Comments Add Comment

कोरोना भइरस

List Grid
रग्बी टिम कप्तान एलिसालाई कोरोना संक्रमण

१८ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय रग्बी महिला टिमकी कप्तान एलिसा थापालाई कोरोना संक्रमण भएको छ । बागमती प्रदेश उपसभामुखकी स्वकीय सचिवसमेत रहेकी थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेकी हुन् । थापाले २०१५ देखि राष्ट्रिय रग्बी टिममा खेल्न थालेकी थिइन् भने २०१७ देखि कप्तानको रुपमा छिन् । उनी पहिला उपकप्तान […]

उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिए

१७ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा ३८८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ३५० जना संक्रमित थपिएका छन् । ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा थपिए ५३ कोरोना संक्रमित

८ असार, काठमाडौं । गण्डकी प्रदेशका थप ५३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य निर्देनालयका अनुसार तनहुँमा १७ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये बन्दीपुरका १० जना छन् भने भिमाद र आँबुखैरेनीका ३/३ र घिरिङका एक जना छन् । यस्तै स्याङ्जाका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरुमध्ये […]

आरडीटी गरेर घर पठाएका ८७ जनामा कोरोना संक्रमण

२४ जेठ, दैलेख । भारतबाट घर फर्किएकाहरू बढेपछि जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले १० दिन क्वारेन्टिनमा बसेकाहरूलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरेर घर पठाउने निर्णय गर्‍यो । नारायण नगरपालिकाले पनि नारायण क्याम्पस र माविको क्वारेन्टिनमा रहेकाहरूको आरडीटी टेस्ट गर्दै ८२२ जनालाई घर पठायो । तर शुक्रबार एकै पटक १०८ जनामा कोरोना संक्रमण पुष्टि […]

चीनमा कोरोनाविरुद्धको खोपको पहिलो परीक्षण सफल

११ जेठ, काठमाडौं । चिनियाँ कम्पनीले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको परीक्षण नतिजा सकारात्मक आएको छ । शुक्रबार विज्ञान शोध पत्रिका लेन्सेन्टमा प्रकाशित नतिजा अनुसार चिनियाँ कम्पनीले बनाएको यो खोपको मानव परीक्षणको पहिलो चरणको नतिजा सकारात्मक देखिएको हो । यो परीक्षण १ सय ८ जनामा गरिएको थियो । पहिलो चरणमा २८ दिनसम्म उनीहरुमा […]

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ हजार नाघ्यो

११ जेठ, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार, पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसको कारण ९ सय ६५ जनाको मृत्यु भएको छ । योसँगै समग्रमा मृत्यु हुनेको संख्या २२ हजार १३ पुगेको हो । दक्षिण अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित […]

रुसमा कोरोनाबाट एकैदिनमा मृत्यु हुने अहिलेसम्मकै सबैभन्दा धेरै

९ जेठ, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड–१९) का कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ । रुसले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा यहाँका एक सय ५० जनाको मृत्यु भएको हो । यससँगै रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार २४९ पुगेको छ । रुसको कोरोना भाइरस क्राइसिस रेस्पोन्स […]

राहत वितरण गर्दा ध्यान दिनैपर्ने कुराहरु

“मेरो बच्चा २४ दिनको भयो ।….आफ त जसोतसो बाचौला, बच्चालाई खुवाउने कुराको अभाव भो” “…कार्यक्रम हेरिरहनुभएको कसैले राहत वितरण गरिरहनुभएको छ वा कसैले सहयाग गर्न चाहनुहुन्छ भने उहाँलाई सहयोग गरिदिनु होला, बच्चालाई कम्तिमा एक महिनाका लागि पुग्ने पाउडर दूध दिनुहोला….।” एक टेलिभिजन कार्यक्रममा प्रस्तोता र फोन सम्पर्कमा आएकी सुत्केरीबीचको कुराकानी हो यो । लकडाउन भएको […]

ढुंगो बोल्छ, गृहमन्त्री बोल्दैनन् !

५ वैशाख, काठमाडौं । राष्ट्रिय विपदका बेलामा संसारभरिका जनताले आफ्नो देशको गृहमन्त्रालयलाई सम्झन्छन् । घरमा पनि यस्तै हो, विपतमा आमालाई, अभिभावकलाई सम्झिइन्छ । हाम्रा गृहमन्त्रीचाहिँ यो महामारीका बेला कानमा खोकनाको शुद्ध तोरी तेल हालेर पुल्चोकस्थित मन्त्रिनिवासमा घाम तापिरहेका छन् । नागरिकलाई जति गाह्रो–साह्रो परोस्, गृहमन्त्री सुन्दैनन्, सुनिँदैनन् । गृहमन्त्री रामबहादुर थापा बादल राजनीतिमा लागेदेखि नै […]

चितवनका २ नमुना शंकास्पद, थप परीक्षणका लागि काठमाडौं पठाइयो

५ वैशाख, चितवन । भरतपुर कोभिड-१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमुना शंकास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाइएको छ । बिहीबार भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा दुई जनाको नमुना शंकास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ । बुधबार र्‍यापिड डायग्नोस्टिक टेस्टका क्रममा एक महिलामा कोरोना एन्टीबडी पोजेटिभ आएको थियो । उनी […]

कोरोनाको महामारी नसकिएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा

१ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय प्रधानमन्त्रीले गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी समाप्त नहुन्जेलसम्म पारिश्रमिक नलिने निर्णय गरेको जानकारी दिएका हुन् । आवश्यक […]

कोरोना : अमेरिकामा २४ घण्टामा २००० बढीको मृत्यु

कोरोना भइरसको तुफानी विध्वांस सर्वत्र मच्चिएको छ । अहिले अमेरिकामा कोरोना भाइरसको अधिक असर देखिएको छ । बिबिसी हिन्दीमा लेखिएको छ, ‘कोरोना भाइरसको संक्रमणबाट एक दिनमा २ हजार बढीको मृत्यु भएको छ ।’ यसअघि २४ घण्टाभित्र यत्तिका धेरै मृत्युदर थिएन । अमेरिकामा नै पहिलो पटक २४ घण्टाभित्र २ हजार १ सय ८ जनाले ज्यान गुमाए, […]