Comments Add Comment

गोपाल पराजुली

List Grid
प्रमाणपत्र विवादमा गोपाल पराजुलीपछि दीपकराजको पालो

११ साउन, काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा बस्ने व्यक्तिको शैक्षिक प्रमाणपत्र र जन्ममितिमै नै प्रश्न उठ्नु वा उठाइनु शोभनीय होइन । अरुका मुद्दा र विवाद मिलाउने न्यायाधीश आफैं विवादको पोको बोकेर बेञ्चमा बस्दा न त न्यायालयको गरिमा बढ्छ, न स्वयं न्यायाधीशकै । तथापि नेपालको न्यायिक इतिहासमा यस्तै दुर्भाग्य हुन थालेको छ । अघिल्ला […]

प्रधानन्यायाधीशको प्रमाण पत्रमा किन उठ्दैछ प्रश्न ?

११ साउन, काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा बस्ने व्यक्तिको शैक्षिक प्रमाणपत्र र जन्ममितिमै नै प्रश्न उठ्नु वा उठाइनु शोभनीय होइन । अरुका मुद्दा र विवाद मिलाउने न्यायाधीश आफैं विवादको पोको बोकेर बेञ्चमा बस्दा न त न्यायालयको गरिमा बढ्छ, न स्वयं न्यायाधीशकै । तथापि नेपालको न्यायिक इतिहासमा यस्तै दुर्भाग्य हुन थालेको छ । अघिल्ला […]

डा. केसीको माग : गोपाल पराजुलीमाथि छानबिन गरी कारबाही गरियोस्

२० वैशाख, काठमाडौं । डा. गोविन्द केसीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन् । पराजुलीले आफ्नो कार्यकालमा भ्रष्टाचार र न्यायिक अपचलन गरेको भन्दै त्यसको उचित छानबिन र कारबाही गर्न माग गरेका हुन् । पराजुलीले आफ्नो गलत क्रियाकलाप लुकाउन  र राज्यबाट बढी सुविधा पाउन अनेक उपाय लगाइरहेको भन्दै केसीले त्यसका लागि सरकारी […]

पराजुलीविरुद्ध अवहेलना मुद्दा : सर्वोच्चले झिकायो कैफियत प्रतिवेदन

८ चैत, काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने नहुने विवादमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले निवेदन दर्ता नहुनुको कारण उल्लेख भएको प्रतिवेदन पेश गर्न आदेश दिएको हो । मनोज अधिकारीले पराजुली प्रधानन्यायाधीश रहँदा नै अदालतको अवहेलनामा मुद्दा हालेका थिए तर, सर्वोच्च प्रशासनले […]

गोपाल पराजुलीमाथि छानविन गर्नुपर्छः डा. केसी

४ चैत, काठमाडौं । प्रा. डा. गोविन्द केसीले पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गर्न माग गरेका छन् । जन्ममिति विवादमा परेका तत्कालीन प्रधानन्यायाधीश पराजुली हालै मात्र पदमुक्त भएका थिए । पराजुली पदमुक्त हुनु विधिको शासन स्थापनाको दिशामा महत्वपूर्ण उपलब्धी भएको डा. केसीले बताएका छन् । उानले सोमबारदेखि गर्ने भनिएको आमरण अनसन पनि स्थगित गरेका छन् […]

‘प्रधानन्यायाधीशको पदावधि सडक, सञ्चार र राजनीतिले निरुपण गर्ने होइन’

२ चैत, काठमाडौं । पूर्वन्यायाधीशहरुले प्रधानन्यायाधीशको पदावधि विवाद सडक, सञ्चार र राजनीतिबाट निरुपण हुने विषय नभएको बताएका छन् । हालै देखिएको प्रधानन्यायाधीशको पदावधि विवादमा मुख खोल्दै पूर्वन्यायाधीश फोरमले यस्ता विवाद न्यायिक मूल्य मान्यताको आधारमा निरुपण गर्नुपर्ने धारणा राखेको छ । महासचिव शम्भुबहादुर खड्काले विज्ञप्ति जारी भनेका छन् ‘प्रधानन्यायाधीश वा न्यायाधीशको पदावधिको विवाद सडक, सञ्चार र […]

नेपाल बारले भन्यो : न्यायपरिषद सचिवको पत्र अवैधानिक

२ चैत, काठमाडौं । कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले न्यायपरिषदका सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त भएको जानकारी गराउँदै लेखेको पत्रले कानुन र न्यायको ठाडो उलंघन गरेको निश्कर्ष निकालेको छ । शुक्रबार विज्ञप्ति जारी गरी बारले आफ्नो पदीय मर्यादा ख्याल नगरी न्याय परिषद बैठकबाट भएको निर्णयलाई समेत वेवास्ता गरी न्याय परिषद सचिवले […]

गोपाल पराजुली भूपू भइसक्नुभो, हठ गरेर हुन्न : कामु प्रधानन्यायाधीश जोशी

१ चैत, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायालयलाई व्यवस्थित बनाउने आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । जोशीले न्यायपालिकाप्रति जनताको आस्था पहिलेकै जस्तो बलियो बनाउन आफू लागिपर्ने बताएका छन् । प्रधानन्यायाधीशको कार्यकक्षमा विहीबार पत्रकारहरुसँग कुरा गर्दै जोशीले अदालत विवादित बनेको र न्यायपालिकाप्रति सडकमा जनताले टिप्पणी गर्न थालेको स्वीकारे । उनले भने ‘हाम्रै कारणले […]

अदालत-कान्तिपुर प्रकरण : अवहेलना कि प्रेस स्वतन्त्रता संकुचन ?

सर्वोच्च अदालतका निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीको विभिन्न दस्तावेजहरुमा फरक-फरक पाँच जन्ममितिहरु फेला परेको भनी कान्तिपुर दैनिकमा गत माघ २७, २८ र २९ गते समाचार र ‘फलोअप’ प्रकाशन भए । त्यसअघि पनि विवादित फैसला, बहु जन्ममिति, शैक्षिक प्रमाणपत्र आदिका कारणले पराजुली चर्चामै थिए । पाँचओटा जन्ममिति शीर्षकको समाचारले प्रधानन्यायाधीश पराजुलीका बारेमा सर्वत्र चासो बढ्दै गर्दा कान्तिपुर […]

अदालत जान्छु भनेका पराजुली किन मोडिए शीतलनिवास ?

१ चैत, काठमाडौं । न्यायपरिषदको सचिवले आफूलाई पदमुक्त गर्नै नसक्ने भन्दै गोपालप्रसाद पराजुलीले विहीबार नियमितरुपमा सर्वोच्च अदालत जाने प्रतिक्रिया दिएका थिए । विहीबार बिहान पराजुलीसँग सम्पर्क गर्दा पनि उनी अदालत जाने तयारीमै थिए । तर, एकाएक रामशाहपथको बाटो मोडिएर उनी शीतलनिवासतर्फ लागेपछि सर्वोच्च अदालतमा माहौल फेरियो । जोशीको हतारो बिहान १० बजेसम्म पनि पराजुलीनिकट सर्वोच्च […]

राष्ट्रपतिको सपथलाई वैधानिक मान्ने कि न्यायपरिषद पत्र ?

३० फागुन, काठमाडौं । बुधबार अपराहृन शीतल निवासमा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको सपथ ग्रहणको सबै तयारी पुरा भइरहेको थियो । न्यायाधीशहरुको बेञ्च बहिस्कारका बीच मुद्दा हेरिरहेका प्रधानन्यायाधीश गोपाल पराजुली पनि राष्ट्रपतिलाई सपथ गराउन शीतल निवास पुगे । तर, सपथ सुरु हुनु केहीबेर अगाडि न्याय परिषद् सचिवालयको एउटा पत्र सञ्चारकर्मीहरु कहाँ आइपुग्यो । जसमा भनिएको छ […]

सर्वोच्चका आठ न्यायाधीशद्वारा दोस्रो दिन पनि इजलास बहिस्कार

३० चैत, काठमाडौं । प्रधानन्यायाधीशको वैधतामाथि प्रश्न उठाउँदै मंगलबारदेखि इजलाश बहिस्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुले बुधबार पनि इजलास चलाएनन् । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूसँग असहमत रहेका चोलेन्द्र शम्शेर जबराको भने बुधबार पनि इजलास तोकेनन् । चोलेन्द्रले सोमबार इजलासमै लिखित वक्तव्यमार्फत पराजुलीको पदावधि गत साउनमै सकिएको भन्दै उनले तोकेको इजलास बहिस्कार गर्ने जनाएका थिए । उनको […]

गोपाल पराजुलीलाई प्रधानमन्त्रीको प्रश्न : प्रमाणपत्रमाथि प्रमाणपत्र, के गरेको यो ?

३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरुबीच देखिएको विवादबारे मुख खोलेका छन् । बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका ओलीले भने, सर्वोच्च अदालतमा हेर्नुस् त, प्रधानन्यायाधीश र प्रधानन्यायाधीशको रोलक्रममा भएकाहरुको अवस्था ।’ कतिलाई प्रधानमन्त्रीले न्यायालयबारे नबोले हुन्थ्यो भन्ने लागेको भन्दै उनले अघि भने, प्रधानमन्त्री एउटा […]

कांग्रेसको खबरदारीः प्रधानन्यायाधीशलाई महाअभियोग नलगाऊ

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसले प्रधानन्यायाधीश गोपाल पराजुलीको पक्षमा उभिएको छ । पराजुलीलाई लिएर सर्वोच्चको न्यायाधीशहरु नै विभाजित भइरहेका बेला सत्तारुढ दलहरुभित्र प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने चर्चा पनि चल्न थालेको छ । तर, कांग्रेसले त्यसो नगर्न खबरदारी गरेको छ । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन नपाइने बताए । […]

गोपाल पराजुलीलाई न्यायिक प्रक्रियाबाट अलग हुन राष्ट्रपतिको सुझाव

३० फागुन, काठमाडौं । दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीबाट सपथग्रहण गर्नुअघि अनौपचारिकरुपमा कानुनी र राजनीतिक परामर्श लिएकी छन् । सर्वोच्च अदालतका ९ न्यायाधीशले पराजुलीले तोकेको इजलास अश्वीकार गरेपछि प्रधान्यायाधीश विवादमा छन् । संविधानअनुसार राष्ट्रपतिले प्रधानन्यायाधीशबाट सपथ लिनुपर्छ । तर विवादित प्रधानन्यायाधीशबाट सपथग्रहण गर्ने सन्दर्भमा सञ्चार माध्यमहरुबाट विभिन्न टीकाटिप्पणी भएपछि राष्ट्रपतिले […]

प्रधानन्यायाधीशको बचाउमा उत्रिए सर्वोच्चका कर्मचारी युनियन

२९ फागुन, काठमाडौं । प्रधानन्यायाधीश र न्यायाधीशहरुको विवादका कारण न्यापालिकानै विवादमा परेका बेला सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको पक्षमा उभिएको छ । सर्वोच्चमा कार्यरत कर्मचारी संगठनहरुले अविलम्ब पूर्ण बैठक बसी समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन् । न्यायाधाशीहरुका कारण उत्पन्न समस्या समयमै समाधान नगरिए बेन्च बहिस्कार गर्ने न्यायाधीशहरुको राजीनामा मागसहित आन्दोलनमा उत्रिने […]

गोपाल पराजुलीलाई शीतलनिवासको आश, बालुवाटारको त्रास !

सोमबार साँझ दुई तिहाई भन्दा बढी मतका साथ दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित विद्यादेवी भण्डारीले राष्ट्रपतिका हैसियतमा कामकाज गर्न अब पुनः पद तथा गोपनीयताको सपथ लिनुपर्छ । तर, जोबाट सपथग्रहण गर्नुपर्ने हो, त्यही व्यक्ति नै विवादमा परेपछि शीतलनिवासमाथि नैतिक संकट आएको छ । विद्या भण्डारी राष्ट्रपति निर्वाचित हुनुअघि नै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले समय मागेर आइतबार […]

गोपाल पराजुलीको पक्ष र विपक्षमा बार विभाजित

२९ फागुन, काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीको पक्ष र विपक्षमा नेपाल बार एशोसिएसन विभाजित भएको छ । सोमबार न्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानन्यायाधीश गोपाल पराजुलीले साउनमा नै अवकाश पाएको भन्दै बेञ्च बहिस्कार गरेका थिए । यो घटनापछि सर्वोच्च अदालतको बेञ्चसमेत विभाजित बनेको छ । र, मंगलबार केही इजलासहरु चल्न सकेका छैनन् । सर्वोच्च अदालतमा देखिएको विवादबारे […]

ओली र प्रचण्डले गोपाल पराजुलीलाई बालुवाटार बोलाए

२९ फागुन, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड मंगलबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे । बालुवाटारमा प्रधानमन्त्रीनिवासभन्दा पश्चिमपटि्ट प्रधानन्यायाधीश गोपाल पराजुलीको निवास छ । वर्तमान प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्ड पार्टी एकता, सरकार विस्तारलगायतका विषयमा कुरा गर्न भेला भएका थिए । तर, त्यहाँ कुरा भयो, सर्वोच्च अदालतको आन्तरिक विवादबारे । सोमबार सर्वोच्च अदालतमा […]

डा. केसीको मागः पराजुलीलाई जेल हाल्नुपर्छ

१२ फागुन, काठमाडौं । प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली लड्दा अदालतको मानहानी हुन्छ भने आजीवन जेल बस्न तयार रहेको बताएका छन् । तर, पराजुलीलाई निकालेरै छाड्ने उनको दाबी छ । पराजुलीको राजीनामा माग गर्दै भएको माइतीघर मण्डलामा भएको प्रदर्शनमा डा. केसी पनि सहभागी भएका थिए । भ्रष्टाचार गर्न पाउँदासम्म पराजुलीले राजीनामा नदिने भन्दै […]

डा. गोविन्द केसीले भने – माफिया डन गोपाल पराजुली हत्यारा हुन् (भिडियोसहित)

 १७ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली अपराधी र ‘हत्यारा’ भएको टिप्पणी गरेका छन् । सत्याग्रही डा. केसीले पछिल्लो समय प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै आएका छन् । उनीविरुद्ध परेको मानहानीको मुद्दा सर्वोच्चमा विचाराधीन छ । त्यही मुद्दामा आफ्नो पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई ज्यान […]