Comments Add Comment

‘डेल्टा’ भेरियन्ट

List Grid
दैनिक ३०-४० जना संक्रमित मर्नु राज्यलाई स्वीकार्य रहेछ !

पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमितको संख्या मात्र होइन, अस्पतालहरुमा भर्ना हुने संक्रमित पनि बढेका छन् । यही आधारमा कतिपयले तेस्रो लहर आएको त होइन भन्न थालेका छन् । होइन, हामी दोस्रो लहरमै छौं । संक्रमण र त्यसले गरेको क्षति हेर्दा दोस्रो लहर शुरुमा अल्फा भेरियन्टले संक्रमण बढेको […]

डेल्टा भेरियन्टको संक्रमण बढेसँगै अष्ट्रेलियाको ब्रिसबेनमा लकडाउन

१७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को डेल्टा भेरियन्टसहितको संक्रमण बढेसँगै अष्ट्रेलियाको क्विन्सल्याण्डको राजधानी ब्रिसबेनमा पनि लकडाउन सुरु भएको छ । शनिबारदेखि ब्रिसबेनमा पनि लकडाउन सुरु भएको हो । कोरोना संक्रमण निरन्तर बढिरहेकाले अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा पनि अहिले लकडाउन जारी छ । अहिलेसम्म अष्ट्रेलियामा १५ प्रतिशतभन्दा कम मानिसहरुले मात्र पूरा डोज खोप […]

संक्रमितको संख्या ४ हजार नजिक, डेल्टासँगै डेल्टा प्लस सक्रिय

१२ साउन, काठमाडौं । कोरोना महामारीको दोस्रो लहर नियन्त्रणमा नआउँदै दैनिक थपिने संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ५१८ नमुना परीक्षण गर्दा ३८९९ जनामा संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन सोमबार देशभरमा १७ हजार २७२ परीक्षणमा ३४२१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । जबकी दोस्रो […]

‘डेल्टा भेरियन्टविरुद्ध जोन्सन एण्ड जोन्सनको खोप निकै कम प्रभावकारी’

६ साउन, काठमाडौं । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनले विकास गरेको कोरोना खोप (जान्सेन) निकै संक्रामक मानिएको डेल्टा भेरियन्टविरुद्ध कम प्रभावकारी देखिएको छ । मंगलबार सार्वजनिक गरिएको अध्ययनको एउटा रिपोर्टअनुसार जान्सेन खोप डेल्टा भेरियन्टविरुद्ध केवल ३३ प्रतिशत प्रभावकारी रहेको पाइएको हो । अध्ययनको क्रममा दुई डोज दिनुपर्ने खोप लगाएका मानिसहरुमा जोन्सेन खोपको तुलनामा एन्टिबडीको मात्रा […]

फाइजरको कोरोना खोपको प्रभावकारिता घटेको इजरायलको दाबी

२२ असार, काठमाडौं । इजरायलले फाइजर–बायोएनटेकले संयुक्तरुपमा विकास गरेको कोरोना खोपको संक्रमणको नियन्त्रणका प्रभावकारिता घटेको बताएको छ । सोमबार इजरायलले सामान्य लक्षण र लक्षण विनाको संक्रामक रोक्न कम प्रभावकारी देखिएको बताएको छ । यद्यपि यो खोप गम्भीर लक्षण देखिनबाट रोक्न भने निकै प्रभावकारी देखिएको छ । इजरायलमा भौतिक दूरीको नियम हटाइनु र डेल्टा भेरियन्टको संक्रमण […]

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन

६ असार, काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ९ वटा नमुनामा नयाँ म्युटेसन फेला परेको हो । ‘देशका विभिन्न […]

‘भारतमा भेटिएको डेल्टा भेरियन्ट ४० प्रतिशत बढी संक्रामक’

२३ जेठ, काठमाडौं । बेलायती स्वास्थ्यमन्त्री म्याट हेनककले कोरोना भाइरस (कोभिड-१९) को भारतमा भेटिएको डेल्टा भेरियन्ट ४० प्रतिशत बढी संक्रामक रहेको बताएका छन् । आइतबार एक अन्तर्वार्तामा बोल्दै हेनककले कोरोनाको भेरियन्टको कारण बेलायतमा लकडाउन हटाउने निर्णयमा असर पर्न सक्ने बताएका हुन् । बेलायत जुन २१ बाट लकडाउन हटाउने योजनामा छ । हेनककले कोरोना विरुद्धको दुवै […]

अष्ट्रेलियाको मेलबर्नमा भेटियो भारतमा भेटिएको ‘डेल्टा’ भेरियन्ट

२१ जेठ, काठमाडौं। अष्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नमा भारतमा पहिलोपटक देखिएको कोरोना भाइरस (कोभिड-१९) को डेल्टा भेरियन्टका संक्रमित फेला परेका छन् । जिनोमिक सिक्वेन्सिङ गरेर हेर्दा पहिलोपटक मेलबर्नमा डेल्टा भेरियन्ट फेला परेको हो । ‘यो भेरियन्ट डेल्टा भेरियन्ट हो, अहिले यो भारतमा निकै चर्चित र बेलायतमा पनि यसको संक्रमण बढिरहेको छ । यो भेरियन्ट निकै चिन्ताको […]