Comments Add Comment

दसैँ भत्ता

List Grid
लालबाबु पण्डितको आक्रोश : उसोभए कर्मचारी र पत्रकारको पनि दसैँ भत्ता कटौती गरौं !

३ कात्तिक, काठमाडौं । पूर्वमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद लालबाबु पण्डितले सांसदहरुको मात्रै चाडपर्व (दशैं) भत्ता कटौती गर्नु राम्रो नहुने बताएका छन् । सांसदको भत्ता कटौती गर्ने भए सरकारी सुविधा लिने कर्मचारीलगायत सबैको कटौती गर्नुपर्ने उनको भनाइ छ । ‘सरकारी सेवा सुविधा लिने, सरकारी कोषबाट तलब भत्ता खाने कर्मचारी, पत्रकार, अन्य […]

प्रदेश २ का सभामुखद्वारा दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने घोषणा

३ कात्तिक, जनकपुरधाम । प्रदेश २ का सांसदले पनि दसैँ भत्ता पाएका छन् । सांसदहरुको दसैँ भत्ता बैंक खातामा गइसकेको छ । कोरोना कहरसँग जुधिरहेको प्रदेशका सांसदले दसैँ भत्ता कानुन अनुसार नै पाएको प्रदेशका सभामुख सरोजकुमार यादव बताउँछन् । ‘कानुन अनुसार नै उहाँहरुको दसैँ भत्ता गएको हो, मैले पठाएको होइन’ सभामुख यादवले अनलाइनखबरसँग भने, “यो […]

दसैँ भत्ता खारेज गर्न जसपाको माग

३ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारले सांसदहरुलाई उपलब्ध गराउँदै आएको दसैँ भत्ता खारेज गर्न माग गरेको छ । सरकारले दसैँ भत्ता खारेज नगरे आफ्नो सांसदले उक्त भत्ता नलिने निर्णय गरेको जसपाका नेता रकम चेमजोङले जानकारी दिए । जसपाले कोरोना भाइरस संक्रमण (कोभिड-१९) पीडितलाई सरकारले राहत उपलब्ध गराउनु पर्ने माग समेत गरेको छ […]

दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने नेकपाको निर्णय

३ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले दसैँ भत्ता नलिने भएका छन् । प्रतिनिधिसभा संसदीय दलका नेता रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित दुवै सदनका संसदीय दलका नेता र सचेतकहरुको बैठकले भत्ता नलिने निर्णय गरेको हो । बैठकमा सहभागी प्रतिनिसभा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार सांसदहरुको भत्ता कोरोना कोषमा जम्मा गरिनेछ । […]

कांग्रेसका सांसदले दसैँ भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने

३ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना सबै सांसदहरुले दसैँ भत्ता बापत पाउने रकम फिर्ता गर्ने भएको छ । यसअघि सोमबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका थिए । सरकारले दसैँ भत्ताबापत आफ्ना पार्टीका सांसदहरुलाई उपलब्ध गराएको रकम बापत […]

सांसद प्रभु साहले फिर्ता गरे दसैँ भता

३ कात्तिक, रौतहट । पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद प्रभु साहले दसैैँ भत्ता बापतको रकम फिर्ता गरेका छन् । नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका साहले संघीय संसद सचिवालयमा पत्र पठाउँदै दसैँ भत्ता बापतको रकम फिर्ता गरेको जानकारी गराएका हुन् । ‘अहिलेको अवस्थामा जनप्रतिनिधिलाई दसैँ भता दिनु उपयुक्त मान्दिन,’ साहले भने, […]

नैतिक रुपमा पनि यतिबेला दसैँ भत्ता लिन मिल्दैन : डा. खड्का

३ कात्तिक, काठमाडौं । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सांसद डा. नारायण खड्काले दसैँ भत्ता बापतको रकम फिर्ता गरेका छन् । सांसद खड्काले कोरोना महामारीका बेला दसैँ भत्ता लिन नसक्ने भन्दै फिर्ता गर्न संघीय संसद सचिवालयलाई भनेका हुन् । सांसद खड्काले लिखित रुपमै आग्रह गरे पछि संसद सचिवालयले प्रक्रिया अगाडि बढाएको छ । कोरोना महामारीका […]

दसैँ भत्ता : संघीय सांसदले छोडेनन्, प्रदेश सांसदले लिएनन्

३ कात्तिक, विराटनगर । कोरोना महामारीले देश आक्रान्त भइरहेको अवस्थामा संघीय सांसदले दसँं भत्ता बुझे । महामारीमा भत्ता बुझेको भन्दै आलोचना हुन थालेपछि सांसदहरुले भत्ता फिर्ता गरिरहेका छन् । संघीय सांसद भत्ता विवादमा मुछिदा प्रदेश १ का सांसद भने आलोचनाबाट जोगिएका छन् । दसैँ भत्ता नलिएका कारण प्रदेश १ का सांसदहरु आलोचनाबाट जोगिएका हुन् । […]