Comments Add Comment

जोन्सन एण्ड जोन्सन

List Grid
अमेरिकी कोरोना खोप लगाएका २८ जनाको मृत्यु भएपछि दक्षिण अफ्रिकामा अनुसन्धान शुरु

८ साउन, काठमाडौं । दक्षिण अफ्रिकामा अमेरिकी कम्पनीहरुले बनाएको कोरोना खोप लगाएका मानिसहरुको मृत्यु भएसँगै उक्त खोपबारे अनुसन्धान शुरु भएको छ । दक्षिण अफ्रिकाको स्वास्थ्य उत्पादन नियामक (सहप्रा)ले मृत्युको प्रत्यक्ष सम्बन्ध खोपसँग रहेको वा नरहेको भन्ने विषयमा अध्ययन गर्ने भएको हो । सहप्राका अनुसार मृत्यु हुनेमध्ये २४ जनाले फाइजरको खोप लगाएका थिए भने चार जनाले […]

काठमाडौंमा जोन्सनको खोप १८ वर्ष माथिकालाई दिइने

६ साउन, काठमाडौं । काठमाडौंमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोभिड-१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप पाउने भएका छन् । यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई लगाउन शुरु गरिएको थियो । तर दुई दिनसम्म लगाउँदा खोप […]

जोन्सन एण्ड जोन्सनको कोरोना खोप आजबाट लगाइँदै, यी हुन् खोप केन्द्र

४ साउन, काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरिंदै छ । खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए । अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार […]

काठमाडौंमा जोन्सन एण्ड जोन्सनको खोप साउन ४ गतेदेखि लगाइने, यी हुन् खोपकेन्द्र

२९ असार, काठमाडौं । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप काठमाडौं जिल्लामा साउन ४ गतेदेखि लगाउन सुरु गरिने भएको छ । कोभिड–१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले जिल्लाका ४४ वटा खोप केन्द्रबाट साउन ४–६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो । अमेरिकाबाट सोमबार जोन्सन एन्ड […]

जोन्सन एण्ड जोन्सनको खोप क–कसले पाउँछन् ?

२८ असार, काठमाडौं । कोभ्याक्स कार्यक्रममार्फत अमेरिकाबाट ल्याइएको जोन्सन एन्ड जोन्सनको कोभिड–१९ विरुद्धको खोप लगाउन सरकारले प्राथमिकता निर्धारण गरेको छ । सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको बैठकले जोन्सनको खोप पाउने प्राथमिकता निर्धारण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए । डा. पौडेलका अनुसार एक डोज मात्र लगाए पुग्ने उक्त खोप ५०–५४ […]

अब कोरोना खोप अभियान कार्यक्रम नियमित !

२७ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप कार्यक्रम अब नियमित सञ्चालन हुने बताएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले आइतबारको नियमित प्रेस ब्रिफिङमा चीनबाट खोप आउने क्रम जारी रहेको भन्दै नागरिकलाई खोप लगाउने कार्यक्रम अब नियमित हुने बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन […]

एक डोज मात्रै लगाए पुग्ने १५ लाख कोरोना खोप अमेरिकाबाट यसैसाता नेपाल आउने

२५ असार, काठमाडौं । अमेरिकाले कोभ्याक्सन कार्यक्रम अन्तर्गत नेपाललाई उपलब्ध गराउने १५ लाख डोज खोप यसैसाता काठमाडौं आइपुग्ने भएको छ । आगामी सोमबार खोप आइपुग्ने सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । काठमाडौंस्थित अमेरिकी दूताबासका प्रवक्ता अन्ना रिचेलिनले पनि खोप आउन लागेको पुष्टि गरिन् । उनले भनिन्, ‘यो अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार हो । […]

जोन्सन एण्ड जोन्सनको कोरोना खोपको परीक्षण रोकियो

२७ असोज, काठमाडौं । जोन्सन एण्ड जोन्सन (जेएण्डजे)ले निर्माणको क्रममा रहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको परीक्षण रोकिएको बताएको छ । तेस्रो चरणको क्लिनिकल परीक्षणमा रहेको यो खोप लिएका एक व्यक्ति बिरामी परेसँगै जेएण्डजेले अस्थायीरुपमा परीक्षण रोक्ने निर्णय गरेको हो । यससँगै तेस्रो चरणको परीक्षणका लागि मानिसहरु दर्ता गर्ने काम पनि रोकिएको बताएको छ । […]