Comments Add Comment

गिट्टी

List Grid
‘गिट्टी-बालुवा अवाञ्छित र अदृश्य तत्वको हातमा छ’

सडक विभागले ठूलो मात्रामा आफ्ना आयोजनामा विभिन्न खानी तथा नदीजन्य सामग्रीको प्रयोग गर्छ । हामीले वर्षमा मोटामोटी ग्राभेल, ढुंगा, गिट्टी र बालुवा मात्रै करीब ७५ लाख घनमिटर प्रयोग गर्छौं । यसलाई पैसामा हिसाब गर्दा वर्षमा करीब २० अर्ब मूल्य बराबरको ढुंगा, गिट्टी र बालुवाको उपभोक्ता सडक विभाग एक्लै हो । त्यसैगरी संघ, प्रदेश, पूर्वाधार निर्माणमा […]

ढुंगा,गिट्टी, बालुवा : भू-राजनीति र चुनावी अर्थ-राजनीति

सरकारले बजेट वक्तव्य मार्फत ढुङ्गा, गिट्टी, बालुवाको निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने घोषणा गरेपछि सरोकारवालाहरूबाट चुरे क्षेत्रको विनाश भई तराई मधेशमा मरुभूमीकरण तीव्र हुने भन्दै यसको व्यापक विरोध भयो । त्यसको सम्बोधनार्थ अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्ति, अन्य सरकारी सूचना तथा यो निर्णयको बचाउमा गरिएका टिप्पणीहरूमा मूलतः तीन वटा तर्कहरू पाइन्छन् । पहिलो, जोसँग […]

ढुंगा गिट्टीको विषयमा विपक्षीले मागे प्रदेश-१ सरकारको धारणा

२८ जेठ, विराटनगर । प्रदेश-१ को प्रदेशसभामा विपक्षी दलले ढुंगा गिटी विदेश निर्यातको विषयमा प्रदेश सरकारको धारणा माग गरेको छ । शुक्रबार नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य मोहनकुमार खड्काले संघीय सरकारले बजेटमा राखेको ढुंगा गिटीको निर्यातको विषयमा प्रदेश सरकारको धारणा माग गरेका हुन् । ‘कि, म माटो बेचेर सत्ता टिकाउन संघीय सरकारलाई सघाउँछु भनेर घोषणा […]

गिट्टी-बालुवाको निकासी इतिहास : ४० अर्बको कारोबार, ४६ करोड भन्सार !

२३ जेठ, काठमाडौं । चुरेको ढुङ्गा, गिट्टी, बालुवा भारत निकासी गर्ने सरकारी निर्णय विवादमा फसेको छ । यो नीतिले अर्थतन्त्रमा टेवा पुग्ने भन्दै अडान लिएको सरकारलाई विज्ञहरुले ढुङ्गा, गिट्टी, बालुवा निकासीको योगदान दर कतिसम्म हुन्छ भनेर सोध्न थालेका छन् । अहिले देशभित्रै निर्माण समाग्रीको अभाव भएको अवस्थामा निकासी खुलेमा त्यसको लाभ सरकार र जनताले नभएर […]

ढुंगा, गिट्टी र बालुवाको विकल्प : जल व्यापार

नेपालबाट ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने घोषणाले सरकारको अर्थनीति, कूटनीति र राजनीतिका धेरै पक्ष छर्लङ्ग भएका छन् । भारतले खरीद गर्ने चाख नदेखाएको भए बजेट भाषणमा यो प्रसङ्ग आउने थिएन ।

ढुंगा-गिट्टी निर्यात योजना फिर्ता लिन नागरिक अगुवाको माग

२२ जेठ, वीरगञ्ज । जागरुक नागरिक समाजले ढुंगा, गिट्टी, र बालुवा निकासी खुल्ला गर्ने निर्णय फिर्ता लिन माग गरेका छन् । देशका विभिन्न स्थानमा फरक-फरक पेसा व्यवसायमा आवद्ध ३८ जनाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै योजना फिर्ता लिन माग गरेका हुन् । शिक्षाविद डाक्टर हेमराज पन्त, अभियन्ताहरु जगन्नाथ लामिछाने, प्रेम सापकोटा, कञ्चनपुरका वरिष्ठ अधिवक्ता रमेशदेव […]

ढुङ्गा, गिट्टी निर्यातको योजना : आमाको मिर्गौला बेचेर श्रीमतीलाई गहना दिएजस्तो

२२ जेठ, बुटवल । सरकारले ढुङ्गा गिट्टी भारत निर्यात गरेर व्यापार घाटा कम गर्ने बजेट वक्तव्यमार्फत सार्वजनिक गरेको नीतिको लुम्बिनी प्रदेशका नागरिक अगुवाहरुले चर्को विरोध गरेका छन् । भारतलाई खुशी बनाउन र उसको आवश्यकता पूरा गरिदिन राष्ट्रकै विरुद्ध नांगो दलाली भएको नागरिक अगुवा बताउँछन् । यो नीतिभित्र स्थानीय तहबीच द्वन्द्व बढाइदिएर संघीयतालाई असफल बनाउने खेल […]

जीवन धान्न गिट्टीको सहारा

१४ माघ, जाजरकोट । माघको चिसो, सडकको छेउमा एकाबिहानै रुकुमपश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारेस्थित ६५ वर्षीय पुतली परियार गिट्टी कुट्दै गरेको भेटिन्छिन् । उमेर जति बुढो भए पनि उनका कर्मशील हात भने गिट्टीमा कुदिरहेका छन् । गिट्टी कुटेर दैनिक ६ सयभन्दा बढी कमाउने गरेको उनको भनाइ छ । छोराछोरीले पालनपोषण गर्ने उमेरमा उनलाई गिट्टी कुट्न रहर […]

गिट्टी कुटेर परिवार धानेका रुकुम पश्चिमका महिला

२ मंसिर, मुसिकोट । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिका-३ डाँराकमदकी बिना वादी उमेरले ३६ वर्षको भइन् । उनको साथमा दुई छोरा र दुई छोरी छन् । ८ वर्षअघि बिनाका पति गङ्गाराम वादीले दोस्रो बिहे गरे । त्यसयता परिवार लालनपालनको सबै जिम्मेवारी बिनाको काँधमा आयो । बिहेपछि भारत पसेका गङ्गाराम अहिलेसम्म घर फर्केका छैनन् ।  तर, […]