Comments Add Comment

दसैं भत्ता

List Grid
जसपाका सबै सांसदले दसैं भत्ता फिर्ता गर्ने

११ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना पार्टीका संघीय सांसदहरूको दसैं भत्ता फिर्ता गर्ने भएको छ । अनलाइनखबरमा बाबुराम भट्टराईसहित ३३ सांसदले फिर्ता गरेनन् दसैं भत्ता शीर्षकको समाचार प्रकाशित भएको भोलिपल्ट बुधबार जसपाले भत्ता फिर्ताको आग्रह गरेर संसद सचिवालयलाई पत्र लेखेको हो । जसपा केन्द्रीय कार्यकारिणी समितिका कार्यालय प्रमुख प्रकाश अधिकारीले पार्टीको […]

बाबुराम भट्टराईसहित ३३ सांसदले फिर्ता गरेनन् दसैं भत्ता

९ मंसिर, काठमाडौं । गत कात्तिक पहिलो साता सांसदहरुले दसैं भत्ता लिएको समाचारले धेरैको ध्यान तान्यो । यो विषयलाई सामाजिक सञ्जालमा बहसको विषय बनाउन पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले पनि भूमिका खेले । त्यसबेला डा. भट्टराईले दसैं भत्तासँग जोडिएर तीनवटा ट्वीट गरेका थिए । जहाँ उनले सांसदको मात्रै […]

सुरक्षाकर्मीले सात महिना अघि घोषित भत्ता दसैंमा पनि पाएनन्

९ कात्तिक, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको महामारी नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीलाई दिने भनिएको प्रोत्साहन भत्ता हालसम्म दिइएको छैन । मन्त्रिपरिषद्को १६ चैतमा बसेको बैठकले दैनिक ३ सय रुपैयाँदेखि शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको थियो । तर, निर्णयको ७ महिना वितिसक्दा पनि उनीहरुले भत्ता पाएका छैनन् । दसैंको मुखमा पनि भत्ता नपाउँदा सुरक्षाकर्मीको मनोबल […]

दसैं भत्ता : सरकार र सभामुख चुक्दा सांसदको बदनाम

४ कात्तिक, काठमाडौं । गत असोज २६ गते संघीय संसद सचिवालयले सांसदहरुको बैंक खातामा चाडपर्व खर्च (दसैं भत्ता) सहित जोडेर असोज महिनाको तलब डिपोजिट गर्‍यो । ‘यसवर्ष दसैं भत्ता आउँदैन होला’ भनेर बसेका सांसदहरू झसंग भए । किनभने सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमा तलबबाहेकका सबै प्रकारका भत्ताहरू कटौती गर्ने सुनाएको थियो । सांसदहरूको खातामा […]

नेकपा र कांग्रेस सांसदको दसैं भत्ता कोरोना कोषमा

३ कात्तिक, काठमाडौं । चौतर्फी आलोचनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना सांसदहरुको दसैं भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । महामारीका बेला सांसदहरुले दसैं भत्ता लिएको सार्वजनिक भएपछि चौतफी आलोचना भएको छ । सोमबार विहान कांग्रेस सभापति शेरबहादुर देउवाले संघीय संसदमा रहेका पार्टीका सबै […]

प्रदेश सांसद शाक्यले भनिन्– मलाई दिइएको दसैँ भत्ता कोभिड १९ कोषमा दाखिला गरिदिनू

२ कात्तिक, काठमाडौं । बागमती प्रदेश सभाकी सदस्य शोभा शाक्यले दसैं भत्ता नलिने घोषणा गरेकी छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै साझा पार्टीकी नेतृ समेत रहेकी शाक्यले दसैँ भत्ताबापत आफ्नो खातामा आएको रकम कोभिड १९ को स्वास्थ्य कोषमा दाखिला गरिदिन आग्रह गरेकी छन् । कोभिड १९ को महामारीका कारण देश संकटमा परिरहेको र ठूलो […]