१९ विरुद्धको खोप पहिलो प्राथमिकता : मुख्यमन्त्री पोखरेल

१० असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई कोभिड-१९ विरुद्धको खोप दिलाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । पोखरा महानगरपालिकाको ९ औं नगरसभामा बिहीबार उनले नागरिकको जीवन जोगाउन र उनीहरुको स्वास्थ्य रक्षाका लागि बजेटको अभाव नहुने बताए । संघ सरकारले अनुदानका रुपमा पाउने र खरिद गर्ने वाहेक पनि निजी क्षेत्रबाट खोप […]

मुख्यमन्त्री पोखरेल मनाङबाट पोखरा फर्किए, आजै विश्वासको मत लिँदै

४ असार, पोखरा । नेपाली सेनाको हेलिकप्टर चढेर बिहीबार मनाङको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शुक्रबार बिहान पोखरा फर्किएका छन् । शुक्रबार उनले प्रदेशसभामा विश्वासको मत लिंदैछन् । विश्वासको मत लिन प्रदेशसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । मनाङ घर भएका मन्त्री दीपक मनाङे, सांसद चिन्त घलेसँगै राहत […]

गण्डकीका मुख्यमन्त्रीले पर्सि विश्वासको मत लिने, त्यसपछि मन्त्रालय बाँडफाँट

२ जेठ, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । असार ४ गते नै विश्वासको मत लिएर मन्त्रालय बाडफाँट टुंग्याउने र प्रदेशसभामा बजेट छलफल अघि बढाउने पोखरेलको तयारी छ । जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका उनलाई विश्वासको मत लिन एक महिना समय […]

पृथ्वीसुब्बाले दिए मुख्यमन्त्री पोखरेललाई बधाई

२९ जेठ, पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिएका छन् । गुरुङले मुख्यमन्त्री पोखरेललाई फोन गरी आफू र पार्टीको तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना दिएका छन् । विपक्षी गठबन्धनको समर्थन पाएका पोखरेललाई प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार दिउँसो मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । त्यसअघि जनता […]

नेकपा फुटले जुराएको मुख्यमन्त्री

२९ वैशाख, पोखरा । २०७४ माघ २२ गते गण्डकी प्रदेश सभाको पहिलो बैठक थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियतले रोस्टममा उभिएका कृष्णचन्द्र नेपाली पोखरेलले भनेका थिए, ‘जनताले हामीलाई सरकार चलाउन होइन, पाँच वर्ष प्रतिपक्षमा बसेर खबरदारी गर्ने जिम्मेवारी दिएका छन् ।’ तर, राजनीतिमा कसलाई, कतिबेला अवसर जुर्छ भन्न सकिन्न । त्यसको […]

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

२९ जेठ, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश […]

गण्डकी प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना

२९ जेठ, पोखरा । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा समर्थन गरेका गण्डकी प्रदेशका बहुमत प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी पेश गरेको भन्दै विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले आपत्ति जनाएका छन् । गुरुङले जनता समाजवादी […]

प्रदेश प्रमुखको कार्यालयमा पुगे गण्डकीका विपक्षी गठबन्धनका सांसदहरु

२९ जेठ, पोखरा । मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी परेपछि गण्डकीका विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुख कार्यालय पुगेका छन् । गुरुङले जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको नाममा नक्कली दाबी गरेको भन्दै विपक्षी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आपत्ति जनाएका छन् ।

बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी पेश गर्छौं : पोखरेल

२७ जेठ, पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी गर्ने बताएका छन् । संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले शुक्रबार विश्वासको मत पाउन नसकेपछि उनी पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनसार मुख्यमन्त्री नियुक्तिका लागि विश्वासको मत प्रापत गर्ने आधार प्रस्तुत […]

‘विश्वास छ, मुख्यमन्त्री गुरुङ ओलीपथमा जानुहुन्न’

९ वैशाख, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै गण्डकी प्रदेशका विपक्षीहरुको मनमा झस्का लागेको छ, कतै गण्डकी प्रदेशमा पनि त्यही श्रृङ्खला दोहोरिने त होइन ? वैशाख २९ गते प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका रुपमा मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले जेठ २९ गतेभित्र विश्वासको मत लिनुपर्नेछ । […]

विपक्षीलाई फ्लोर क्रसको डर, सतर्क रहन सर्कुलर

१२ वैशाख पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध तीन दलले दर्ता भएको अविश्वासको प्रस्तावले भोलि प्रदेशसभामा प्रवेश पाउने भएको छ ।अविश्वासको प्रस्तावमा उत्रिएका दलहरुको प्रदेशसभामा टुप्लुक्क बहुमत छ, तर कर्णालीमा जस्तै फ्लोर क्रसको डर उनीहरुमा देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का २८ प्रदेशसभा सदस्यले मुख्यमन्त्री गुरुङविरुद्ध २ […]