Comments Add Comment

गैंडाकोट नगरपालिका

List Grid
गैंडाकोटका नगर प्रमुखलाई कोरोना संक्रमण

१७ कात्तिक, चितवन । नवलपुरको गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो । १५ कात्तिकमा स्वाब दिएकोमा उनीमा आइतबार संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए । पौडेललाई ज्वरो र रूघाखोकीको समस्या छ । नगरप्रमुख […]

गैंडाकोट नगरपालिका एकसाताका लागि सिल

१ साउन, चितवन । नवलपुरको गैंडाकोट नगरपालिका एकसाताका लागि सिल गरिएको छ ।इलाका प्रहरी कार्यालय गैंडाकोटमा कार्यरत ५ जना प्रहरी कर्मचारीसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले भोलि शुक्रबारदेखि लागू हुने गरी एकसाताका लागि नगर क्षेत्र सिल गर्ने निर्णय गरेको हो । नगरपालिकाका अनुसार पाँच जना प्रहरी कर्मचारीसहित होम क्वारेन्टिनमा बसेका ८ जना, नगरपालिकाको […]

गैंडाकोट नगरपालिकामा तीन दर्जन घर डुबानमा

२८ असार, चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. १, २ र ४ नम्बर वडाका करिब तीन दर्जन घरहरु डुबानमा परेका छन् । केही दिनयता परिरहेको पानीका कारण खोल्सा र नालाहरुमा आएको बाढीले निकास नपाउँदा घरहरु डुबानमा परेका हुन् । कतिपय स्थानमा पूर्वपश्चिम राजमार्ग र धान–मकै बाली पनि डुबेका छन् । वडा नं. १ […]

नारायणगढ–बुटवल सडक विस्तारलाई गति दिन आग्रह

१ असार, चितवन । लकडाउनका कारण निकै सुस्त बनेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामलाई गति दिन गैंडाकोट नगरपालिकाले आग्रह गरेको छ । गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले सडक विस्तारको काम निकै सुस्त गतिमा भएकाले गति दिन आयोजना समक्ष अनुरोध गरेको बताए । उनले गैंडाकोट क्षेत्रमा पर्ने सडकखण्डमा काम अघि बढाउन आवश्यक व्यवस्थापकीय काममा नगरपालिकाको तर्फबाट सहजीकरण […]

गैंडाकोट नगरपालिका विवाद : मेयर चौतारोमा, उपमेयर कुर्चीमा

२७, भदौ, चितवन । नवलपुरको गैंडाकोट नगरपालिकामा केही दिनदेखि मेयर र उपमेयरबीचको विवाद उत्कर्षमा पुगेको छ । तीजको दिन विहानै नगरपालिकामा पुग्दा उपमेयर विष्णु कँडेल महिलाहरुको ठूलो समूहसहित कार्य कक्षमा बसिरहेकी थिइन् । नगरपालिकाका मेयर छत्रराज पौडेल नगरपालिका गेट बाहिरको चौतारोतिर थिए । मेयरको कार्यकक्षमा उपमेयर कँडेलले मंगलबार ताला लगाएपछि मेयर अलपत्र परेका हुन् । […]