Comments Add Comment

नरोत्तम वैद्य

List Grid
नरोत्तम वैद्यविरुद्ध जाहेरी दर्ता गरेकामा कांग्रेसको आपत्ति

३१ जेठ, काठमाडौं । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध किटानी जाहेरी दर्ता गरेकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । संसदीय दलका नेता इन्द्र बानियाँले वैद्यविरुद्ध किटानी जाहेरी दिएकामा प्रदेशसभामा प्रतिवाद गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका वैद्यविरुद्ध युवा संघका अनिल काफ्लेले जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा ज्यान मार्न दुरुत्साहन गरेको जाहेरी […]

कांग्रेस सांसद वैद्यलाई पक्राउ गर्न गृहमन्त्रीसँग माग

३१ जेठ, काठमाडौं । नेकपा एमालेको विभिन्न जनसंगठन र सामुदायिक संगठनका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिने नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न माग गरेको छ । उनीहरुले सोमबार गृहमन्त्री खगराज अधिकारीलाई भेटी वैद्ययको अभिव्यक्तिप्रति फौजदारी कानुन समेत आकर्षित हुने भन्दै उनलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका […]

प्रदेश सांसद वैद्यविरुद्ध प्रहरीमा किटानी जाहेरी

३० जेठ, काठमाडौं । बागमतीका प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा वैद्यले ज्यान मार्ने दुरुत्साहन गरेको भन्दै जाहेरी परेको हो । मकवानपुरका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले युवा संघ जिल्ला कमिटी सदस्य अनिल काफ्लेले जाहेरी दिएको पुष्टि गरे । जाहेरी परेपछि अनुसन्धान कार्य अघि बढाइएको उनले […]

वैद्यले प्रदेशसभामा भने- आवेशमा आएर बोलें, आत्मालोचित छु

२९ जेठ, काठमाडौं । वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार  दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति फिर्ता लिएका हुन् । शुक्रबारको बैठकमा उनले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको […]

चुनावसम्म ओलीलाई जान नदिन हत्याको षड्यन्त्र भयो : महेश बस्नेत

२९ जेठ, भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न माग गरेका छन् । शनिबार सञ्चारकर्मीसँग भएको भर्चुअल सम्वादमा बस्नेतले प्रदेशसभाको शुक्रबारको बैठकमा वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीतको भएको बताए । नेपाली कांग्रेसकै मिलीभगतमा महात्मा गान्धिलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कतै कुनै कुनामा बनिरहेको […]

वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न कांग्रेसको निर्देशन

२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको जानकारी दिएका हुन् । बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँमार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर […]

वाग्मती प्रदेश सभामा काँग्रेस सांसद वैद्यको आपत्तिजनक अभिव्यक्ति

२९ जेठ, काठमाडौं । वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भनेर आपत्तीजनक अभिव्यक्ति दिएका छन् । शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको बताएका हुन् । नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले महात्मा गान्धीको गोली […]