Comments Add Comment

नगरपालिका

List Grid
‘मेयरको गाडी किन्ने बजेटले जस्तापाता किनें’

२६ साउन, मोरङ । उत्तरी मोरङका केराबारी लेटाङजस्ता स्थानीय तहमा प्रमुख पद नेपाली कांग्रेसले जितेको अवस्था छ भने उपप्रमुख र अधिकांश सदस्यचाहिँ तत्कालीन एमाले अर्थात नेकपाका हातमा छ । कांग्रेसको नेतृत्व तर नेकपाको  उपस्थिति रहेका ती स्थानीय तहमा दुई पार्टीवीच बेलाबखत किचलो हुने गरेको छ । लेटाङ नगरपालिका पनि त्यस्तै किचलो भइरहने नगरपालिका हो । […]

उदयपुरका पत्रकार भन्छन्– समाचार ‘किल’ गर्ने शर्तमा ल्यापटप लिएको होइन

२८ जेठ, काठमाडौं । उदयपुरका पत्रकारहरुले नगरपालिकाबाट ल्यापटप उपहारस्वरुप लिएको समाचार यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । नगरपालिकाबाट ल्यापटप उपहार लिएकोमा आलोचनाका स्वरहरु बढ्दै गएपछि जिल्लाका पत्रकारहरुले यसबारेमा संयुक्त विज्ञप्ति जारी गरेर स्पष्टीकरण दिएका छन् । उदयपुरको त्रियुगा नगरपालिकाले २७ जना क्रियाशील पत्रकारलाई ‘प्रविधि हस्तान्तरण’ भन्दै ल्यापटप वितरण गरेको थियो । एक कार्यक्रमकाबीच मेयर […]

गाउँ र नगरपालिकाले गरे ४३ काम, अब गरून् ३३ काम

स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भइसकेको यस अवधिमा यस पंक्तिकारले धेरैपटक स्थानीय तहका निर्वाचित नेतृत्व तहसंग अन्तरक्रिया गरेको छ । करिव ३० वटा स्थानीय तहमा पुगेर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्यसँग करिब ३ घण्टाको प्याकेज पावर प्वाइन्टमा देखाएर छलफल गरेको छ । यस अनुभवका आधारमा स्थानीय तहबाट भएका केही लोकप्रिय कार्यक्रमको संकलन […]

नगरपालिकाको भवन बनाउन मेयरले गरे जग्गा दान

११ साउन, सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकाका मेयरले नगरपालिकाको कार्यालय भवनका लागि करोडौं मूल्य बराबरको जग्गा दान गरेका छन् । नगरपालिकाको केन्द्र बोदे बर्साइनमै कार्यालयको भवन बनाउन मेयर आतेशकुमार सिंह यादवले १० कठ्ठा जग्गा दान गरेका हुन् । उनले शुक्रबार जिल्ला मालपोत कार्यालय राजविराज आएर नगरपालिकाको नाममा जग्गा रजिष्ट्रेशन गरिदिएका छन् । मेयर यादवकै […]

नगरपालिकाका लेखाप्रमुख जुवा खालबाट पक्राउ

१० कात्तिक, दोलखा । भीमेश्वर नगरपालिकाका लेखाप्रमुख सुजन सुवेदी र गौरीशंकर गाउँपालिकाका लेखापाल पुष्प बस्नेतसहित छ जनालाई प्रहरीले आज जुवा खेलिरहेका स्थानबाट पक्राउ गरेको छ । प्रहरीले जुवा खालबाट रु एक लाख छ हजार ६९५ बरामद गरेको छ । भीमेश्वर–६ चरीघ्याङस्थित ‘स्थानीय आवाज अनलाइन’का सञ्चालक राजबहादुर शिवाकोटीले पासाङदोर्जे शेर्पाको घरको कोठा भाडामा लिएर जुवा खेलाइरहेको […]

गाउँपालिका प्रमुख वा नगर प्रमुखका ९ काम

१८ जेठ, काठमाडौं । नवनियुक्त नगरप्रमुख एवं गाउँपालिका प्रमुखले गर्नुपर्ने कामबारेमा सरकारले नीतिगत निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरी स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्वन्धी आदेश ०७४ जारी गरेको छ । स्थानीय विकास मन्त्रालयले तयार गरेको उक्त आदेशलाई मन्त्रिपरिषदले स्वीकृत गरेको हो । स्थानीय तहको निर्वाचन भइसकेपछि निर्वाचित पदाधिकारीहरुवीच […]

स्थानीय तह नेतृत्व बहसः गाउँपालिकामा अधिकृत, नगरपालिकामा उपसचिव !

२ मंसिर, काठमाडौं । स्थानीय तहको संख्या र सीमाना निर्धारणलगत्तै स्थानीय तहमा कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्नेबारे स्थानीय विकास मन्त्रालयले कार्यविधि निर्माणको काम थालेको छ । मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाको संयोजकत्वमा गठन भएको कार्यदलले स्थानीय तहमा व्यवस्थापन हुने कर्मचारीको तह र संरचना निर्धारण गरी मन्त्रिपरिषदमा प्रस्ताव गर्नेछ । यस्तै सामान्य प्रशासन मन्त्रालयले पनि छुट्टै कार्यदल […]

नगरपालिकाको कार्यालयमा पशु चौपाया !

१० कात्तिक, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको अधिकांश भौतिक संरचना प्रयोग विहीन भएका छन् । कपिलवस्तुको चनई, विरपुर,शिवपुर, विशनपुर र जौवभारी गाउ विकास समिति  मिलेर शिवराज नगरपालिका बनेपछि गाविसको भौतिक सरंचना प्रयोग विहीन भएका हुन् । विरपुर र शिवपुरका गाविसका भौतिक संरचना मात्र प्रयोगमा रहेको अन्य भौतिक सरंचना भतभुङगा आस्थामा रहेको छ । नगरपालिकाले भौतिक […]

कुकुरको ३० किलो दिसा चोरिएपछि नगरपालिकालाई फसाद

सहरमा राखिएको ‘आची’ चोरिएपछि नगरपालिकालाई झण्डै तिन लाख रुपैयाँभन्दा धेरै घाटा लागेको छ । आखिर नगरपालिकाले नै सफा गर्नुपर्ने सहरको आची चोरले चोर्दा त उल्टै नगरपालिकालाई हाइसन्चो हुनुपर्ने हो । बढार्नुपर्ने कसिंगर हावाले उडाइदिएजस्तै हुनुपर्ने पो हो । तर यस्तो भएन, स्पेनको टोरेलोडोन्स नगरपालिकालाई । सहरमा ठड्याइएको भिमकाय कुकुरको आची अज्ञात चोरले चोर्दा नगरपालिकालार्य २४ […]

कार्यकर्तालाई जागिर लगाउन मन्त्रीको तोक आदेश

१६ जेठ, काठमाडौं । स्थानीय विकास सहायक मन्त्री रेशम लामाले विभिन्न नगरपालिकालाई तोकादेश पठाउँदै आफू निकटका कार्यकर्तालाई जागिर खुवाउन दबाब दिन थालेका छन् । सरकारले  हालै स्थापना गरेका नयाँ नगरपालिकामा तोकादेशमै आधारमा नयाँ कर्मचारी राख्न दबाब दिँदै लामाले कार्यकारी अधिकृतलाई धम्क्याउन थालेपछि कतिपय जिल्लाका कार्यकारी अधिकृतहरु आतंकित भएका आजको नयाँ पत्रिका देनिकले जनाएको छ । […]

नयाँ नगरपालिकालाई जग्गादान गर्न दलालको होडबाजी

३० वैशाख, काठमाडौं । कायाएलय राख्न सित्तैमा जग्गा दान गर्ने होड चल्दा १२ वटा नयाँ नगरपालिकामा केन्द्र कहाँ राख्ने भन्ने विवाद चर्किएको छ । धनकुटाको पाखिबास नगरपालिकालगाय कतिपयको विवाद त अदालतसम्मै पुगेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीहरुले बताएको आजको कारोबार दैनिकले जनाएको छ । आफूले प्लटिङ गरेको जग्गाको भाउ बडाउन दलालहरुले सित्तैमा जग्गा […]