Comments Add Comment

त्रिकोणात्मक टी २० सिरिज

List Grid
टी-२० सिरिजमा उत्कृष्ट प्रदर्शन गर्ने ५ खेलाडीलाई समर्थकले दिए नगद पुरस्कार

१३ वैशाख, काठमाडौं । शनिबार सम्पन्न त्रिकोणात्मक टी–२० सिरिजमा उत्कृष्ट खेलाडी घोषित भएका कुशल भुर्तेलसहित पाँच खेलाडीलाई क्रिकेट समर्थकले पठाएको पुरस्कार प्रदान गरिएको छ । सिरिजमा उत्कृष्ट खेलेका कुशल भुर्तेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र आसिफ शेखलाई अमेरिका र बेलायतमा गर्ने नेपाली क्रिकेट समर्थकले पठाएको ९० हजार रुपैयाँ सोमबार हस्तान्तरण गरिएको […]

नेपालसामु नेदरल्याण्ड्स निरीह भएको दिन

११ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई पराजित गर्दै घरेलु मैदानमा उपाधि जित्दा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा उत्कृष्ट प्रदर्शन गर्‍यो । पहिले ब्याटिङ गर्दै कीर्तिमानी २३८ रन बनाएको नेपालले नेदरल्याण्ड्सलाई ९६ रनमा अलआउट गर्दै १४२ रनको फराकिलो जित हात पार्‍यो । यो नेपालले टी-२० अन्तर्राष्ट्रियमा हात पारेको सबभन्दा फराकिलो अन्तरको जित हो […]

कीर्तिमानी जितसँगै नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

११ वैशाख, काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ । कुशल  भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको थियो । जवाफमा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन […]

कीर्तिमानी जितसँगै नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

११ वैशाख, काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ । कुशल भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको थियो । जवाफमा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन […]

टी-२० सिरिज : कुशल भुर्तेल १६ रन बनाएर आउट

९ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत मलेसियाविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भएका छन् । यसै सिरिजमार्फत टी–२० अन्तर्राष्ट्रिय डेब्यू गरेका कुशलले लगातार तीन खेलमा अर्धशतक प्रहार गरेका थिए । चौथो खेलमा भने उनले १६ रन मात्रै बनाउन सके । उनले १२ […]

कमलसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गर्दै 

९ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेपाली टिममा बिहीबार दुई परिवर्तन गरिएको छ । कमलसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गर्दैछन् । कमल र सुशनले प्लेइङ सेटमा स्थान बनाउँदा अविनाश बोहरा र शाहब आलम बाहिरिएका छन् । कमलले यसअघि नेपालमै भएको विश्वकप लिग २ मार्फत ओडिआईमा डेब्यू गरेका थिए । टी–२० अन्तर्राष्ट्रियमा भने उनले पहिलो […]

नेदरल्याण्ड्स र मलेसियाको खेल टाई, नेपाल फाइनलमा

८ वैशाख, काठमाडौं । वर्षाले प्रभावित नेदरल्याण्ड्स र मलेसियाको टी-२० म्याच बराबरीमा सकिएको छ । यससँगै नेपाल र नेदरल्याण्ड्स त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर व्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले १०.२ ओभरमा ६८ रन बनाउँदा पानीले खेल रोकियो । पानी रोकिएपछि १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याड्सले ४ विकेट गुमाएर […]

१३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई दियो १२० रनको लक्ष्य

८ वैशाख काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत अहिले भइरहेको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १२० रनको लक्ष्य दिएको छ । वर्षाका कारण १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याण्ड्सले ४ विकेट गुमाएर १०७ रन बनाएपनि डकवर्थ लुइस मेथडको आधारमा मलेसियाले १२० रनको नयाँ लक्ष्य पाएको हो । मलेसियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १०.२ ओभर खेल्दै […]

मलेसियाविरुद्ध नेपालको शानदार जित, कुशलको लगातार दोस्रो अर्धशतक

६ वैशाख, काठमाडौं । कुशल भुर्तेलले लगातार दोस्रो अर्धशतक बनाउँदा नेपालले मलेसियामाथि शानदार जित हात पारेको छ । त्रिकोणात्मक टी–२० सिरिजमा लगातार दोस्रो जित हात पर्ने क्रममा नेपालले मलेसियालाई ९ विकेटले हराएको हो । जितसँगै नेपालले गत वर्ष थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टी–२० मा व्यहोरेको हारको बदला पनि लिएको छ । त्रिवि क्रिकेट मैदानमा […]

मलेसियाले नेपाललाई दियो ११० रनको लक्ष्य

६ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत जारी खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको हो । मलेसियाका लागि ओपनर सायद अजिजले सर्वाधिक २९ रन बनाए । उनले २४ बल खेल्दै ४ चौका र १ […]

त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्सले मलेसियालाई हरायो

५ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्याण्ड्सले मलेसियालाई पराजित गरेको छ । म्याक्स ओ’डोडको शानदार शतकको मद्दतमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले पराजित गर्दै सिरिजमा पहिलो जित हात पारेको हो । पहिलो खेलमा नेपालसंग ९ विकेटले पराजित भएको नेदरल्याण्ड्सले पहिलो जितपछि २ खेलबाट २ अंक जोडेको छ । नेदरल्याण्ड्सले दिएको १९२ रनको […]

नेदरल्याण्ड्सले दियो नेपाललाई १३७ रनको लक्ष्य

४ वैशाख काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको डच टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनायो । नेदरल्याण्ड्सको शुरुवात राम्रो थिएन । दोस्रो ओभरको छैटौं बलमा सन्दीप लामिछाने म्याक्स ओ डोडलाई एलबीडब्लू धरापमा […]

त्रिकोणात्मक सिरिज : नेदरल्याण्ड्सविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै

४ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेको हो । शनिबारको खेलमा नेपालका कुशल भुर्तेल, आसिफ शेख र शाहब आलमले पहिलो रोजाइमा पर्दै टी–२० क्रिकेटको अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् । तीनै खेलाडीले पछिल्लो समय […]

त्रिकोणात्मक सिरिज : नेपाल र नेदरल्याण्ड्स दर्शकसहित खेल्दै, यस्तो छ हेड टु हेड

४ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आजदेखि सुरु हुने त्रिकोणात्मक टी-२० सिरिजमा घरेलु टोलीले नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र नेदरल्याण्ड्ससँग मलेसियाले पनि सिरिजमा प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल दिउँसो १:१५ बजे सुरु हुनेछ । कोभिड-१९ को दोस्रो लहरका बाबजुद पनि क्यानले दर्शकसहित खेल गर्न लागेको छ । […]

घरेलु मैदानमा पहिलो टी-२० अन्तर्राष्ट्रिय सिरिज, नेपाली टिम उत्साहित

३ वैशाख, काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय मैदानमा पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिज हुँदैछ । नेपाली टिमले पनि घरेलु मैदानमा पहिलो टी-२० सिरिज खेल्दैछ । कोरोना महामारीका कारण सामान्य अवस्था भन्दा अहिले फरक तरिकाले टी-२० सिरिज हुँदैछ । मुख्य प्रशिक्षक डेभ वाटमोरको प्रशिक्षणमा पनि नेपालले पहिलो पटक सिरिज खेल्दैछ । उनले पनि घरेलु मैदानबाटै प्रशिक्षणमा […]

त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक

३ वैशाख, काठमाडौं । काठमाडौंमा शनिबार शुरु हुने त्रिकोणात्मक टी-२० सिरिजको ट्रफी सार्वजनिक भएको छ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच त्रिकोणात्मक सिरिज शुरु हुँदैछ । नेपालका कप्तान ज्ञानेन्द्र मल्लर नेदरल्याण्ड्सका कप्तान पिटर सिलर र मलेसियाका कप्तान अजिजले शुक्रबार साेल्टी हाेटलमा ट्रफी सार्वजनिक गरे । सिरिजका निर्देशक माधव कर्माचार्यले कोरोना भाइरस […]

यसपटक हाम्रो टिम बलियो छ : सन्दीप लामिछाने

३ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पीनर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टोली बलियो रहेको बताएका छन् । शनिबारदेखि सुरु हुने सिरिजमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाले प्रतिस्पर्धा गर्दैछन् । सिरिजका लागि दुवै विदेशी टोली नेपाल आइसकेका छन् । यस्तै नेपालले बिहीबार नै आफ्नो अन्तिम प्रशिक्षण पूरा गरिसकेको छ । पहिलो पटक […]