Comments Add Comment

कोभिड अस्पताल

List Grid
नारायणी अस्पताल परिसरमा ‘कोभिड डेडिकेटेड भवन’ बनाइँदै

१४ साउन, वीरगञ्ज । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नारायणी अस्पतालमा छुट्टै ‘कोभिड डेडिकेटेड भवन’ बनाइने भएको छ । त्यसका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आगामी आइतबार सम्झौता गर्ने गरी आवश्यक काम अघि बढाइएको नारायणी अस्पतालले जनाएको छ । खुल्ला प्रतिस्पर्धाबाट २ करोड १६ लाख रुपैयाँमा विनोद साह-वनशक्ति जेभी […]

इराकको कोभिड अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु

२९ असार, काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचार हुने इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ । इराकको नसिरिया शहरको दक्षिणमा अवस्थित अल-हुसेन अस्पतालमा सोमबार राति आगलागी भएको हो । तीन महिनाअघि मात्र निर्माण गरिएको सो अस्पतालमा अक्सिजन प्लान्ट विष्फोट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरुले बताएका छन् । समाचार […]

मिचिगनबासीद्वारा कोभिड अस्पताललाई आइसीयू बेड किन्‍न सहयोग

३१ जेठ, बर्दिया । मिचिगनमा बसोबास गर्दै आएका ६ परिवारले बर्दियाको ठाकुरबाबा नगरपालिकाको रानीपुरमा सञ्चालन गरेको कोभिड अस्पतालको लागि ३ वटा आइसीयू बेड किन्‍न सहयोग गरेको छ । बर्दियाको ठाकुरबाबा नगपालिका घर भइ हाल अमेरिकाको मिचिगनमा बस्ने छबिलाल लामिछानेको नेतृत्वमा १२ लाख ५५ हजार ५० रुपैया संकलन गरी हस्तान्तरण गरिएको हो । ठाकुरबाबा नगरपालिका-१ का […]

बुटवलको जितगढीमा ५० शय्याको कोभिड अस्पताल सञ्चालन

१८ जेठ, बुटवल । बुटवलको एक नीजि अस्पतालले ५० शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । बुटवल–१३ जितगढीमा रहेको एडमण्ड सिटी हस्पिटलले अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेको हो । एक बिगाहा क्षेत्रफल भित्र रहेको अस्पतालमा भेन्टिलेटर सहित ८ शय्याको आईसीयु, ७ शय्याको एचडीयु र ३५ आइसोलेशन शय्या रहेका छन् । कोभिड अस्पतालमा कन्सल्ट्यान्ट फिजिसियन ४ […]

छत्रपाटी निःशुल्क चिकित्सालयमा कोभिड अस्पताल सुरु 

१२ जेठ, काठमाडौं । काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा आएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा बुधबारदेखि सुरु भएको कोभिड उपचार अस्पतालको शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगर प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शुभारम्भ गरे । कोभिड अस्पताल सञ्चालनका लागि महानगरले पूर्वाधार सुधारका लागि ३० लाख ३४ हजार  रुपैयाँ र मासिक सञ्चालन […]

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन सिफारिस

५ जेठ, काठमाडौं । गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन केन्द्र सरकारलाई सिफारिस गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेसँगै बसेको पहिलो बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा डा. भीष्म अधिकारीलाई नियुक्त गरेको छ । प्रदेशको नीति […]

तिलोत्तमा नगरपालिकाले बनायो ४० बेडको कोभिड अस्पताल

५ जेठ, बुटवल । कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोभिड अस्थायी अस्पताल निर्माण गरेको छ । तिलोत्तमा ९ केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा ४० बेडको अस्पताल बनाइएको हो । अस्थायी अस्पतालमा सेन्टर फ्लो सिष्टमबाट संक्रमितलाई आवश्यकता अनुसार अक्सिजन दिन सकिने व्यवस्था मिलाइएको छ । बुधबार नगर प्रमुख बासुदेव घिमिरेले कोरोना फोकल पर्सन […]

बनेपामा कोभिड अस्पतालको सेवा सुरु

२ जेठ, बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनगालस्थित भोमी अस्पताललाई कोभिड समर्पित (डेडिकेटेड) अस्पताल बनाइएको छ । नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंहवादे श्रेष्ठले उक्त अस्पतालको कोभिङ उपचार सेवाको उद्घाटन गरे । नगरपालिकाको स्वीकृतिमा सञ्चालित १५ शय्याको सो अस्पतालसँग सम्झौता गरी कोभिडबाट सङ्क्रमित बिरामीको उपचारको लागि व्यवस्था मिलाएको छ । नगरपालिकाले चार शय्याको आईसीयू र छ शय्याको […]

ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाऔं : राज्यमन्त्री मानन्धर

२६ वैशाख, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशका ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउनुपर्ने बताएका छन् । काठमाडौंको बालाजुस्थित जनमैत्री अस्पतालको आइतबार अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले कोरोना संक्रमितको संख्या बढेर अस्पतालमा बेड अभाव भइरहेका बेला ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउनुपर्ने बताएका हुन् । ती अस्पतालमा कोरोनाका बिरामीको उपचारमा लाग्ने आवश्यक आर्थिक तथा […]

वीरको नयाँ भवनसहित ४ ठाउँमा आईसीयूसहितको कोभिड अस्पताल

२३ वैशाख, काठमाडौं । सरकारले वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका ४ ठाउँमा कोभिड अस्पताल सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि बनाएको कार्ययोजनामा वीर अस्पतालको नयाँ भवन, भक्तपुरको खरिपाटी, दहचोक र इचंगु नारायणमा आईसीयू सहितको कोभिड अस्पताल शनिबारसम्म सञ्चालन गर्ने उल्लेख छ । वीर […]

कोभिड अस्पताल सञ्चालन गर्न काठमाडौं महानगरले बनायो अध्ययन समिति

२० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड-१९ बाट संक्रमितहरुको उपचारका लागि ‘कोभिड अस्पताल’ सञ्चालनको गृहकार्य थालेको छ । महामारी सुरु भएको एक वर्षपछि महामनगरको कार्यपालिका बैठकमा पहिलो पटक कोभिड अस्पताल सञ्चालनबारे छलफल भएको हो । महानरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६१ औं कार्यपालिका बैठकमा ‘कोभिड-१९ महामारी व्यवस्थापन’ सम्बन्धमा राखिएको प्रस्तावमा छलफल गर्दै सुविधा सम्पन्न […]

रौतहटमा ७१ बेडको कोभिड अस्पताल सञ्‍चालनको तयारी

२० वैशाख, रौतहट । कोरोनाको संक्रमण बढिरहेका बेला रौतहटका बिरामीहरुको उपचारको लागि तत्काल ७१ बेडको कोभिड अस्पताल सञ्‍चालन हुने भएको छ । जिल्लास्थित कोभिड संकट व्यवस्थापन समितिको बैठकले रौतहटका पालिकाहरुमा कोभिड अस्पताल सञ्‍चालन गर्ने निर्णय गरेको हो । जस अनुसार पहिलो चरणमा चन्द्रनिगाहपुरमा ४६ बेड र गौर अस्पतालमा १५ बेडको कोभिड अस्पताल सञ्‍चालन हुने भएको […]

संक्रमितले भरियो कर्णाली प्रदेश कोभिड अस्पताल, अक्सिजन अभाव

१३ वैशाख, सुर्खेत । कोरोनाको दोस्रो लहर शुरु भएसँगै वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल मातहत रहेको कोभिड-१९ अस्पताल कोरोना संक्रमितले भरिएको छ । २५ शय्याको कोभिड अस्पतालमा हाल २८ जना संक्रमित राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । जसमध्ये २७ जना संक्रमितलाई अक्सिजन दिएर राखिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा संक्रमितको संख्या […]

इराकको कोभिड अस्पतालमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

१२ वैशाख, काठमाडौं । इराकको राजधानी बगदादस्थित कोभिड अस्पतालमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । इब्न खतिब अस्पतालको आईसीयूमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । आगलागीमा परी थप ४६ जना घाइते भएका छन् । यसका साथै इब्न अस्पतालमा एक दुर्घटनाको कारण आगलागी फैलिएको र अक्सिजन […]

कटकुवा स्वास्थ्य चौकीलाई कोभिड अस्पताल बनाउने निर्णय

८ वैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले कटकुवा स्वास्थ्य चौकीलाई ‘कोभिड अस्पताल’ बनाउने भएको छ । बुधबार बसेको नगरस्तरिय कोभिड–१९ नियन्त्रण तथा रोकथाम समन्वय समितीको बैठकले कटकुवा स्वास्थ्य चौकीलाई एक सय शैयाको ‘कोभिड अस्पताल’ बनाउँने निर्णय गरेको हो । कोरोनाको दोस्रो हलर सुरु भएसँगै राजधानी वीरेन्द्रनगरमा पनि संक्रमणको जोखिम बढेकाले पुर्व तयारी स्वरुप […]

सञ्‍चालनमा आयो मकवानपुरगढीको कोभिड अस्पताल

४ चैत, मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा आएको छ । गाउँपालिकाले अस्पतालका लागि दक्ष चिकित्सकको व्यवस्था गरेपछि अस्पताल सञ्चालनमा आएको हो । मकवानपुरगढी वडा नं ३ मक्राञ्चुलीमा गत असोज महिनाको दोस्रो सातामै कोभिड अस्पताल भवन निर्माण भए पनि चिकित्सकको अभावमा सञ्चालनमा आउन सकेको थिएन । हाल मकवानपुर गढी कोभिड-१९ सङ्क्रमणमुक्त भए पनि […]

आशारामलाई कोभिड अस्पताल बनाउन खोज्दा स्थानीयको विरोध

६ भदौ, वीरगञ्ज । पानीट्यांकीस्थित आशाराम अस्पताललाई अस्थायी कोभिड अस्पताल बनाउन खोज्दा स्थानीयले विरोध गरेका छन् । बस्तीको बीचमा कोभिड अस्पताल स्थापना गर्दा संक्रमण फैलनसक्ने स्थानीयको आशंका छ । प्रहरी उपरीक्षक गंगा पन्त लगायतको टोली अस्पतालको स्थलगत अनुगमनका लागि गएको थियो । तर स्थानीयले निषेधाज्ञाको उल्लंघन गर्दै विरोधमा उत्रिएका कारण केहिबेर तनाव उत्पन्न भएको थियो […]

झापामा पनि कोभिड विशेष अस्पताल बन्दै

१० जेठ, झापा । जिल्लामा कोभिड-१९ विशेष अस्पताल बन्ने भएको छ । मेची अस्पतालको निर्माणाधीन भवनमा एक सय बेडको अस्पताल बनाउने निर्णय भएको हो । जिल्ला रेडक्रस सोइसाइटी, झापाका सभापति लोकराज ढकालले कोरोना क्राइसिस म्योनेजमेन्टको जिल्लास्तरीय समितिले यो निर्णय गरेको अनलाइनखबरलाई बताए । उनले भने, ‘उपचारका लागि प्रयोगशाला बनाउने कार्य आइतबारबाटै सुरु हुँदैछ । यसका […]