Comments Add Comment

नहकुल सुवेदी

List Grid
चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त

६ वैशाख, काठमाडौं । उच्च अदालतका मुख्य न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सोमबार नियुक्ति गरेकी हुन् । गत फागुन २८ गते न्यायपरिषद बैठकले चुडाल र सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको थियो । गत शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको […]

सर्वोच्चका प्रस्तावित न्यायाधीशको नाम सुनुवाइ समितिबाट अनुमोदन

३ वैशाख, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । न्याय परिषदको बैठकले २८ फागुनमा उच्च अदालतका मुख्य न्यायाधीशद्वय चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । न्यायाधीशमा सिफारिस उनीहरुसँग शुक्रबार संसदीय सुनुवाइ समितिमा सांसदहरुले छलफल गरेका थिए । सांसदहरुले सोधेको प्रश्नको जवाफ […]

सर्वोच्चको फैसला : सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्छ

३० चैत, काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्य भएको फैसला सुनाएको छ । सोमबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदीले न्याय सेवाको सहसचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतमा काम गरेको दुवै अवधि जोडेर संविधानअनुसार योग्यता पुग्ने फैसला गरेको हो । संविधानअनुसार सर्वोच्च अदालतको […]

सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्दैन : सर्वोच्च बार

२७ चैत, काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीको योग्यता नपुगेको निश्कर्ष निकालेको छ । सर्वोच्च बारले योग्यता नपुगेको व्यक्तिलाई न्यायाधीश सिफारिस गर्नु संविधानको मर्म र भावना विपरीत भएको उल्लेख गरेको छ । न्यायपरिषदको फागुन २८ गते बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालतका मुख्य न्यायाधीशहरू कुमार चुडाल र […]

न्यायाधीशमा सिफारिस सुवेदीको योग्यता विवादमा सुनुवाइ हुँदै

१८ चैत, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश सिफारिस उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यता विवादमा बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । उक्त विवाद बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइका लागि तोकिएको छ । २८ फागुनमा बसेको न्यायपरिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडालसँगै सुवेदीलाई पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो […]

प्रधानन्यायाधीशको रोलक्रममा पर्ने गरी सर्वोच्चमा सुवेदीको ‘इन्ट्री’

२८ फागुन, काठमाडौं । प्रधानन्यायाधीशको रोलक्रममा पर्ने गरी सर्वोच्च अदालतको न्यायाधीशमा नहकुल सुवेदी सिफारिस भएका छन् । न्याय परिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्चमा रिक्त दुई न्यायाधीशमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश डा. कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सिफारिस गरेको छ । उनीहरु उच्च अदालतका मुख्य न्यायाधीशमध्ये क्रमशः पहिलो र दोस्रो […]