Comments Add Comment

केवलकार

List Grid
बुटवलमा दोस्रो केवुलकार शिलान्यास

९ फागुन, बुटवल । बुटवलमा दोस्रो केवुलकारको शिलान्यास गरिएको छ । बुटवल उपमहानगरपालिका–१ (पारी बुटवल) बाट पाल्पाको नुवाकोट डाँडोसम्म चल्ने सिद्धार्थ केवुलकारको अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका हुन् । यसअघि फागुन १ गते बुटवलमै लुम्बिनी केवुलकारको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । सिद्धार्थ केवुलकार प्रालिले सञ्चालन गर्ने केवुलकार १८ महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य […]

मनकामना केवलकार सञ्चालन गर्न स्थानीयको माग

८ मंसिर, गोरखा । करिव आठ महिनादेखि बन्द रहेको मनकामना केवलकार संचालन गर्न स्थानीयले माग गरेका छन् । केवलकार सञ्चालन गर्न माग गर्दै आइतबार वडा कार्यालयमा निवदेन बुझाइएको उद्योग वाणिज्य संघ मनकामना बजार इकाइका अध्यक्ष हरि श्रेष्ठले बताए । इकाइको पहलमा आइतबार जनप्रतिनिधि, राजनितिक दल, व्यापारी, संघसंस्थालगायतका सरोकारवालाहरुको बैठक बसेको थियो । ‘बैठकले केवलकार संचालन […]

मनकामना केवलकार सन्चालन गर्न पाउनुपर्ने माग

४ साउन, गोरखा । मनकामना दर्शन प्रालिका कर्मचारीहरुले केवलकार सेवा सुरु गर्न पाउनु पर्ने माग गरेका छन् । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सुरु गर्न दिनुपर्ने माग कर्मचारीहरुको भनाइ छ । करिव चार महिनादेखि केवलकार बन्द हुँदा जीवन निर्वाह गर्न मुस्किल भएको भन्दै उनीहरुले सेवा सन्चालनको वातावरण बनाइदिन सरकारसँग माग गरेका हुन् । ‘केवलकार सेवा […]

गाईघाट, बेलदोभान, रौता केबलकारको डीपीआर शुरु

२४ फागुन, उदयपुर । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको पवित्र धार्मिकस्थल रौता क्षेत्रलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्नका लागि जिल्लाको सदरमुकाम गाईघाट, बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालनका लागि सर्वे कार्य सम्पन्न भएर अब विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार कार्य शुरु भएको छ । त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको साझेदारीमा चार वर्षभित्र जिल्लाको सदरमुकाम गाइघाटदेखि पहाडी धार्मिकस्थल […]

आहा ! चौध मिनेटमै चन्द्रागिरि: केबलकार चढ्ने भन्छन्- स्वर्ग देखियो !

१० भदौ, काठमाडौं । चन्द्रगिरि पहाडका दुईवटा विशेषता छन्ः पुथ्वीनारायण शाहले यहीँबाट पहिलोपटक काठमाडौं देखेका थिए र उनमा उपत्यका कब्जा गर्ने तृष्णा पलाएको थियो । अर्को, चन्द्रगिरि पहाडबारे धेरैले स्वस्थानीको किताबमा पढेका छन् कि यो त्यही ठाउँ हो, जहाँ सतिदेवीको भाल पतन भएको थियो । तर, अहिले चन्द्रगिरि पहाडको तेस्रो विशेषता थपिएको छ: तपाई थानकोटबाट […]

काठमाडौंका चार ठाउँबाट केवलकार चलाउन सकिने

२४ जेठ, काठमाडौं । काठमाडौंमा सीटी अर्बान केवलकारको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको छ । फ्रान्सका दुईवटा कन्सल्ट्यान्ट कम्पनीले सिटी अर्बन केवलकारको विस्तृत सम्भाव्यता अध्ययन गरेका हुन् । फ्रान्सेली एमडीपी र सिष्ट्रा कम्पनीले सोमबार केवलकारको सम्भाव्यता अध्ययन प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएका छन् । कहाँ-कहाँ चल्न सक्छ केबुलकार ? काठमाडौंमा केवलकार […]

सराङकोटमा खुल्दैछ केबलकारसहित बिलासी होटल

१० वैशाख, पोखरा । नेपालमा पहिलोपटक केबलकारसहितको लक्जरी होटल सञ्चालनमा आउने भएको छ । जापानी मूलका नेपाली नागरिक ताकाशी मियाहाराले पोखराको सराङकोट डाँडामा दुई अर्ब रुपैयाँ लगानी गरेर होटल र केबलकार बनाइरहेका छन् । यही अक्टुबरबाट सञ्चालन गर्ने गरी मियाहाराको कम्पनीले ‘होटल हिमालयन भ्यू’ को निर्माण कार्य धमाधम गरिरहेको छ । होटल संचालन भएपछि पर्यटकहरु […]