Comments Add Comment

गरिबी निवारण कोष

List Grid
गरिबी निवारण कोष खारेज

१५ जेठ, काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने उनले बताए । यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिए ।

सहकारीको संख्या ६७ हजार पुग्दैछ !

२९ जेठ, काठमाडौं । सहकारी संघ-संस्थाहरूको संख्या ह्वात्तै बढ्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८को बजेट वक्तव्यमा समावेश भएअनुसार सामुदायिक संस्थाहरूलाई सहकारीमा रुपान्तरण गरिने भएपछि सहकारीको संख्या बढ्ने भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै गरिबी निवारण कोषद्वारा प्रवर्द्धित सामुदायिक संस्थाहरूलाई सहकारीमा रुपान्तरता गर्ने उद्घोष गरेका थिए । बजेटमा उद्घोष भएअनुसार […]

गरिबी निवारण कोषमा भ्रष्टाचारको गन्ध नआओस् : प्रधानमन्त्री

२४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम देखिने गरी काम गर्न गरिबी निवारण कोषलाई निर्देशन दिएका छन् । कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाइए सैहृय नहुने बताएका छन् । ‘प्रधानमन्त्रीले हरेक संस्था परादर्शी ढंगले चल्नुपर्‍यो, भ्रष्टाचारका गन्ध आउनुभएन । परिणाम देखिने गरी काम गर्नुपर्‍यो […]

गरिबी कोषका कर्मचारीको करार अन्त्य, २८ हजार सामुदायिक संस्थाको १८ अर्ब के होला ?

१९ मंसिर,काठमाडौं । सरकारले गरिबी निवारण कोषमा उपाध्यक्ष र कार्यकारी निर्देशक नियुक्ति गरे लगत्तै कोषमा कार्यरत सबै कर्मचारीको करार अन्त्य गरेको छ । विश्व वैंकको अनुदानबाट तलब खाइरहेका करिब ६० जना कर्मचारीलाई अब विश्व वैंकको परियोजना सकिएपछि अवकाशको पत्र थमाएको हो । भ्रष्टाचार र यौनकाण्डमा मुछिएका यसअघिका पदाधिकारीले राजीनामा दिएपछि रिक्त रहेको उपाध्यक्षमा गत साता […]

गरिबी निवारण कोषले ५८ जिल्लामा पौने चार अर्ब लगानी गर्ने

९ भदौ, काठमाडौं । गरिबी निवारण कोषले चालू आर्थिक वर्षमा ५८ वटा जिल्लामा ३ अर्ब ८२ करोड २८ लाख रुपैयाँ लगानी गर्ने भएको छ । कोषले नियमिततर्फ ५५ र सिर्जनशीलतर्फ ३ जिल्लामा गरी ५८ जिल्लामा लगानी गर्ने भएको हो । कोषले यो बजेट अन्तर्गत २५ सय ६२ आय-आर्जन, २ सय ८ सामुदायिक भौतिक पूर्वाधार परियोजना, […]

सरकारी अध्ययनको निश्कर्षः भूकम्पले १५ देखि २० प्रतिशत गरिब बढे

२५ वैशाख, काठमाडौं। गत वर्ष वैशाखमा आएको भूकम्पले मानिसको मृत्यु, भौतिक संरचनाको क्षति र पशुधनको नोक्सानीले गरिबीलाई झन बढाएको एक अध्ययनले देखाएको छ । गरिबी निवारण कोषले आफ्ना कार्यक्रम लागू भएका रसुवा, सिन्धुपाल्चोक र सिन्धुली जिल्लामा गरेको अध्ययनमा भूकम्पपछि करिब १५ देखि २० प्रतिशत घरपरिवार गरिबीको अवस्थामा पुगेको जनाएको छ । भूकम्पलगायत प्राकृतिक विपत्को सामना र […]

गरिबी निवारण कोषका ३६ अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्धा, ४ करोड हिनामिनाको आरोप

५ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिबी निवारण कोषमा चार करोड ३४ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । कोषका ३६ जना अधिकारी विरुद्ध अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । कोषका कार्य प्रवन्धक, लेखा अधिकृत, लेखा सहायक, वित्त तथा प्रशासन प्रमुख तथा कार्यकारी […]