Comments Add Comment

कोरोना भ्याक्सिन

List Grid
बाढी पहिरो प्रभावित नागरिकलाई कोरोना खोप दिने तयारी

११ असार, काठमाडौं । सरकारले बाढी पहिरो प्रभावित नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने तयारी थालेको छ  । सिन्धुपाल्चोक, मनाङ लगायतका पालिकाका विस्थापित नागरिकलाई खोप लगाउने तयारी थालिएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले अनलाइनखबरलाई जानकारी दिए । ‘सिन्धुपाल्चोक, मनाङलगायत केही पालिकाका नागरिकहरु बाढीपहिरोबाट विस्थापित भएका छन्,’ डा गौतमले भने, ‘उहाँहरु घरबारबिहीन […]

खोप किन्न किन चुक्यो सरकार ?

१ जेठ, काठमाडौं । बिहीबार पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सम्बोधन गर्दै एक ट्वीट गरे । आचार्यले आफ्नो ट्वीटमा अहिलेको कोरोना महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि सरकारलाई पाँचबुँदे सुझाव दिए । उनले मानवीय संकट घोषणा गर्न, मित्रराष्ट्रहरूबाट के–कति सहयोग चाहिएको हो सूची तयार पार्न, सहयोगका लागि सरकारप्रमुख तहमा पत्र पठाउन, […]

तपाईंको यस्तो बानी, जसले कोरोना खोपको असर कम गर्न सक्छ

यतिबेला हामी कोरोना खोपको प्रतीक्षामा छौं । खासगरी रुसले तयार गरेको ‘स्पूतनिक–भि’ खोपलाई धेरैले विश्वसनीय मानेका छन् । यद्यपि उक्त खोपको पनि कतिपय साइड इफेक्ट हुने बताइन्छ । रुसका प्रधानमन्त्रीको चेतावनी रुसमा अहिले सर्वसाधरणलाई स्पूतनिक भि खोप दिन सुरु गरिएको छ । त्यहाँका एक लाख भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । यसैक्रममा रुसका उपप्रधामन्त्री […]

‘कोरोना भ्याक्सिन’माथि साइबर हमला, माइक्रोसफ्टले दियो चेतावनी

काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा जुटिरहेका कम्पनीहरुका डाटा चोरी गर्नका लागि रुसी र उत्तर कोरियाली ह्याकरहरुले प्रयास गरिरहेको माइक्रोसफ्टले जनाएको छ । भ्याक्सिन सम्बन्धी डाटाहरु चोरी गर्नका लागि रुस तथा उत्तर कोरियाका राज्य प्रायोजित ह्याकरहरुले प्रयास गरिरहेको तथ्य पत्ता लागेको माइक्रोसफ्टको भनाई छ । एक ब्लग पोष्टमार्फत् माइक्रोसफ्टले भनेको छ, ‘महामारी विरुद्ध लडिरहेका स्वास्थ्य […]

कोरोनाविरुद्ध चिनियाँ खोप प्रयोग गर्ने ब्राजिलको निर्णय

५ कात्तिक, काठमाडौं । ब्राजिलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ । ब्राजिलको साओ पाउलोका गभर्नर जोआओ डोरियाले संघीय सरकारले राष्ट्रिय खोप कार्यक्रममा चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरिरहेको खोपको प्रयोग गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । उनका अनुसार ४ करोड ६० लाख डोज कोरोना खोपको लागि सम्झौता पनि भइसकेको […]

कोरोना भ्याक्सिन र उपचारमा सबैको पहुँच सुनिश्चित गर्ने प्रस्तावमा विकसित मुलुक बाधक

३ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिका र भारतले विश्व व्यापार संगठनमा कोभिड–१९ को भ्याक्सिन, उपचार, परीक्षण लगायतका विषयमा बौद्धिक सम्पत्ति र अन्य अन्तर्राष्ट्रिय सम्झौतालाई खुकुलो बनाउन प्रस्ताव गरेका छन् । भ्याक्सिन र उपचारमा धनी–गरिब सबै मुलुकको समान पहुँच सुनिश्चित गर्न यस्तो प्रस्ताव गरिएको उनीहरुले बताएका छन् । यसको उद्देश्य भ्याक्सिन उत्पादनदेखि अन्य परीक्षणका लागि आवश्यक […]

व्यक्ति बिरामी भएपछि अक्सफोर्डले रोक्यो कोरोना भ्याक्सिनको ट्रायल

२४ भदौ, काठमाडौं । कोरोना भाइरसविरुद्ध बनाइएको भ्याक्सिनबाट एक व्यक्ति बिरामी भएपछि अक्सफोर्ड युनिभर्सिटीले क्लिनिकल ट्रायल स्थगित गरेको छ । अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको भ्याक्सिनको व्यग्र प्रतिक्षा भइरहेको बेला यो घटनाले ठूलो धक्का लागेको बीबीसीले उल्लेख गरेको छ । हाल विश्वभरमा करिब एक दर्जन स्थानमा कोरोनाविरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायल जारी छ । तर जानकारहरुका अनुसार […]

कोरोनाको भ्याक्सिन : विश्वमा के हुँदैछ, नेपालले के गर्नुपर्छ  ?

कोभिड महामारीको नराम्रो पक्ष त थुप्रै छन् । राम्रो पक्षचाहिँ जुन रफ्तारमा औषधि उपचार, परीक्षण र भ्याक्सिनको विज्ञान र प्रविधिको विकास भइरहेको छ, त्यो अत्यन्तै सुखद छ । सामान्यतया पहिले-पहिले भ्याक्सिन बनाउन १५-२० वर्षसम्म लाग्ने गर्थ्यो । आजसम्म सबैभन्दा छिटो बनाइएको भ्याक्सिनलाई पनि ४ वर्ष लागेको थियो । अहिले भने एक वर्षभन्दा कम समयमा धेरै […]

कोरोनाविरुद्धको भ्याक्सिनलाई अनुमति दिन हतार नगरौं : डब्ल्यूएचओ

१६ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने बताएको छ । बिभिन्न देशहरुले बिभिन्न चरणमा भ्याक्सिनको ट्रायल गरिरहेका बेला डब्ल्यूएचओको यो भनाइ सार्वजनिक भएको हो । डब्ल्यूएचओका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले पत्रकार भेटघाटमा भ्याक्सिनलाई मन्जुरी दिने प्रक्रियालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको बताए । […]

कोरोनाको खोपका लागि अझै कति समय पर्खनुपर्छ ?

सन् २०२० अगष्ट ११ मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजन सम्बोधनका क्रममा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको पहिलो खोप बनेको घोषणा गरे । रुसले निर्माण गरेको भनिएको खोपको नाम ‘स्पुतनिक भी’ दिइएको छ । रुसी भाषनमा स्पुतनिकको अर्थ स्याटेलाइट भन्ने हुन्छ । सोभियत संघले १९५७ मा विश्वको पहिलो स्याटेलाइट बनाएको थियो । उक्त स्याटेलाइटको नाम पनि […]

कोरोना भ्याक्सिन बनाउने वैज्ञानिकलाई डब्ल्यूएचओले दियो बधाइ

६ साउन, काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) स्वागत गरेको छ । भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई डब्ल्यूएचओले बधाइसमेत दिएको छ । यद्यपि फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ । जेनेभामा एक प्रेस कन्फ्रेन्समा बोल्दै डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा. माइक […]