Comments Add Comment

नरैनापुर

List Grid
नरैनापुरलाई निषेधित क्षेत्र घोषणा, सेना परिचालन गर्ने निर्णय

११ जेठ, काठमाडौं । कोरोना भाइरस -कोभिड-१९) संक्रमित नै भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । नरैनापुरमा कुल ११४ जनामा कोरोना संक्रमण देखिएको छ, उनीहरु मध्ये एकको मृत्यु भएको छ […]

एकै गाउँपालिकामा ११२ संक्रमित : स्थानीय सरकार थाक्यो, केन्द्रले हेरेन

१० जेठ, काठमाडौं । शनिबार अपराह्न कोरोना भाइरस (कोभिड-१९) का ३६ जना संक्रमित थपिँदा २७ जना बाँकेको नरैनापुर गाउँपालिकाका थिए । यससँगै नरैनापुरमा संक्रमितको संख्या ११३ पुगेको छ । यो संख्या अहिलेसम्म नेपालमा भेटिएका कुल संक्रमित ५८४ को १९ प्रतिशत बढी हो । संक्रमितमध्ये एकजनाको क्वारेन्टाइनमा मृत्यु भयो, जुन कोभिड-१९ बाट नेपालमा भएको दोस्रो मृत्यु […]

बाँकेको नरैनापुरमा मात्रै १ सय १३ जना कोरोना संक्रमित

१० जेठ, बुटवल । बाँकेमा शनिबार थप २७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । संक्रमित सबै बाँकेको नरैनापुर गाउपालिकाका मात्रै हुन् । यसअघि नरैनापुरमा ८६ जना संक्रमित थिए । शनिबार थपिएकासँगै नरैनापुरमा कोरोना संक्रमितको संख्या १ सय १३ जना पुगेको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा नयाँ २७ जनामा कोरोना […]

बाँकेको नरैनापुर अनिश्चितकालका लागि सिल

६ जेठ, राँझा (बाँके) । बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द (सिल) गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले […]