Comments Add Comment

निर्वाचन अयोग

List Grid
नेकपाका दुबै समूहले निर्वाचन आयोगमा बुझायो जवाफ

२९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्ष प्रचण्ड–माधव समूह र ओली समूहले निर्वाचन आयोगलाई जवाफ पठाएको छ । दुबै समूहबाट पत्र प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठल जानकारी दिए । पत्रमा केकस्ता विवरण छ भन्ने खुलेको छैन । ओली समूहका नेता सुवास नेम्वाङको टोली आयोग पुगेको थियो । उनले अनलाइनखबरसँग भने, […]

भरतपुरमा पुनः मतदान गर्ने निर्णय कानुनसम्मतः प्रमुख निर्वाचन आयुक्त

८ असार, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले भरतपुरको वडा न. १९ मा पुनः मतदान गर्ने निर्णय कानुनसम्मत भएको बताएका छन् । स्थानीय तह निर्वाचन ऐनको दफा ४९ र ५० मा टेकेर भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय लिइएको उनले बताए । कुन अवस्थामा पुनः मतगणना वा मतदान गर्ने […]

चुनावमा मधेसका जनताको पनि समर्थन छः प्रमुख आयुक्त यादव

३० जेठ, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले चुनावमा मधेसका जनताको पनि समर्थन रहेको बताएका छन् । साथै राजपाको बहिस्कारतर्फ लक्षित गर्दै सबै दललाई चुनावमा आउन आहृवान गरे । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले चुनावका लागि आयोगले सबै तयारी पुरा गरेको बताए । अब आचार संहिता अनुगमनका लागि सहसचिव स्तरको […]

चुनावको मिति असार १४ को विकल्प छैन : मुख्य निर्वाचन आयुक्त यादव

२७ जेठ, विराटनगर । मुख्य निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणको स्थानीय तहको चुनावको मिति असार १४ भन्दा अर्को विकल्प नरेहको बताएका छन । उनले जेठ ३१ मा तय भएको निर्वाचनको मितिलाई दलीय सहमतिको आधारमा असार १४ गते सारिएको भन्दै अब असार १४ गते निर्वाचन गराउन बाहेक आयोगसँग अन्य विकल्प नरहेको प्रष्ट पारे । बिराटनगरमा शुक्रबार […]

राष्ट्रका लागि एक दिन दुःखकष्ट सहेर मतदान गर्नोस्ः निर्वाचन आयोग

३० बैशाख, काठमाठौं । स्थानीय तह निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदानको अघिल्लो दिन पत्रकार सम्मेनन गरी ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई अपील गरेको छ । प्रदेश नम्बर ३, ४ र ६ का चार महानगर र एक उपमहानगरसहित २८३ स्थानीय तहमा भोलि निर्वाचन हुँदैछ । भोलि आइतबार मतदान […]

मौन अवधिमा ख्याल गर्नुस्ः एक लाख जरिवाना तिर्नुपर्ला, उम्मेदवारी रद्द होला !

  २८ वैशाख, काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रचार प्रसार गर्ने आज अन्तिम दिन हो । मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखिको अवधिलाई निर्वाचन आयोगले मौन अवधि भनेको छ । यो अवधि विहीबार राति १२ बजेदेखि प्रारम्भ हुनेछ । मौन अवधिमा कुनै पनि दल र उम्मेदवारले चुनावी प्रचार-प्रसार, सभा र जुलसहरु निकाल्न पाउँदैनन् । मौन […]

आजदेखि ७५ जिल्लामै निर्वाचन कार्यालय खुल्ने

३ बैशाख, काठमाडौं । निर्वाचन आयोगले देशका ७५ वटै जिल्लामा आजदेखि निर्वाचन कार्यालय सञ्चालनमा ल्याउने भएको छ । बैशाख ३१ का लागि निर्धारण गरिएको स्थानीय तह निर्वाचन व्यवस्थापन गर्न आयोगले सबै जिल्लामा निर्वाचन कार्यालय सञ्चालन गर्न लागेको हो । ७५ वटै जिल्लामा आइतबारदेखि कार्यालय खुल्ने र त्यसको नेतृत्व मुख्य निर्वाचन अधिकृतले गर्ने आयोगले जनाएको छ […]

निर्वाचन आयोग घेर्न गएका डा. बाबुराम भट्टराई पक्राउ

२० चैत, काठमाडौं । निर्वाचन आयोग घेराउ गर्न पुगेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छन् । प्रहरीले भट्टराईसँगै हिसिला यमी, परशुराम तामाङ, गंगा चौधरीका साथै बैद्य माओवादीका नेता सीपी गजुरेल लगायतलाई पनि पक्राउ गरेको छ । दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलका नेता कार्यकर्ता […]

निर्वाचन आचारसंहिता लागू, अब के-के गर्न पाइँदैन ?

१८ फागुन, काठमाडौं । निर्वाचन अयोगले आजबाट निर्वाचन आचारसंहिता लागू गरेको छ । सरकार, सरकारका मन्त्री, स्थानीय तह वा निकायका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, दलका भातृ संगठन, सञ्चारमाध्यम लगायतलाई आचारसंहिता लागू हुनेछ । उम्मेदवारको हकमा भने आगामी वैशाख १६ गतेबाट आचारसंहिता लागू हुनेछ । आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति, अनुदान, सर्वेक्षण […]

मन्त्रीहरुलाई भोलिदेखि निर्वाचन आचार संहिता, उल्लंघन गरे एक लाखसम्म जरिवाना

१७ फागुन, काठमाडौं । निर्वाचन अयोगले भोलिदेखि मन्त्रीहरुमाथि निर्वाचन आचार संहिता लगाउने भएको छ । यससँगै आयोगको सहमति विना कर्मचारीको सरुवा, बढुवा, नियुक्ति र निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि निर्णय गर्न रोक लाग्नेछ । यस्तै विकास निर्माणका लागि भन्दै आकर्षक नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तरमा समेत पाइने छैन । निर्वाचन आयोगले […]