Comments Add Comment

कोरोनाभाइरस

List Grid
कोरोना संक्रमणपछि किन झर्छ कपाल ?

करीब दुई वर्षदेखि विश्वव्यापी रूपमा कोरोनाभाइरसको बिगबिगी छ । दिनानुदिन यसको संक्रमण हुने र यसबाट निको हुनेको सङ्ख्या बढ्दो छ । तथ्याङ्क अनुसार नेपालमा करीब ७.५ लाख मानिसलाई कोरोना संक्रमण भइसकेको छ । कोरोना संक्रमणले शरीरको हरेक अंगमा असर गर्ने हुँदा कपालमा पनि यसको असर देखिन्छ । शरीरमा कपालको एउटा निश्चित चक्र (फिक्स साइकल) हुन्छ […]

कुन खोप सबभन्दा उत्कृष्ट छ ?

कोरोनाभाइरस (कोभिड–१९) बाट नेपालमा मात्रै लाखौं संक्रमित भएका छन् भने झण्डै १० हजारले मृत्युवरण गरेका छन् । कोरोनाका कारण सिर्जित परिस्थितिले आर्थिक, सामाजिक र मनोवैज्ञानिक रूपमा पारेको असर त झनै भयावह छ । र, अझै केही समय कोरोनाबाट मुक्ति पाइहाल्ने स्थिति छैन । यस्तो अवस्थामा कोरोना संक्रमण हुनबाट जोगिन सबैको नजर खोपमा छ । जुन […]

सुदूरपश्चिममा थप ५ संक्रमितको मृत्यु, ३३७ जनामा संक्रमण

१२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । कैलालीका २, डडेल्धुराका २ र कञ्चनपुरका एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ३३७ जना संक्रमित थपिएका छन् । प्रदेशमा एन्टिजेन […]

कर्णालीको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा

१६ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणसँगै स्वास्थ्य, शिक्षा र कृषिलाई रोजगारीलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कर्णाली प्रदेशसभामा कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/०७८ नीति तथा कार्यक्रममा धेरैजसो पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । कर्णाली प्रदेश सरकारले कोरोनाबिरुद्ध ठुलो जनशक्ति […]

सीपीङ कम्पनीले लिने डिटेन्सन शुल्क छुट गरिदिन माग

१० जेठ, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले वस्तुको कन्टेनरमा सीपीङ कम्पनीले लिने डिटेन्सन शुल्क छुटको पहल गरिदिन सरकारसँग आग्रह गरेको छ । संघले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै लकडाउन अवधिभरको डिटेन्सन शुल्क छुटका लागि आवश्यक पहल गरिदिन सरकारसँग आग्रह गरेको हो । लकडाउनको समयमा वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा करिब ४ हजार कन्टेनर थन्किएर […]

नेपालीलाई काठमाडौं ल्याइदिन यूएईले माग्यो अनुमति

२९ वैशाख, काठमाडौं । नेपालले अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका छन् । यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र नै पठाएको छ । संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘दुई वटा विमान आउने […]

सीडीओ सा’ब चितवनमा लकडाउन खुलेको हो ?

२३ वैशाख, चितवन । लकडाउनका सुरुवाती दिनमा चितवनमा गाडी सञ्चालनमा निकै कडाइ गरिए पनि हिजोआज खुकुलो देखिएको छ । डराएर घर बसेका नागरिक पनि सवारी साधन लिएर सडकमा निस्कन थालेका छन् । यसको उदाहरण चितवनका सहरी तथा भित्री भागमा देख्न सकिन्छ। जिल्लाका मुख्य बजार क्षेत्र नारायणगढ, भरतपुर लगायतका क्षेत्रमा साँझ र बिहानको समयमा लकडाउन बिर्साउने […]

किट सकिएपछि रुपन्देहीको कोरोना परीक्षण काठमाडौंमा

२२ वैशाख, बुटवल । किट अभावमा भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आइतबारदेखि कोरोनाको प्रयोगशाला परीक्षण रोकिएपछि स्वाब संकलन गरेर काठमाडौं पठाउन थालिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख डा. उमाशंकर चौधरीले स्वाब संकलन गरेर काठमाडौं पठाइएको बताए । ‘भेरी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रयोगशालामा किट सकिएको छैन, भैरहवाको मात्रै सकिएको […]