Comments Add Comment

टोकियो ओलम्पिक २०२०

List Grid
टोकियो ओलम्पिक : इटलीका मार्सेल ज्याकोब्सले जिते पुरुष सय मिटर दौडमा स्वर्ण

१७ साउन, काठमाडौं । इटलीका लामोन्ट मार्सेल ज्याकोब्सले पुरुष सय मिटर दौडमा स्वर्ण जितेका छन् । जापानमा जारी टोकियो ओलम्पिक २०२० मा ज्याकोब्सले ९.८० सेकेण्डमा दूरी पूरा गर्दै पुरुष १०० मिटर स्प्रीन्ट स्वर्ण जितेका हुन् । अमेरिकाका फ्रेड केरलेले ९.८४ सेकेण्डमा दूरी पूरा गर्दै रजत जित्दा क्यानडाका आन्द्रे डे ग्रासले ९.८९ सेकेण्डसहित कास्य पदक जिते […]

ओलम्पिकको एकै संस्करणमा जापानले जित्यो अहिलेसम्मकै धेरै स्वर्ण

१५ साउन काठमाडौं । जापानले आफ्नै देशमा भइरहेको टोकियो ओलम्पिक २०२० मा १७ स्वर्णपदक जितिसकेको छ । यसअघि धेरै स्वर्ण जित्नेमा अगाडि रहने अमेरिका र चीनलाई यस पटक जापानले टक्कर दिइरहेको छ । त्यति मात्र होइन जापानले एकै ओलम्पिकमा सर्वाधिक स्वर्ण समेत जितेको छ । शुक्रबार फेन्सिङ अन्तर्गत पुरुष इपीमा टिममा स्वर्ण जितेपछि जापानले ओलम्पिक […]

टोकियो ओलम्पिक : अमेरिकन पौडीबाज ड्रेसलले जिते विश्व कीर्तिमानसहित स्वर्ण

१६ साउन, काठमाडौं । अमेरिकन पौडीबाज सेलेब ड्रेसलले जापानमा भइरहेको टोकियो ओलम्पिकमा १०० मिटर बटरफ्लाईमा नयाँ विश्व कीर्तिमानसहित स्वर्ण जितेका छन् । शनिवार भएको फाइनलमा उनले ४९.४५ सेकेण्डको टाइमिङ निकाल्दै स्वर्ण जिते । उनले सन् २०१९ को वर्ल्ड च्याम्पियनसिपमा आफैंले बनाएको ४९.५० सेकेण्डको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । हंगेरीका क्रिस्टोफ मिलिकले ४९.६८ […]

टोकियो ओलम्पिक : सहभागितामै सीमित नेपालको यात्रा

१५ साउन, काठमाडौं । एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको प्रतिस्पर्धा सकिएपछि जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको यात्रा सकिएको छ । महिला १०० मिटरमा प्रतिस्पर्धा गरेकी सरस्वती प्रारम्भिक चरणबाटै बाहिरिइन् । ३२औं गृष्मकालीन ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले सहभागिता जनाएका थिए । जसमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान सुधार गरे । अन्य दुई खेलाडीको प्रदर्शन […]

प्रारम्भिक चरणबाटै बाहिरिइन् सरस्वती

१५ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन् । शुक्रबार बिहान भएकाे महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडी मध्ये आठाैं भइन् । उनी अघिल्लाे चरणमा पुग्न असफल रहिन् भने व्यक्तिगत समय पनि सुधार गर्न सकिनन् । उनले १२.९१ सेकेण्डमा दूरी […]

ओलम्पिक फुटबल : जापान, स्पेन र मेक्सिको क्वाटरफाइनलमा

१४ साउन काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको समूह चरणका खेलहरु सकिएका छन् । क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लाग्दा केही ठूला टोली समूह चरणबाटै बाहिरिए । यो सूचीमा रियो ओलम्पिक २०१६ मा रजत जितेको जर्मनीसंगै फ्रान्स र अर्जेन्टिना पनि रहे । घरेलु टोली जापान, स्पेन, मेक्सिको र इजिप्ट क्वाटरफाइनल […]

फ्लोरा डफीले जितिन् बर्मुडाको लागि पहिलो ओलम्पिक स्वर्ण

१२ साउन, काठमाडौं । बर्मुडाकी फ्लोरा डफीले ओलम्पिकमा आफ्नो देशको लागि पहिलो स्वर्ण जितेकी छन् । जापानमा भइरहेको टोकियो ओलम्पिकमा डफीले मंगलबार ट्रायथलनमा ऐतिहासिक स्वर्ण जितेकी हुन् । ट्रायथलनमा दुई पटककी वर्ल्ड च्याम्पियन ३३ वर्षीय डफीले १.५ किमी पौडी, ४० किमी बाइक राइड र १० किमी दौडको दूरी १ घण्टा ५५ मिनेट ३६ सेकेण्डमा पूरा […]

टोकियो ओलम्पिक : अमेरिकाले खोल्यो स्वर्णको खाता

१० साउन, काठमाडौं । ३२औं गृष्मकालीन ओलम्पिक अर्थात टोकियो ओलम्पिक २०२० मा अमेरिकाले पहिलो स्वर्ण पदक जितेको छ । जापानमा भइरहेको ओलम्पिकको तेस्रो दिन आइतबार पौडी खेलाडी चेस कालिसले अमेरिकालाई पहिलो स्वर्ण दिलाएका हुन् । कालिसले पुरुष ४ सय मिटर व्यक्तिगत मिड्लेमा स्वर्ण जितेका हुन् । उनले ४ मिनेट ०९.४२ सेकेण्डको समयसहित स्वर्ण जिते । […]

टोकियो ओलम्पिक : स्केटबोर्डिङमा जापानलाई ऐतिहासिक स्वर्ण

१० साउन, काठमाडौं । पहिलो पटक ओलम्पिकमा सहभागी भएको खेल स्केटबोर्डिङमा घरेलु टोली जापानले ऐतिहासिक स्वर्ण जितेको छ । टोकियो ओलम्पिक २०२० अन्तर्गत तेस्रो दिन आइतबार जापानका होरिगोम युतोले यस खेलको पहिलो स्वर्ण जिते । अरिएके स्पोर्ट्स पार्कमा भएको स्केटबोर्डको मेन्स स्ट्रिट फाइनलमा युटोले कूल ३७.१८ स्कोरसहित स्वर्ण जिते । ब्राजिलका होएफलर केलभिनले रजत तथा […]

सिरियाकी हेन्ड जाजा टोकियो ओलम्पिककी कान्छी खेलाडी

८ साउन, काठमाडौं । शुक्रबारदेखि औपचारिक रुपमा शुरु हुने ३२औं गृष्मकालीन ओलम्पिकमा विश्वभरका करिब ११ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा कोही स्वर्ण पदक जितिसकेका खेलाडी छन् भने कोही पहिलो पटक सहभागिता जनाउँदैछन् । यस्तै उमेर अनुसार पनि विभिन्न समूहका खेलाडीहरु छन् । त्यसमध्ये टोकियो ओलम्पिक २०२० मा सिरियाकी हेन्ड जाजा सबैभन्दा कान्छी खेलाडी […]

टोकियो ओलम्पिक : सुटिङ खेलाडी कल्पनाको प्रशिक्षण सुरु

८ साउन, काठमाडौं । जापानमा आजदेखि सुरु हुने टोकियो ओलम्पिक २०२० मा सहभागीता जनाउन जापान पुगेकी नेपाली सुटिङकी कल्पना परियारले प्रशिक्षण सुरु गरेकी छिन् । टोकियो पुगेर तीन दिनको क्वारेन्टिन समय पूरा गरेपछि कल्पनाले प्रशिक्षण सुरु गरेकी हुन् । आयोजकले जापान पुगेका खेलाडीलाई तीन दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम बनाएको छ । वाइल्ड कार्डबाट टोकियो […]

ओलम्पिकमा कोभिडबाट बच्न जापानले कस्तो जुक्ति निकाल्यो ?

आज सुक्रबारदेखि विश्व खेल महाकुम्भ अर्थात ओलम्पिक सुरु भएको छ । टोकियो ओलम्पिक आयोजकका ८० जना सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ । कोभिडको तनाव र सन्त्रासबीच जापानले खेलको आयोजना गर्दैछ । विश्वभरबाट आउने खेलाडी, खेल पदाधिकारी र दर्शकको भिडमा कोभिड फैलन नदिन जापानले कस्तो जुक्ति निकालेको छ त ? कोभिडको भय ओलम्पिकमा अन्तर्राष्ट्रिय ओलम्पिक समिति […]

महामारीकैबीच आजदेखि सुरु हुँदैछ टोकियो ओलम्पिक

८ साउन, काठमाडौं । कोरोना भाइरस को बढ्दो संक्रमणकैबीच विश्व खेलकुदको कुम्भमेला ओलम्पिक आजदेखि जापानको राजधानी टोकियोमा औपचारिक रूपमा सुरु हुँदैछ । ३२औं संस्करणको गृष्मकालीन ओलम्पिक अर्थात टोकियो ओलम्पिकका केही खेलहरू दुई दिन अघिदेखि नै सुरू भए पनि उद्घाटन समारोह आज हुन लागेको हो । २०२० मै हुनुपर्ने ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि […]